×

NMB BANK
NIC ASIA

सरकार ढाल्ने खेल

संघमा 'कोशी मोडल'को प्रयास: ओलीको प्रस्तावले हौसिएका उपेन्द्रको नजर प्रधानमन्त्रीमा !

राजदूतदेखि नेतासँग भेटका लागि दौडधुप, भारतीय संस्थापनलाई रिझाउन असफल

काठमाडाैं | कात्तिक ८, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवको नजर प्रधानमन्त्रीको कुर्सीमा परेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको प्रस्ताव गरेपछि उपेन्द्र हौसिएका छन् ।

Muktinath Bank

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारका साझेदार उपेन्द्रले पछिल्लो समय एमाले अध्यक्ष ओलीसँग भेटघाट बाक्लो बनाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रौतहटको गौरमा भएको हत्याकाण्डका सम्बन्धमा अनुसन्धान अगाडि बढाउन खोजेको आशंकामा उपेन्द्रले प्रचण्डसँग दूरी कायम गर्दै ओलीसँग भेटघाट बढाउन शुरू गरेका थिए । स्रोतका अनुसार नेपाली कांग्रेसबाट शेखर कोइराला वा जसपाबाट उपेन्द्र यादवमध्ये कुनै एकलाई प्रधानमन्त्री बनाउन सकिने ओलीको प्रस्तावपछि उपेन्द्र हौसिएका हुन् । एमालेका एक प्रभावशाली नेताले लोकान्तरसँग त्यसको पुष्टि गरेका छन् ।


Advertisment
Nabil box
Kumari

'अध्यक्ष कामरेड ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीच पछिल्लो समय बाक्लो भेटवार्ता भएको कुरा सत्य हो,' एमालेका ती नेताले लोकान्तरसँग भने, 'वर्तमान गठबन्धनको सरकार ढालेर नेपाली कांग्रेसका शेखर कोइराला वा जसपा अध्यक्ष यादवको नेतृत्वमा सरकार बनाउन अध्यक्ष कमरेड (ओली) तयार हुनुहुन्छ ।'

Vianet communication
Laxmi Bank

null

जसपाका एक नेता पनि ओलीसँग यादवको निरन्तर भेटवार्ता र संवाद भएको बताउँछन् ।

'राजनीति भनेकै सम्भावनाको खेल हो । ओलीजी कुनै पनि हालतमा यो गठबन्धनको सरकार ढलोस् भन्ने चाहनुहुन्छ,' जसपाका ती नेताले लोकान्तरसँग भने, 'कुनै विकल्प नभेटिए गणितकै कारण उपेन्द्रजीलाई प्रधानमन्त्री बनाउनु परे त्यसका लागि ओलीजी तयार हुनुभएको देखिन्छ ।'

ओलीको पहिलो प्राथमिकता भने शेखर कोइरालाको नेतृत्वमा सरकार बनोस् भन्ने नै रहेको जसपाका ती नेताको भनाइ छ । शेखर कोइरालाको नेतृत्वमा सरकार बन्न सम्भव नभए मात्र ओलीले उपेन्द्रलाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने उनले खुलाए ।

कोशी प्रदेशमा ओलीले कांग्रेस-माओवादीसहितको गठबन्धनलाई चक्मा दिँदै शेखर कोइराला पक्षका केदार कार्कीलाई मुख्यमन्त्री बनाएजस्तै केन्द्रमा पनि प्रयास हुने सम्भावना जीवित रहेको उनको दाबी छ ।

'राजनीतिमा मुख्य कुरा गणित हो । गणित आफ्नो अनुकूल नबनेसम्म त्यो सतहमा देखा पर्दैन,' जसपाका ती नेताले लोकान्तरसँग थपे, 'त्यसैले अहिले भित्रभित्रै त्यो प्रयास जारी रहे पनि परिणाम नआउञ्जेलसम्म सतहमा देखा पर्दैन ।'

सरकारबाट बाहिरिएपछि ओलीले जसरी पनि सत्ता कमब्याक चाहेका छन् । त्यसकारण सरकार परिवर्तनका प्रयास हुनु स्वाभाविक रहेको उनको जिकिर छ ।

'परिणाम देखा परिनसके पनि कोशी प्रदेशमा भएको सफल प्रयासपछि ओलीजी संघमा पनि गठबन्धन भत्काउन प्रयासरत हुनुहुन्छ,' ती नेताले थपे, 'राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश अनुकूल नभएको हुनाले मात्र संघमा सरकार ढलेको छैन । परिवेश अलिकति पनि अनुकूल भए सरकार ढल्छ ।'

'राजनीति भनेकै सम्भावनाको खेल हो । ओलीजी कुनै पनि हालतमा यो गठबन्धनको सरकार ढलोस् भन्ने चाहनुहुन्छ,' जसपाका ती नेताले लोकान्तरसँग भने, 'कुनै विकल्प नभेटिए गणितकै कारण उपेन्द्रजीलाई प्रधानमन्त्री बनाउनु परे त्यसका लागि ओलीजी तयार हुनुभएको देखिन्छ ।'

