×

NMB BANK
NIC ASIA

ब्याडमिन्टन संघको जबरजस्तीमा 'ब्रेक'

ब्याडमिन्टन संघको अवैध साधारण सभालाई राखेपको 'रातो बत्ती', मान्यता नपाउने पक्का

काठमाडाैं | कात्तिक १४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल ब्याडमिन्टन संघ तदर्थ समितिका संयोजक रामजीबहादुर श्रेष्ठले गराउन खोजेको अवैध चुनावी कार्यक्रमलाई राष्ट्रिय खेलकुद परिषद(राखेप)ले मान्यता नदिने भएको छ ।

Muktinath Bank

राखेप सदस्य सचिव टंकलाल घिसिङले ब्याडमिन्टन संघको साधारण सभा तथा चुनावी कार्यक्रमलाई स्वीकृति प्रदान नगरिएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

' नेपाल ब्याडमिन्टन संघको साधारण सभा तथा चुनावी कार्यक्रमबारे मलाई केही थाहा छैन । परिषदले त्यसको स्वीकृति पनि दिएको छैन,' घिसिङले लोकान्तरसँग भने, 'यो साधारण सभा तथा चुनावी कार्यक्रम वैधानिक हो वा अवैधानिक भन्ने विषयमा मैले जवाफ दिने होइन, आयोजक रामजीबहादुर श्रेष्ठलाई नै सोध्नुस् ।'


Advertisment
Nabil box
Kumari

ब्याडमिन्टन संघ राखेप मातहतकै संस्था हो । राखेपबाट मान्यता नपाउँदा साधारणसभाको औचित्य नरहने भएको हो । राखेपले स्वीकृति तथा मान्यता नै नदिएपनि श्रेष्ठले मंगलवार जबर्जस्ती साधारण सभा उद्घाटन गराएका छन् ।

Vianet communication
Laxmi Bank

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अनुसार कुनै पनि खेलकुद संस्थाको संघीय कार्यसमिति चयन गर्नका लागि ७ प्रदेशमध्ये कम्तीमा चार प्रदेशको खेलकुद परिषद्ले समेत स्वीकृति दिएको हुनुपर्छ । तर, लुम्बिनी, बागमती, गण्डकी, सुदुरपश्चिम र कोशीसहित ५ प्रदेशका खेलकुद परिषद् सदस्य सचिवले यो साधारणसभालाई स्वीकृति नदिइएको बताइसकेका छन् ।

उद्घाटन शत्रमा समेत न्यून संख्यामा मात्र प्रतिनिधि सहभागी भए ।

'सात प्रदेशका १४ जना र ४९ जिल्लाका ४९ गरी कुल ६३ जना प्रतिनिधिमध्ये १४-१५ जना प्रतिनिधि मात्र सहभागी भए,' उद्घाटन सत्रमा सहभागी एक प्रतिनिधिले लोकान्तरसँग भने, 'त्यसमा पनि धेरैजसोले यो साधारण सभा अवैधानिक हो भन्दै चुनावी कार्यक्रमका लागि हस्ताक्षर नगरी फर्किएका छन् ।'

गणपुरक संख्या नपुगेपछि साधारणसभा स्वत: अवैध ठहर भएको ती प्रतिनिधिले बताए ।

'गत भदौ २८ गते अधिवेशन गराउने बेलामा उपास्थित भएकामध्ये धेरैजसो प्रतिनिधि यसपटक आएनन्,' ती प्रतिनिधिले लोकान्तरसँग भने, 'राखेप र ओलम्पिक कमिटीले स्वीकृति नदिएको थाहा पाएपछि आएकाहरू पनि हस्ताक्षर नगरी बाहिरिएका छन् ।'

गणपुरक संख्या नपुगेपछि रामजीले विभिन्न जिल्लाका संयोजकलाई फोन गरेर सहभागी हुनका लागि गुहार गरिरहेको उनको भनाइ छ ।

विगत आठ वर्षदेखि साधारण सभा नै नगराई संघमा व्यापक अनियमितता गरिरहेका श्रेष्ठले पुनः नेतृत्वमा कब्जा गर्न ऐन, नियमविपरीत चुनाव गराउन खोजेको कोशी प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव हंशराज वाग्लेले बताए ।

विगत आठ वर्षमा साधारणसभा गराउन असफल भएका श्रेष्ठले नेपाल ब्याडमिन्टन संघलाई राखेपमा विगत दुई वर्षदेखि नवीकरण समेत गराउन सकेका छैनन् । अडिट रिपोर्ट पेश गर्न नसकेकाले संघ नवीकरण नभएको हो ।

आठ वर्षदेखि साधारण सभा नै नगराएको भन्दै तत्कालीन कार्यसमितिका तीन उपाध्यक्षले संयुक्त हस्ताक्षर गर्दै राखेपमा उजुरी दिएपछि राखेप सदस्य सचिव घिसिङले संघको कार्यसमिति विघटन गरेका थिए ।

कार्यसमिति विघटन गरे पनि घिसिङले श्रेष्ठकै संयोजकत्वमा नयाँ विधान बनाउन तथा नयाँ नेतृत्व चयनका लागि तीन महिनाको म्याद दिएर तदर्थ समिति गठन गरेका थिए ।

तदर्थ समिति गठन भएपछि गत भदौ २८ गते श्रेष्ठले अहिलेको जसरी नै अवैधानिक चुनाव गराउन खोज्दा प्रदेश सदस्य सचिवहरूले मान्यता नदिएकाले श्रेष्ठले साधारण सभा गराउन सकेनन् ।

त्यसपछि राखेपले थपेको म्याद कात्तिक १५ गते सकिने हुनाले श्रेष्ठले पुनः जबर्जस्ती चुनाव गराउन खोजेका हुन् । 

संघमा विदेशबाट आउने अनुदान रकम समेतको दुरुपयोग भएको तथा व्यापक आर्थिक अनियमितता गरेको आरोप श्रेष्ठमाथि लाग्दै आएको छ । २ करोडभन्दा बढी रकम बेरुजु छ ।

संघको बोर्ड बैठकको माइन्युट नै हराएको आरोप समेत लागेको छ । २०७२ सालदेखि श्रेष्ठले नै संघको नेतृत्व गर्दै आएका छन् । त्यसअघि पनि उनी महासचिव भएर काम गरिसकेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x