कात्तिक २०, २०८०
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
काठमाडाैं | कात्तिक १८, २०८०
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ ।
नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।
भत्किएका घरहरूमा पुगेर उद्धारको काम बाँकी नै रहेकाले मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने देखिएको छ ।
भूकम्पको इपिसेन्टर रहेको जाजरकोटको नलगाड नगरपालिकास्थित दल्लीमा रहेको नगर अस्पतालमा घाइतेहरूलाई उपचारका लागि भर्ना गारिएको छ । तर, सीमित स्रोत साधन र सीमित जनशक्तिका कारण निकै समस्या भएको अस्पतालका इन्चार्ज राजेश सिंहले बताएका छन् ।
उनका अनुसार ४२ जना घाइतेहरू उक्त अस्पतालमा उपचाररत छन् । तीमध्ये ५ जनाको अवस्था गम्भीर रहेको सिंहले बताए । उनीहरूलाई थप उपचारका लागि थाप्लेस्थित अस्पतालमा रिफर गर्ने तयारी भइरहेको सिंहले बताए ।
'अस्पतालमा ल्याइएकालाई हामीले प्राथमिक उपचार दिएर जसोतसो टिकाएका छौं । केही घाइतेको स्वास्थ्य अवस्थामा सुधार पनि आएको छ,' अस्पतालका इञ्चार्ज सिंहले लोकान्तरसँग भने, 'हामीसँग भएको अक्सिजन पनि सिद्धिन थाल्यो । अब थप बिरामीलाई दिने अक्सिजन छैन ।'
सीमित भौतिक संरचना रहेको अस्पतालमा बेडको समेत अभाव रहेको उनले बताए ।
'अब थप घाइते वा बिरामी भर्न गर्न बेड छैन । कुनै स्कूललाई नै तत्काल अस्पतालको रूपमा प्रयोग गर्नुपर्ला,' सिंहले थपे, 'हामीलाई दक्ष स्वास्थ्यकर्मीको समेत अभाव भएको छ ।'
उक्त अस्पतालमा एकजना मात्र एमबीबीएस चिकित्सक छन् । २६ जना स्वास्थ्यकर्मीले मिलेर रातिदेखि नै उपचार गरिरहेको उनले बताए ।
अस्पताल ल्याउँदै गर्दा मृत्यु भएका ६ जनाको शव पनि सोही अस्पतालमा राखिएको छ ।
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
सुन तस्करी प्रकरणमा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । पश्चिम (गन्तव्य यकिन नभएको)तर्फ जाँदै गरेका महरालाई सोमबार रुपन्देही प्रहरीले कपिलवस्तुको सीमाबाट काठम...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...