अर्को सरकार बन्ने परिस्थिति आए जसपाले दिएको समर्थन फिर्ता लिन सक्छ । त्यसो त गौर हत्याकाण्डमा पीडित पक्षसँग गृह मन्त्रालयले वार्ता गरेलगत्तै उपेन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिन खोजेका थिए । तर, प्रचण्डले मुद्दा नचलाउने भनेर आश्वस्त गरेपछि समर्थन फिर्ताको निर्णय तत्कालका लागि टरेको थियो ।

त्यस प्रकरणमा जसपाले पत्रकार सम्मेलन नै गरेर गैर काण्डमा मुद्दा चलाउने हो भने सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएको थियो ।

सरकारले लिने 'एक्सन'मा समर्थन रहने वा फिर्ता लिने भन्ने कुरा निर्भर रहने जसपा प्रवक्ता मनिष सुमनले पत्रकार सम्मेलनमा बताएका थिए ।

समाजवादी मोर्चालाई एउटै पार्टी बनाउने प्रधानमन्त्री प्रचण्डको योजनामा पनि उपेन्द्रले रातो झण्डा देखाइदिएका छन् ।

उपेन्द्र आफैंले पनि जसपा कम्युनिस्ट पार्टी बन्न नसक्ने र समाजवादी मोर्चा कम्युनिस्ट पार्टीबीचको मोर्चा नभएको भनेर सामाजिक सञ्जाल फेसबूकमार्फत आफ्नो लाइन प्रस्ट पारिसकेका छन् । यो मोर्चा मात्र रहेको र पार्टी एकीकरण हुन नसक्ने प्रवक्ता सुमनले पनि बताएका छन् । यी कुराहरूबाट पनि सरकारसँग उपेन्द्र असन्तुष्ट रहेको प्रस्ट हुन्छ ।

सरकार गठन भएको दुई वर्षसम्म अविश्वासको प्रस्ताव दर्ता नहुने हुनाले प्रतिपक्षी दल नेकपा एमालेले उपेन्द्रलाई प्रधानमन्त्री प्रस्ताव गरेर समर्थन फिर्ता लिन लगाउन सक्ने सम्भावना छ । जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएलगत्तै प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने हुन्छ ।

नेपालको संविधानको धारा ७६ को उपधारा (२) अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभा सदस्यको हैसियतले प्रचण्ड अहिले प्रधानमन्त्री छन् ।

जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिए प्रचण्डले विश्वासको मत लिनुपर्ने हुन्छ ।

संविधानको धारा ७६ को उपधारा (४) बमोजिम ३० दिनभित्र विश्वासको मत नपाएमा राष्ट्रपतिले प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

त्यस आधारमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता शेरबहादुर देउवालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने हुन्छ । त्यो अवस्था आउनुभन्दा अघि ओलीको चाहना शेखर कोइराला नेपाली कांग्रेसको संसदीय दलको नेता होऊन् भन्ने रहेको जसपाका ती नेताले बताए ।

'कि नेपाली कांग्रेसभित्र खेलेर शेखर कोइराला संसदीय दलको नेता बन्नुहुनेछ,' उनले भने, 'नभए नेपाली कांग्रेस पार्टी नै फुट्न सक्ने स्थिति आउन सक्छ ।'

null

कांग्रेस नफुटेको र कोइराला पार्टी संसदीय दलको नेता नबनेको खण्डमा कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा संविधानको धारा ७६ (३) बमोजिम प्रधानमन्त्री बन्ने सम्भावना रहन्छ । त्यसपछि संविधानको धारा ७६ को उपधारा (४) बमोजिम प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।

'त्यस्तो अवस्थामा देउवाजीलाई पनि बहुमत पुर्‍याउन नदिने  प्रयास हुन्छ,' जसपाका ती नेताले भने, 'अनि बल्ल संघमा कोशी मोडल लागू हुन्छ ।'

देउवाले राजीनामा दिएपछि संविधानको धारा ७६ (५) बमोजिम एमाले अध्यक्ष ओलीको समर्थनमा कांग्रेसका शेखर कोइराला र जसपाका उपेन्द्र यादवमध्ये कुनै एक प्रधानमन्त्री बन्ने दाबी उनले गरे । उपधारा (५) बमोजिम कुनै सदस्यले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने हुन्छ ।

'कोशी प्रदेशमा जसरी त्यो स्थिति आयो र केन्द्रमा पनि त्यसैका लागि प्रयास भइरहेको छ,' जसपाका ती नेताले खुलाए ।

भारतलाई रिझाउने प्रयास

पटक-पटक उपप्रधानमन्त्री भइसकेका उपेन्द्र यादवले प्रधानमन्त्रीमा एमाले अध्यक्ष ओलीको 'ग्रीन सिग्नल'पछि भारतलाई रिझाउन प्रयास गरिरहेका छन् ।

