×

NMB BANK
NIC ASIA

रचनाको दशैं : पहिले र अहिले

'दिदीभन्दा थोरै दक्षिणा पाउँदा बाँडौं भन्थें, त्यसलाई जोगाएर कापी-कलम किन्थें' [भिडियोसहित]

काठमाडाैं | कात्तिक ५, २०८०

NTC
Premier Steels

दशैं आएसँगै सबैतिर उमंग छाएको छ । गायिका रचना रिमाललाई पनि भित्रैदेखि मन रमाएको महसुस भइरहेको छ । आखिर धेरैलाई जस्तै उनलाई पनि सबैभन्दा मनपर्ने चाडमा पर्छ, दशैं । 

Muktinath Bank

दशैं भन्नासाथ रातोटीका र जमरा रचनाको स्मृतिमा आउँछ । साथमा आँखैअगाडि आउँछन्, लहलह झुलेका धानका बाला, खुलेको मौसम आदि दृश्यहरू पनि । परिवार र आफन्तसँग जमघट हुन पाउँदाको खुशी र रमाइलो त छुट्टै छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नयाँ पुस्ताकी चर्चित गायिका रचनाले गत वर्ष टीकाकै दिन युगाण्डामा कार्यक्रम गरेकी थिइन् । 


Advertisment
Nabil box
Kumari

यस वर्ष दशैंको अवसर पारेर साउथ अफ्रिकामा कार्यक्रम गर्दैछिन् । अष्टमीको दिन हुने उक्त कार्यक्रम सकेर दशैंको दिन टीका थाप्न भने उनी घर झापा पुगिसकेकी हुनेछिन् । 

Vianet communication

‘यसपटक टीकाको दिन कार्यक्रम गर्दिनँ भनेर नै नलिएकी हुँ । घरमा टीका लगाउने, मामाघर जाने, परिवारसँग अलि धेरै समय बिताउने योजना छ,’ उनले सुनाइन् । 

रेकर्डिङ र स्टेज कार्यक्रमको दौडधुपमा रचनाले परिवारका लागि शपिङ गर्न भ्याइनन् । त्यसैले परिवारका सबै सदस्यका लागि शपिङ गरिदिन भनेर ममीलाई आग्रह गरिन् र खर्च पठाइन् । 

null

उनले भनिन्, ‘ठ्याक्कै यति–उति त नभनौं । तर, दशैं राम्रोसँग मनाउन पुग्नेगरी खर्च पठाएकी छु ।’ 

सांगीतिक कार्यक्रमका लागि रचनाले नयाँ–नयाँ लुगा किनिरहेकी हुन्छिन् । सोहीकारण अहिले आफ्नो लागि दशैंमा लुगा किन्नुपर्छ भन्ने दिमागमा नआउने उनी बताउँछिन् । 

‘अहिले परिवारसँगको भेट, ठूलाबडाको आशिष नै ठूलो कुरा लाग्छ,’ उनी भन्छिन् । 

दशैं आउँदा उमंग छाउने भएपनि अहिले भन्दा बाल्यकालमा दशैं आउँदाको खुशी छुट्टै हुने गरेको स्मरण रचनाले गरिन् । 

उनले आफ्नो बाल्यकालको दशैं अनुभव यसरी सेयर गरिन्, जुन उनकै शब्दमा प्रस्तुत गरिएको छ । 

‘सम्झँदा पनि कति आनन्द लाग्छ’

दशैंको सम्झना गर्दा बाल्यकाल दिमागमा आउँछ । त्यतिबेला दशैं आउँदा नयाँ लुगा र दक्षिणामा बढी चासो हुन्थ्यो । ममीले प्रायः जामा किनिदिनुहुन्थ्यो । जामा लगाएर छिमेकी घर-घरमा देखाउन दौडिन्थेँ । साथीहरूका दुई/तीनवटा नयाँ लुगा देखेपछि भने आरिस लाग्थ्यो । कहिलेकाहीँ अलि अगाडि किनिदिएको लुगा दशैंमा लगाउनुभन्दा एकदमै चित्त दुख्थ्यो ।

