×

NMB BANK
NIC ASIA

मौलिक भाका संरक्षणमा आमा समूहको सक्रियता

बाग्लुङ | मंसिर २५, २०८०

NTC
Premier Steels

मौलिक कला, संस्कृति र गीत सङ्गीतमा बागलुङ धनी मानिन्छ । यहाँका गाउँगाउँमा मौलिकता बोकेका गीत सङ्गीत गुञ्जिने गरे पनि हिजोआज सुनिन छोडेका छन् । आदिवासी जनजात समुदायको बाक्लो बस्ती भएको ठाउँमा फाट्टफुट्ट मौलिक गीत सुनिने गरे पनि अन्य ठाउँमा खासै पाइँदैन ।  

Muktinath Bank

बागलुङको जैमिनी नगरपालिका–३ दमेककी टीकादेवी क्षेत्री ६५ वर्षकी भइन् । यो उमेरमा पनि उनी गीत गाउने र रमाइलो गर्ने निकै रुचि राख्छिन् । बुढ्यौली लागे पनि टीकादेवीलाई पुराना भाका गाउन कुनै समस्या छैन । मेला, पर्व र गाउँमा लाग्ने महोत्सवमा अहिले पनि उनी गीत गाउन हिँड्छिन् । खास गरी उनले बिना सालैजोको ठाडी भाका, यानीमाया, सुनिमाया र झ्याउरे गीत गाउने गरेकी छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो समय नयाँपुस्ताले आधुनिक र विदेशी गीतसङ्गीतप्रति चासो दिँदा मौलिक लोकभाका हराउँदै गएको जनाउँदै उनले चिन्ता व्यक्त गरिन् । पुराना मौलिक लोकभाकालाई संरक्षण गर्न टीकादेवीको नेतृत्वमा महिला आमा समूहनै सक्रिय भएका छन् । गाउँमा सिर्जना आमा समूहमार्फत मौलिक गीतसङ्गीतको जगेर्ना भइरहेको छ । 


Advertisment
Nabil box
Kumari

बूढापाकाले जानेबुझेका र गाउँदै आएका पुराना गीत सङ्गीत नयाँपुस्तालाई सिकाउने प्रयास उनीहरूले गर्न थालेका छन् । धेरै लोकभाका हराउँदै गएपछि सिर्जना महिला आमा समूह सक्रियरूपमा यसको संरक्षणमा लागेका हुन् ।

Vianet communication

गाउँमा हुने हरेक सार्वजनिक कार्यक्रम तथा परम्परागत चाडपर्वमा युवापुस्तालाई सँगै राखेर उनीहरूले गीत गाउने गरेका छन्। युवा गाउँ छोडेर विदेश तथा बजार झर्न थालेपछि सिक्ने मान्छेसमेत हराउँदै गएका छन् ।

अहिले बजारमा आउने आधुनिक, र्‍याप, हिन्दी र अङ्ग्रेजी गीतका कारण वर्षौं पुराना मौलिक गीत लोपोन्मुख हुँदै गएको टीकादेवीले बताइन् । पुराना गीत नसिकेसम्म गाउन नसकिने उनी बताउँछिन् । गीतको राग र तालको भाव बुझेर टुक्कालाई पूर्णताः दिनुपर्ने हुँदा यो ठाडी भाका गाउन कठिन हुने क्षेत्रीले बताइन् । 

मेला, महोत्सव तथा विभिन्न कार्यक्रममा यस्ता भाका गाउने चलन रहेको उनी बताउँछिन् । अर्म, पर्म लाग्दा, घाँस दाउरा गर्दा, मेलापात जाँदा र लामो दूरीको यात्रा गर्दा मनोरञ्जनको माध्यम बिना सालैजोको ठाडी भाका, सालैजो र झ्याउरे भाका भएको उनको भनाइ छ । 

आधुनिक सञ्चारमाध्यमको विकास, पुराना पुस्ताका कलाकारबाट पुस्तान्तरण र नयाँ पुस्ताको चासो नहुँदा यस्ता गीत हराउन थालेको टीकादेवीले बताइन् । 'पहिले–पहिले गाउँघरमा धेरै काम गर्नुपथ्र्यो, मेलापात हुन्थ्यो, त्यति बेला झ्याउरे गाउने, ठाडोभाका आउने गरिन्थ्यो, ती पुराना गीतले थकाइ पनि हराउँथ्यो, रमाइलो र मनोरञ्जन दिने माध्यम बनेको थियो,' उनले भनिन्, 'तर अहिले धेरै गीत आएका छन्, हाम्रा नातीनातिनीले तिनै गीत सुन्ने गाउँने गर्छन्, तर हामीहरुले गाउँने पुराना भाका सुन्दैनन्, मन पराउँदैनन्, केही समय भयो हामी पुराना जमानाका बुढाबुढी मिलेर संरक्षण गर्नुपर्छ भनेर लागेका छौँ ।'

गलकोट नगरपालिका–१० की पार्वती काउचा मगरले पहिले–पहिले रोधी बस्ने र पुराना भाका गाउने गरेको भन्दै अहिले रोधी नै बस्न छाडेपछि ती भाका हराउँदै गएको बताइन् । अहिले रेडियो, टेलिभिजन तथा मोबाइलमा आउने आधुनिक, पप तथा लोकगीतले ठाडी भाका हराउन थालेको उनको भनाइ छ । पुराना भाका कलाकारले पनि कमै मात्रा गाउने गरेको उनको गुनासो छ । बाउआमा, बाजेबजैबाट आफूहरूले पुराना भाका गाउन सिके पनि अहिलेका पुस्ताले चासोनै नदिने काउचाले बताइन्। उति बेला गीत गाउँदागाउँदै बिहे गर्ने चलन रहेको भन्दै अहिले त्यो चलन पनि हराएको उनी बताउँछिन् ।

'हाम्रो पालामा त गीत गाउँदागाउँदै मन परेको केटाकेटी भयो भने बिहे गर्ने चलन थियो, अहिले त फोन आयो, फोन गरेर भेट्ने बिहे गर्ने गर्छन्, हाम्ले गीत गाएर बिहे गरेको भन्दै अहिलेका मान्छेले अचम्म मान्छन्, जुग जमाना फेरिएपछि सबै थोक फेरिए,' उनले भनिन्, '“गाउँपालिका, नगरपालिकाले मौलिकता बोकेका पुराना भाका संरक्षणमा चासो दिनुपर्छ, उहाँहरुले सिकाउने जिम्मा हामीहरुलाई दिए, हामी निःशुल्क सिकाउन तयार छौँ ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x