×

NMB BANK
NIC ASIA

सेलेब्रिटीको दशैं

दीपाश्रीलाई विराटनगर नपुगी आउँदैन दशैं !

काठमाडाैं | कात्तिक ६, २०८०

NTC
Premier Steels

‘मलाई विराटनगर पुगेपछि मात्रै दशैं आएको फील हुन्छ,’ दशैंका विषयमा कुरा गर्न बस्दै गर्दा अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलाले भनिन् ।

Muktinath Bank

विराटनगर उनी जन्मिएको ठाउँ । हुर्किएको ठाउँ । साथीसंगीसँग हाँसखेल गर्दै रमाएको ठाउँ । परिवार, आफन्तसँग जमघट हुने ठाउँ । अनि त्यही जमघटको माहोल मिलाउने दशैं आउँदा दीपाश्रीको मन उमंगले भरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यद्यपि, उनी विराटनगर नपुग्दासम्म दशैं आएको खास महसुस गर्न नसक्ने बताउँछिन् ।


Advertisment
Nabil box
Kumari

यस वर्ष उनको दशैं विराटनगरमै बित्दैछ । विराटनगरमै पुगेर दशैंका लागि घरमा चाहिने सामान किन्ने र परिवार, आफन्त, साथीसंगीसँग भेटघाट गर्नेछिन् । बाहिरी कामहरू नसोचेर रमाइलो गरी दशैं मनाउने उनले बताइन् ।

Vianet communication

‘बुवाको हातको टीका लगाउँछु । आफन्त–मामाघरलगायत सबै ठाउँमा जान्छु,’ उनले भनिन् ‘टीका लगाएपछि ऊर्जा लिएर काठमाडौं आएर फेरि कर्म गर्नतर्फ लाग्छु ।’ 

null

बाल्यकालमा दशैं मनाउँदा र अहिले...

दीपाश्रीलाई लाग्छ, दशैैंको महत्त्व उमेरअनुसार फरक–फरक हुँदोरहेछ । बच्चाबेलामा पैसा ठूलो कुरा हुन्थ्यो । लुगा ठूलो कुरा हुन्थ्यो । त्यसबेला साथीसंगीसँग विराटनगरको गुदुरी बजारमा शपिङ गरेको अझै याद आउने गरेको दीपाश्री सुनाउँछिन् ।

‘त्यतिबेला हामीलाई आशीर्वादको मतलब थिएन, खाली पैसा झर्नुपर्‍यो । कसको पैसा कति हुन्छ ? कसले कस्तो लुगा किन्या छ ? कसको जुत्ता कस्तो छ ? त्यसमै ध्यान जान्थ्यो । त्यो बेलाको मज्जा अर्कै थियो,’ उनले भनिन् । अहिले दशैं आउँदा जिम्मेवारी महसुस हुने दीपाश्री बताउँछिन् । ‘यो परिवारसँग भेट हुने, आफन्तहरू आउनुहुन्छ भनेर खुशी हुने चाड हो । आशीर्वादको चाड हो ।’ 

त्यो बेलाको मज्जा अब कहाँ हुनु !

दशैंको सम्झना गर्दा दीपाश्रीको स्मृतिमा बाल्यकाल झल्झली आउँछ । त्यतिबेला अहिलेजस्तो गाडीको सुविधा थिएन । गाडीमा कोचाकोच भएर असिनपसिन हुँदै मामाघर पुग्थिन् । मामाघर पुगेपछि बुवाआमाबाट टीका लगाउन शुरू हुन्थ्यो ।

‘हामी फुच्चा–फुच्चीको पालो अलि पछि आउँथ्यो । त्यो बेला हाम्रो ध्यान अक्षता, जमरामा नभएर पैसामै हुन्थ्यो । मामाले कति पैसा दिने हुन् ? भन्ने खुलदुली हुन्थ्यो,’ उनले बाल्यकालको दशैं सम्झिइन् । उनलाई अहिले पनि याद छ, एकपटक मामाले टीका लगाएर ५ रुपैयाँ दक्षिणा दिएका थिए । त्यसबेला निधारको टीका पुछेर मामालाई नै त्यो दक्षिणा फालिदिइन् ।