अनि प्रायः सधैं एउटै लुगा किनिदिँदा पनि अलि नराम्रो लाग्थ्यो । मलाई चाहिँ अरूहरूले पाइन्ट, टिसर्ट लगाएको मन पर्थ्यो । तर, त्यसबेला हाम्रो परिवारको आर्थिक अवस्था त्यस्तै थियो । फेरि बच्चा उमेरमा बुझाई पनि त हुँदैन । अहिले त्यतिबेलाजस्तो गाह्रो छैन । तर, पहिलेको कुरा सम्झँदा त्यही बाल्यकालकै दशैं प्रिय लागिदिन्छ । 

बिहानै उठेर लिङ्गे पिङ खेल्न दौडिथ्यौं

त्यसबेला बिहानै उठेर लिङ्गे पिङ खेल्न दौडिथ्यौं । बिहानै जाँदा पनि अरू केटाकेटीहरूको भीड भइसकेको हुन्थ्यो । पालो कुरेर पिङ खेल्थ्यौं । ती दिनहरू सम्झँदा पनि कति रमाइलो लाग्छ । 

धेरैजना दशैंमा आफ्नो घरमा टीका लगाएर मामाघर जाने गर्छन् । हामीचाहिँ प्रायः दुई–तिन दिन अगाडिदेखि नै मामाघरमा हुन्थ्यौं । मामाघरमा हजुरआमा, हजुरबुवासहित धेरै जना भेला हुने भएकाले पहिले त्यहाँ टीका लगाएपछि मात्रै घरमा आउँथ्यौं । 

null

दशैंमा स्कूल बिदा लामो हुने भएकाले होमवर्क पनि धेरै दिनुहुन्थ्यो । तर, मैले प्रायः स्कूलमै होमवर्क सकिसकेको हुन्थेँ । स्कूलमा नसकेमा घरमा आएर बिदाको शुरूआतकै दिनमा सक्थेँ । 

स्कूलमा एकदमै पढ्ने विद्यार्थी भएकाले मलाई होमवर्कलाई लिएर धेरै चिन्ता हुँदैनथ्यो । 

गाउँतिर साँझको समयमा मन्दिरमा भजनकीर्तन र नाचगान हुन्थ्यो । त्यहाँ पनि पुगेर नाच्ने, गाउने गरिरहेको हुन्थेँ । त्यसमा पनि एकदमै रमाइलो हुन्थ्यो । 

दक्षिणाले कपी–पेन्सिल किन्थें

अहिले दक्षिणामा मतलब नलागे पनि बाल्यकालमा एकदमै महत्त्व लाग्थ्यो । दक्षिणा सानो–ठूलो व्यक्तिअनुसार फरक–फरक हुन्थ्यो । तर, मलाई दक्षिणा सबैलाई बराबर हुनुपर्छ भन्ने लाग्थ्यो । दिदीले धेरै दक्षिणा पाउँदा ‘तेरो धेरै भयो बराबर गरौं’ भनेर झगडा गर्थेँ ।

दशैंमा पाएको दक्षिणा खर्च भने म जथाभावी गर्दिनथें । दक्षिणा जम्मा गरेर राख्थेँ र पछि कपी–पेन्सिल किन्थेँ । अनि हाम्रो आफ्नो दाइ–भाइ हुनुहुन्न । काकाको छोराहरूलाई भाइटीकाका लागि त्यही दशैंको पैसाले लुगा किनिदिन्थ्यौं । 

null

आफैं कमाउन थालेपछिको दशैं

कक्षा १० मा पढ्दासम्म एकदमै गाह्रो थियो । दशैं आउँदा उमंग त हुने तर खर्च धेरै हुने हुँदा शायद बुवाआमालाई छुट्टै तनाव पनि हुन्थ्यो । 

जब, म सांगीतिक क्षेत्रमा लागेर केही कमाउन थालें । त्यसपछि भने धेरै सहज भएको छ । 

शायद ३ वर्षअगाडिको दशैं हुनुपर्छ, त्यसबेला आफ्नो पैसाले परिवारका लागि पहिलोपटक शपिङ गरेकी थिएँ । 

त्यतिबेला  आफूलाई मनैदेखि एकदमै खुशी लागेको थियो । दशैं आउँदा त एक प्रकाशको छुट्टै 'भाइब्स' आउँछ नै तर, समग्रमा स्मरण गर्दा बाल्यकालकै दशैं स्मरणीय लाग्दोरहेछ । 

हेर्नुहोस्, भिडियो :

तस्वीर/भिडियो : विश्वास खनाल (लोकान्तर डट्कम)

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x