×

NMB BANK
NIC ASIA

विश्व शान्तिको अपिल गरिँदै

गौतम बुद्धको जन्मभूमिमा राष्ट्रसंघका महासचिव, प्रचण्डले गरे स्वागत

बुटवल | कात्तिक १४, २०८०

NTC
Premier Steels

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस मंगलवार बिहान बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका छन् । पूर्वनिर्धारित कार्यतालिकाभन्दा दुई घण्टा ढिला गरी महासचिव गुटेरेस लुम्बिनी आइपुगेका हुन् । 

Muktinath Bank

null


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महासचिव गुटेरेसलाई लुम्बिनीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वागत गरे । महासचिवभन्दा केही घण्टाअघि मात्रै प्रधानमन्त्री लुम्बिनी आइपुगेका थिए ।


Advertisment
Nabil box
Kumari

दाहालसँगै गुटेरेसलाई लुम्बिनीमा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्याललगायतले स्वागत गरेका थिए । महासचिव गुटेरेस विशेष विमानमार्फत् भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लुम्बिनी आइपुगेका हुन् । 

Vianet communication

भैरहवा विमानस्थलबाट उनी सिधै हेलिकप्टरमार्फत् लुम्बिनी पुगेका थिए । एन्टोनियोले लुम्बिनीमा डेढ घण्टा बिताउनेछन् । सन् १९६७ मा संयुक्त राष्ट्र संघका महासचिव ऊ थान्त लुम्बिनी भ्रमणमा आएका थिए । 

null

त्यसपछि नै लुम्बिनीको विश्वभर प्रचार–प्रसार भएको थियो । अहिले गुटेरेसको भ्रमणले लुम्बिनीको विकास र पर्यटन क्षेत्रमा ठूला आशा पलाएको विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले बताए ।

बुद्ध जन्मस्थल लुम्बिनी मात्रै नभएर रामग्राम र कपिलवस्तुको विकासमा पनि योजना बनाएर अघि बढ्ने र लुम्बिनीलाई विश्व शान्ति शहरको रूपमा विकास गर्ने अवधारणा रहेको छ ।

null

महासचिव गुटेरेसको भ्रमणले लुम्बिनी र गौतमबुद्धको शान्तिको सन्देश विश्वभर थप प्रचारप्रसार हुने र लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

महासचिवको भ्रमणलाई लिएर लुम्बिनी वरपर सुरक्षा व्यवस्था कडा पारिनुका साथै बुद्ध जन्मस्थललाई झकिझकाउ बनाइएको छ । लुम्बिनीबाट विश्व शान्तिको अपिल पनि गरिँदै छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x