उनले भनिन्, ‘त्यो बालापनको दशैं अहिले सम्झँदा त्यसो गर्न हुँदैनथ्यो भन्ने लाग्छ ।’ 

अहिले पनि मामाले बाल्यकालको त्यही क्षणलाई लिएर भाञ्जी (दीपाश्री)लाई जिस्क्याउने गरेका रहेछन् ।

‘भाञ्जी पहिलेझैँ अक्षता फाल्ने त हैन नि भनेर जिस्काउनुहुन्छ,’ दीपाश्रीले भनिन्, ‘मामा त्यसबेला त बच्चा थिएँ नि भन्छु । तर, मेरो भाञ्जीको त्यही बच्चापन मलाई मनपर्छ भन्नुहुन्छ ।’ 

nullजे होस्, बच्चा बेलामा पिङ खेलेको, गाडीमा खचाखच भएर मामाघर गएको सम्झँदा अहिले पनि दीपाश्रीलाई छुट्टै रमाइलो फील हुँदो रहेछ ।

विराटनगरलाई एकदमै मिस गरेको एउटा दशैं

दशैं यसै पनि रमाइलो चाड हो । अधिकांशलाई आफू जन्मेको, हुर्किएको ठाउँकै दशैं प्यारो लाग्छ । सोहीकारण दीपाश्रीले हरेक दशैं विराटनगरमै पुगेर मनाउने गरेकी छिन् ।

यद्यपि, करिअरमा संघर्ष गर्दैगर्दा उनी एउटा साल विराटनगर गएकी थिइनन् । दशैंमा घर नगएर काठमाडौंमै बसेकी थिइन् ।

‘त्यो धेरै वर्ष पहिलेको कुरा हो । त्यो साल सम्झँदा मलाई जहिले पनि पछुतो हुन्छ’ उनले भनिन्, ‘त्यतिखेर विराटनगरलाई एकदमै मिस गरेकी थिएँ । अब, मिस गर्न चाहन्नँ ।’ 

null

‘यस वर्ष हाम्रो चलचित्र नआए पनि चलचित्र हल सञ्चालनमा आयो’

दीपाश्रीका यस अगाडिका चलचित्रहरू दशैंको माहोलमा प्रदर्शनमा आउँथे । चलचित्र प्रदर्शन भइरहेको माहोलमा पनि दीपाश्री दशैं मनाउन भने विराटनगर नै पुगेकी हुन्थिन् । 

घरमा टीका लगाएर आसपासका हलमा पुगेर दर्शकसँग खुसी साट्थिन् ।

यस वर्ष दशैंमा दीपाश्रीको टीमले बनाएको चलचित्र प्रदर्शनमा आएन । यद्यपि, दीपाश्रीको टीमले दशैंको छेको पारेर बानेश्वरमा चलचित्र हल सञ्चालनमा ल्यायो । ‘यसपालि आफ्नो चलचित्र छैन, तर चलचित्र हल छ । यद्यपि, सबैको चलचित्र आफ्नै चलचित्र त हो ।’ 

‘सामान्य खर्चमै दशैं मनाउन सक्छु’

दीपाश्री दशैंका लागि भनेर धेरै बजेट छुट्याउँदिनन् । उनी कति शपिङ गर्ने भन्ने आफ्नो हातको कुरा रहेको बताउँछिन् ।

‘म धेरै हाइफाइ तरिकाले खर्च गर्दिनँ । सामान्य खर्चमा पनि दशैं सकाउन सक्छु,’ उनले भनिन् ‘अरूलाई पनि गच्छेअनुसार खर्च गर्न आग्रह गर्छु ।’ 

दशैं मनाएर पूर्णिमापछि मात्रै काठमाडौं फर्किने उनले बताइन् ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x