×

NMB BANK
NIC ASIA

अस्ट्रेलियाली प्रधानमन्त्री अल्बानिज अर्थपूर्ण चीन भ्रमण

काठमाडाैं | कात्तिक १७, २०८०

NTC
Premier Steels

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज चीन प्रस्थान गरेका छन् । यो भ्रमण ठूलो व्यापारिक र रणनीतिक प्रतिद्वन्द्वी चीनसँग चिसो सम्बन्ध पग्लिएको सङ्केत भएको समाचारमा जनाइएको छ । 

Muktinath Bank

उनको बेइजिङ र साङ्घाईको चार दिने भ्रमण सात वर्षमा  अस्ट्रेलियाली नेताबाट भएको पहिलो उच्चस्तरीय भ्रमण हो ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत वर्षको मे महिनाको निर्वाचनपछि अल्बानिज सरकारले प्रशान्त क्षेत्रमा बेइजिङको बढ्दो प्रभावको सामना गर्दै आफ्नो मुलुकको सबैभन्दा ठूलो व्यापारिक साझेदारसँग मित्रतापूर्ण सम्बन्ध बनाउने प्रयासमा चीनसँग दोहोरो रणनीति अपनाएको छ । 


Advertisment
Nabil box
Kumari

अघिल्लो सरकारले फाइभ जी प्रविधिको हुआवेईमाथि प्रतिबन्ध लगाउने र कोभिड–१९ को उत्पत्तिको अनुसन्धान गर्ने आह्वान गरेपछि आक्रोशित चीनले सन् २०२० मा अस्ट्रेलियाली सामानहरूमा दण्डात्मक भन्सार शुल्क लगाएको थियो । तर अस्ट्रेलियाको नयाँ सरकारअन्तर्गत स्वरमा परिवर्तनसँगै तीमध्ये अधिकांश अवरोधहरू हटाइयो । 

Vianet communication

“चीन–अस्ट्रेलिया सम्बन्ध अब स्थापना हुने र पुनः सुरु हुने महत्वपूर्ण मोडमा छ”, अस्ट्रेलियामा चीनका राजदूत जिओ कियानले प्रधानमन्त्री अल्बानिजको भ्रमणअघि एक लेखमा भने । उनले ‘दुवै पक्षको अथक प्रयास’ बाट चिनियाँ बजारमा अस्ट्रेलियाली कोइला, काठ र जौको निर्यात पुनः सुरु भएकामा सराहना व्यक्त गरे । 

चीनले पाँच महिनाको समीक्षापछि वाइनमाथि लगाइएको भन्सार शुल्क दरलाई पनि हटाउने सङ्केत दिएको छ । चीनले अहिले पनि आयातमाथि रोक लगाइएका केही उत्पादनमा वाइन पनि एक थियो । 
    
चीनसँग सहज कूटनीतिक र व्यापारिक सम्बन्ध सुरु भए पनि दुवै मुलुक रणनीतिकरूपमा एकजुट नभएको प्रधानमन्त्री अल्बानिजले स्पष्ट गरेका छन् । गत महिना वासिङ्टन भ्रमणका क्रममा उनले भनेका थिए, “यो विषयमा मेरो स्पष्ट भनाइ छ, हामी भिन्न इतिहास, मूल्य र राजनीतिक प्रणाली भएका दुई मुलुक हौँ ।”

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x