×

NMB BANK
NIC ASIA

प्रहरी नियन्त्रणमा रहेका सवारी साधनको बेहाल

काठमाडौंकै प्रहरी कार्यालयमा खिया लाग्दै १० हजार सवारी साधन, लिलाम गर्न छैन कानून

काठमाडाैं | कात्तिक ९, २०८०

NTC
Premier Steels

तपाईं देशभर जुनसुकै ठाउँको प्रहरी कार्यालयमा जानुस्, कुनाकाप्चामा कतै न कतै मोटरसाइकल, स्कूटर वा गाडी खिया लागेर थुप्रिएको भेटिन्छ ।

Muktinath Bank

एउटै प्रहरी कार्यालयमा १९ सय वटासम्म सवारी साधन यसरी थुप्रिएका भेटिन्छन् । यसरी थुप्रिने सवारीको संख्या काठमाडौं उपत्यकाभित्रका प्रहरी कार्यालयहरूमा तुलनात्मक रूपमा बढी छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आपराधिक कार्यमा प्रयोग भएका, राजस्व नतिरेका, विना बिलबूक चलाएका, दुर्घटना गराएर चालक फरार भएका, फूटपाथमा जथाभावी पार्किङ गरेका सवारी साधन महानगरीय ट्राफिक प्रहरीले जफत गरी कार्यालयमा ल्याएर राख्ने गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख डीआईजी पोषराज पोखरेल बताउँछन् । 


Advertisment
Nabil box
Kumari

यसरी ल्याइएकामध्ये कतिपय त सवारी धनी आएर लैजान्छन्, कतिपय भने दाबी गर्न कोही पनि आउँदैनन् । विशेष गरी आपराधिक कार्यमा प्रयोग भएका, दुर्घटना गराएर चालक फरार भएका तथा सवारीको मूल्यभन्दा कर बढी तिर्नुपर्ने अवस्थाका सवारी साधन दाबी गर्न सवारी धनी आउँदैनन् । 

Vianet communication

‘कतिपय सवारी साधनहरू तिनको हालको मूल्य भन्दा धेरै कर तिर्नुपर्ने भएका कारण दाबी गर्न नआएको अवस्था छ,’ ट्राफिक कार्यालयका प्रमुख डीआईजी पोखरेलले लोकान्तरसँग भने, ‘कतिपय दुर्घटना गराएर चालक फरार भएका सवारी साधनमा पनि दाबी पर्न सकेको छैन ।’ 

उनका अनुसार ट्राफिक प्रहरीले त्यस्ता सवारी धनीलाई समय–समयमा फोन गरेर सवारी साधन लिन आउन अनुरोध गर्ने गरेको छ, तर अनुरोध गर्दा पनि लिन नआउनेहरूको संख्या ठूलै छ । कतिपय सवारी साधनको वास्तविक धनी भने यातायात व्यवस्था विभागमा फाइल नहुँदा पहिचान हुन नसक्ने अवस्था छ । 

ट्राफिक प्रहरीका एक अधिकृतका अनुसार यातायात व्यवस्था विभागमा पुराना सवारी साधनका कतिपय फाइल नै गायब छन् । 

‘बाइक फेला पर्छ, कसको हो भनेर यातायातमा गयो, फाइल नै हुँदैन । कसरी सवारी धनी पत्ता लगाउने ?’ ती अधिकृतले लोकान्तरसँग भने, ‘यातायात कार्यालयमा आफैंले फाइल खोज्नुपर्छ, त्यस्तो हुँदा अर्कैले लगेको पनि हुनसक्छ ।’ 

यातायात व्यवस्था विभागको नियमानुसार ५ वर्षसम्म सवारी कर नतिरेका सवारी साधनको फाइल नयाँ बनाउनुपर्ने हुन्छ । उपत्यकामा मात्रै १० हजारभन्दा धेरै मोटरसाइकल र अन्य सवारी साधनहरू खिया लागेर बसेका तथा झार उम्रिएका छन् । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानाका अनुसार ट्राफिकको कारबाही चल्ने ४४ वटा कार्यालयमा ५ हजार सवारी साधन यसरी थन्किएका छन्, जसमध्ये २३ सय त बग्गीखानामा मात्रै देख्न सकिन्छ ।

यसैगरी प्रहरीको डक एकेडेमीमा डम्पिङ गरेर राखेको अवस्थामा अन्य ५ हजार सवारी साधन रहेको महाशाखाले जनाएको छ । 

‘ट्राफिक प्रहरी कार्यालयमा धेरै जम्मा भएर डक एकेडेमीमा डम्पिङ गरेर ५ हजार सवारी साधन राखेका छौं,’ एक अधिकारीले भने, ‘त्यसका अलवा सामाखुसीको पेट्रोल पम्पपछाडि २०६२/६३ सालको जनआन्दोलनमा जलाइएका सवारी साधनहरू छन् ।’ 

देशभरमा यस्ता सवारी साधन कति छन् भन्ने एकिन तथ्याङ्क प्रहरीसँग छैन । त्यसरी डम्पिङ भएर बसेका सवारी साधन लिलामी गर्ने अधिकार न प्रहरीलाई छ, न त यातायात व्यवस्था विभागलाई नै । अहिले लिलामीका लागि गृहमन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मापदण्ड थन्किएको छ । तर, डीआईजी पोखरेलले भने केहि गृहकार्य भइरहेको र केही समयमा लिमामीको प्रावधान आउने बताउँछन् ।

यातायात कार्यालयमा भेटिँदैनन् फाइल

सवारी साधनको तथ्यांक राख्ने निकाय यातायात व्यवस्था विभाग हो । सवारी साधन दर्तादेखि चालक अनुमतिपत्रसम्मको तथ्यांक विभागले राख्ने गर्छ । तर, यातायात व्यवस्था विभागमा पुराना सवारी साधनका फाइल नै नभेटिने समस्या छ । 

त्यही कारणले गर्दा दुर्घटना गराएर फरार भएका वा आपराधिक गतिविधिमा प्रयोग भएका सवारी साधनका सवारी धनीसँग सम्पर्क हुन सकेको छैन ।

‘टेक्नोलोजीको जमाना कहाँ पुग्यो तर यातायातमा सवारी फाइल खोज्न गयो भने कतिपय त फाइल नै भेटिँदैनन्,’ एक ट्राफिक प्रहरीले लोकान्तरसँग भने, ‘यस्तो अवस्थामा दुर्घटना गराएर भागेका मानिसहरू फेला पर्दैनन् ।’ 

कतिपय अवस्थामा भने सवारीधनीको सम्पर्क नम्बर परिवर्तन भएका कारण पनि वास्तविक धनीसँग सम्पर्क हुन नसक्ने अवस्था छ ।

‘सवारी धनीहरूको मोबाइल नम्बर अध्यावधिक नहुँदा समस्या देखिएको छ,’ ट्राफिक प्रहरी निरीक्षक जितेश दाहालले भने, ‘अध्यावधिक हुने व्यवस्था सजिलो पनि छैन ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x