×

NIC ASIA

सांगीतिक क्षेत्रमा श्रीधरको सक्रियता

भन्छन् – सर्जक इमानदार र अनुशासित हुनुपर्छ

काठमाडाैं | मंसिर १९, २०८०

Prabhu Bank
NTC
Premier Steels

पाँच वर्षअघि सांगीतिक क्षेत्रमा उदाएका संगीतकर्मी हुन् श्रीधर अधिकारी । 

Muktinath Bank

२०७५ सालमा पहिलोपटक गीत रेकर्ड गराएका उनले त्यसयता झन्डै १ सय गीतमा काम गरिसकेका छन् । उनी पछिल्लो समय लगातार रुपमा गीत ल्याइरहने संगीतकर्मीमा पर्छन् । दुई दर्जन हाराहारी गीतमा स्वर दिएका उनले संगीत भरेका गीतको संख्या त्योभन्दा धेरै छ । केही गीतको शब्द लेखेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

उनले तीन साताअघि आफ्नै युट्युब च्यानलबाट ‘बाडुल्की ला होला...’ बोलको गीत सार्वजनिक गरेका थिए । उनी र गायिका शान्तिश्री परियारको यूगल स्वर रहेको गीतले राम्रो भ्युज पाएको छ । यतिबेला उनी केही नयाँ गीतको तयारीमा छन् । 

Vianet communication

‘८–९ वटा गीतहरूको काम भइरहेको छ । ति गीतहरू क्रमशः सार्वजनिक हुनेछन्’ उनले भने । 

अधिकारीलाई लाग्छ, इमानदारिता र अनुशासन हरेक व्यक्तिमा हुनुपर्छ । त्यो कुरा सर्जकमा अझ बढी लागू हुनुपर्ने उनी बताउँछन् । सर्जकमा इमानदारिता र अनुशासनसँगै धैर्यताले पनि अर्थ राख्ने बताउँछन् । 

आफूले निरन्तर काम गरिरहनुको कारण आफूमा रहेको इमानदारिता र अनुशासन पनि रहेको उनको भनाई छ । 

उनको बुझाई छ, ‘आज आएर भोलि उपलब्धि खोजेर पाइँदैन । भाग्यवश वा भाइरलका हिसाबले केही प्रतिभाहरू एक्कासि उदाउनु नौलो कुरा भएन । तर, सफलता पाउनका लागि धैर्यता आवश्यक हुन्छ । आफ्नो सिर्जनालाई लामो समयसम्म जीवन्त राख्नेहरूले संघर्ष पनि लामै गरेका हुन्छन् ।’ साङ्गीतिक क्षेत्रमा आफूले पाएको उपलब्धिमा सन्तुष्टि रहेको बताउने अधिकारी आफूमा धैर्यता रहेको बताउँछन् । 

पछिल्लो समय म्युजिक भिडियो निर्माण घटेको छ । गायक अधिकारी निर्माण घट्नुका साथै बनिरहेका भिडियो पनि कम बजेटमा निर्माण भइरहेको बताउँछन् । ‘अहिले महँगो बजेटका भिडियो कम बनेका छन् । विगतमा ४–५ लाखसम्म समेत लगानी गरेर समेत काम गरियो । अहिले मैले ल्याउने गीतको भिडियो ठिक्क बजेटमा बनिरहेका छन्’ उनले भने, ‘कम बजेटमा काम गर्दा गीत नचले पनि लगानीकर्तालाई मर्का पनि कम पर्छ ।’ 

म्युजिक भिडियो निर्माण गर्दा महँगो लगानी लाग्ने र युट्युबबाट मात्र त्यो लगानी उठ्ने सम्भावना कम रहेकाले पछिल्लो समय सर्जकहरू अन्य डिजिटल प्लेटफर्मतर्फ समेत आकर्षित भइरहेका छन् । यस्तोमा आफूले पनि विभिन्न अडियो एपलाई प्राथमिकता दिनेगरी सिर्जनाहरू ल्याउने गरेको उनी बताउँछन् । त्यसो गर्न सकियो भने केही सहज हुने उनको बुझाई छ । 

‘लाली जोवन’, ‘मेरो तस्वीर’, ‘कपालै कोरी’, ‘बाजा तालमा’, ‘लाम्नी हो र माया’, ‘मुटुमै घाउ छ’ संगै केही साता सार्वजनिक ‘‘बाडुल्की ला होला...’जस्ता उनका गीत रुचाइएका छन् । 

प्रमोद खरेल जस्ता स्थापितदेखि एलिना चौहान, रचना रिमालजस्ता नयाँ पुस्ताका चर्चित गायक–गायिकासँग अधिकारीले काम गरिसकेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

फागुन २८, २०८०

प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x