विगतमा भारतीय संस्थापन पक्षसँग राम्रो सम्बन्ध नरहेका यादव भारतीय संस्थापनको सहयोगविना प्रधानमन्त्री बन्न नसकिने भनेर सो प्रयासमा लागिरहेको निकटस्थ स्रोतको दाबी छ । उनले भारतीय जनता पार्टीका केही नेताहरूलाई भारतमै पुगेर भेट्न खोजे पनि त्यो प्रयास सफल हुन सकेको छैन ।

त्यसो त बारा- २ को उपनिर्वाचनमा गठबन्धनको उम्मेदवार रहेका उपेन्द्रलाई भारतले सहयोग गरेकै थियो । सप्तरी- २ भारतीय सद्भाव नपाएको बुझाइमा रहेका उपेन्द्रले बारामा सद्भाव बटुलेका थिए ।

भारतीय संस्थापनसँग उपेन्द्रको सम्बन्ध सुधारोन्मुख भए पनि पूरै विश्वास भने जितिसकेको देखिँदैन । चुनावअघि उपेन्द्र यादव र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भएको भेटमा चुनावमा पूर्ण सहयोग रहने वचन पाएका उपेन्द्रले त्यसभन्दा अगाडि बढेर सम्बन्ध सुधार्न सकेका छैनन् ।

त्यसैले परिस्थिति अनुकूल बनाउन उपेन्द्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुख ताकेर बसेका छन् । तर, उनले अहिलेसम्म कुनै संकेत समेत पाउन सकेको देखिन्न ।

केही महिनाअघि मात्र केरलमा भारतीय जनता पार्टीका एक नेताकी छोरीको बिहेको निम्तो मान्न गएका बेला दिल्ली समेत पुगेर उपेन्द्र एक साताजति बसेका थिए । भाजपाका शीर्षस्थ नेतासँग भेट्ने उनको प्रयास सफल भने नभएको स्रोतको दाबी छ ।

दिल्लीमा भेटवार्ता सफल हुन नसकेपछि उपेन्द्रले झारखण्ड पुगेर पूर्व मुख्यमन्त्री बाबुलाल मराण्डीसँग भेटवार्ता गरेका थिए ।

मराण्डी विगतमा भारतीय सत्तारूढ बीजेपीमा आबद्ध भए पनि अहिले भने बीजेपीको सक्रिय राजनीतिमा छैनन् ।

झारखण्डबाट बिहारको पटना पुगेका उपेन्द्रले बिहारका मुख्यमन्त्री नितिशकुमार तथा उपमुख्यमन्त्री तेजश्वी यादवसँग पनि भेटवार्ता गर्न चाहेका थिए । तर, ती दुईसँग समेत उनको भेटघाट हुन सकेन ।

पछिल्लो साता मात्र मधेश प्रदेशको राजधानी जनकपुरधाममा बिहारका मुख्यमन्त्री नितिश कुमार र उपमुख्यमन्त्री तेजश्वी यादव आउने हल्ला चलेपछि उपेन्द्र आफैं जनकपुर पुगेका थिए ।

भारतमा मुख्यमन्त्री र उपमुख्यमन्त्रीले विदेश भ्रमण गर्नुपर्दा त्यहाँको परराष्ट्र मन्त्रालयले स्वीकृति दिनुपर्ने हुन्छ ।

नितिश कुमार जनकपुर आउन चाहे पनि परराष्ट्र मन्त्रालयले स्वीकृति नदिँदा आउन सकेनन् ।

त्यसपछि बिहारको उपल्लो सदन बिहार विधान परिषदका अध्यक्ष देवेश चन्द ठाकुर आउने भनिएको थियो । उनलाई स्वागत गर्न भनेर उपेन्द्र आफैं सीमा नाकामा पुगे पनि ठाकुर समेत नआएपछि निराश भएका थिए ।

त्यतिबेला बिहारका पूर्वमन्त्री सीपी ठाकुरका छोरा वैभव ठाकुरको नेतृत्वमा १५/२० जनाको टोली आएको थियो ।

सीपी ठाकुर बीजेपीमा आबद्ध भएपनि अहिले राजनीतिबाट 'रिटायर्ड' भइसकेका छन् । त्यही टोलीलाई उपेन्द्रले सीमा नाकामा पुगेर स्वागत गरेका थिए । मधेश प्रदेश सभाले आयोजन गरेको कार्यक्रममा उपेन्द्र आफैं उपस्थित हुनुका साथै भोजमा समेत सहभागी भएका थिए ।

केही साताअघि उपेन्द्रले अमेरिका भ्रमण गर्नुअघि पनि भारतीय राजदूत श्रीवास्तवसँग भेट गर्न चाहेका थिए, तर श्रीवास्तवले भेट्न मानेनन् । कार्य व्यस्तताका कारण भेट्न नसकिने भनेर श्रीवास्तवले नभेटेको स्रोतको दाबी छ ।

अमेरिकाबाट फर्किएपछि पनि उपेन्द्रले श्रीवास्तवसँग भेटवार्ताका लागि प्रयास गरिरहेका छन्, तर यो समाचार तयार पार्दासम्म भेट हुन सकेको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x