कात्तिक १८, २०८०
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
काठमाडाैं | मंसिर ६, २०८०
दुर्गा प्रसाईं नेतृत्वको 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल' को आह्वानमा हुन लागेको आन्दोलनमा आएका व्यक्तिहरू राजधानीका होटलका साथै विभिन्न पार्टी प्यालेसहरुमा बसेका छन् । पार्टी प्यालेसमा बसेकाहरुले सामान्य म्याट्रेसकै भरमा रात कटाउने भएका छन् ।
चिसो मौसम भएपनि बास बस्ने राम्रो व्यवस्था नभएको पार्टी प्यालेसमा रहेकाहरुले गुनासो गरेका छन् । चिसो मौसम भएको तर बाक्लो ओढ्ने र ओछ्याउने नहुँदा कष्टकर रुपमा रात बिताउनु पर्ने बाध्यता रहेको उनीहरुको भनाइ छ ।
रौतहटबाट आएर राजधानीको एक पार्टी प्यालेसमा बसेका यी नागरिकहरु (तस्बिरमा देखिएका) ले पनि म्याट्रेस मै सुत्ने र म्याट्रेस नै ओडेर रात कटाउँदै छन् । ‘हामी व्यवस्था परिवर्तनका लागि आएका हौँ’, आन्दोलनमा आएका एक व्यक्तिले भने, ‘तर चिसोले सताउला भन्ने पिर भने छ।’
साथसाथै प्रशासनले उठाउला कि भन्ने भन्ने अर्को चिन्ता पनि उनीहरूमा छ । ‘अहिले हामीलाई प्रशासनले दुःख दिइरहेको छ, पार्टी प्यालेसमा सुत्न र बस्न दिएको छैन’, रौतहटकी चीना कोइरालाले भनिन्, ‘होटेलमा बस्न हामीसँग पैसा छैन, प्रहरीले यहाँबाट जुनसुकै बेला हटाउन सक्छ, हामीलाई अस्तिदेखि पार्टी प्यालेसमा कडाइ गरिएको छ ।’ उनीहरूले आफ्ना माग सम्बोधन नभएसम्म यसरी नै बस्ने बताएका छन् ।
राजधानीको एक स्थानमा युवा संघका व्यक्तिले दुःख दिएकाले आज पनि उस्तै व्यवहार हुने हो कि भन्ने चिन्ता पनि उनीहरूमा छ ।
भिडियो हेर्नुहोस्
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...
जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...