×

NMB BANK
NIC ASIA

सुन तस्करको अखडा बन्दै नेपाल

कडा सुरक्षा भएका विदेशी विमानस्थलबाट कसरी पास भएर आउँछ तस्करीको सुन ?

काठमाडाैं | मंसिर २६, २०८०

NTC
Premier Steels

नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल (त्रिभुवन विमानस्थल)बाट किलोका किलो सुन बरामद हुने क्रम रोकिएको छैन । एकैपटकमा ६० किलोदेखि १४ किलो, ९ किलोसम्मको परिमाणमा सुन पछिल्लो केही महिनायता मात्र बरामद भएको छ ।

Muktinath Bank

नेपालको विमानस्थल प्रविधिका हिसाबले कमजोर रहेकाले तस्करहरूले यसलाई ‘ट्रान्जिट’का रूपमा प्रयोग गरेको धेरैको बुझाइ छ । तर, एउटा प्रश्नको जवाफ प्रायः सँग छैन, त्यसो भए प्राविधिकरूपमा सम्पन्न र बलियो सुरक्षा व्यवस्था भएका विकसित मुलुकका विमानस्थलबाट तस्करीको सुन कसरी पास हुन्छ त ?


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसै प्रश्नको जवाफ खोज्ने क्रममा हामीले दुबईलाई बेस बनाएर व्यापार गर्दै आएका एक व्यापारी र सुनसम्बन्धी अनुसन्धानमा संलग्न केही सुरक्षा अधिकारीहरूसँग कुराकानी गरेका छौं ।​


Advertisment
Nabil box
Kumari

कसरी आउँछ त दुबईबाट नेपालमा सुन ?

Vianet communication

दुबईमा व्यवसाय गर्दै आएका एक व्यापारीको भनाइलाई मान्ने हो भने त्यहाँ स्रोत खुल्ने पैसा भएमा ठूलो परिमाणमा काँचो सुन किन्न पाइने व्यवस्था छ । नाम गोप्य राख्न चाहेका ती व्यापारीका अनुसार दुबई सुनको ‘ओपन मार्केट’ हो । 

‘यहाँ ठूलो परिमाणमा सुन किन्न पाइन्छ, जसरी नेपालमा विदेशबाट आउने पर्यटकले जुनसुकै कपडा वा अन्य सामान किनेर लैजान्छन्, यहाँ सुन त्यस्तै हो,’ ती व्यापारीले लोकान्तरसँग भने ।

अब प्रश्न आउँछ, त्यही कारणले मात्र दुबईबाट सुन तस्करी हुन्छ त ? त्यस्तो होइन । उनका अनुसार दुबईबाट भन्सार पास गरेर १५ केजीसम्म सुन विदेश लैजान पाइन्छ । पहिला यो परिमाण १० केजी थियो ।

‘कस्टम डिक्लेयर गरेर अहिले १५ केजीसम्म सुन बाहिर लैजान पाइन्छ । सुन लैजाने व्यक्तिले किनेको बिल, भन्सार तिरेको रसिद र आफ्नो आम्दानीको स्रोत खुलाउनुपर्छ,’ उनले थपे, ‘दुबईमा ठूलै व्यवसाय नहुनेका लागि यो असम्भव प्रायः कुरा हो ।’

हङकङबाट आएको ६० किलो सुन

अझ वैदेशिक रोजगारीमा गएका नेपालीले त ठूलो परिमाणमा सुन कुनै पनि हालतमा नेपाल ल्याउन नसक्ने उनले खुलाए ।

दुबईबाट पछिल्लो समय नेपाल भित्रिरहेको सुन अवैध बाटोबाटै त्यहाँको विमानस्थल पास भएको उनको बुझाइ छ । सुरक्षा अधिकारीहरू पनि उनको भनाइसँग सहमत छन् ।

भन्सार प्रक्रिया पूरा गरेर ल्याउँदा महंगो पर्न जाने भएकाले त्यहाँ पनि सेटिङबाटै सुन बाहिरिने गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतको दाबी छ ।

विभिन्न तरिकाले विमानसम्म पुर्‍याइएको सुनलाई शौचालयमा पुगेर ज्याकेट वा अन्य स्थानमा राखेर नेपालको विमानस्थलमा ओर्लिने गरेको पाइएको उनी बताउँछन् ।

‘केमिकल प्रयोग गरेर प्रविधिलाई झुक्याउँछन् तस्कर’

६० केजी सुनको अनुसन्धान गर्न हङकङ पुगेका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यले त्यहाँको विमानस्थलबाट सजिलै सुन पास हुने अवस्था नदेखेको बताए ।

नेपालभन्दा प्रभावकारी सुरक्षा उपकरण रहेका विमानस्थलबाट सुन पास हुन त्यति सहज नरहेको उनको बुझाइ छ ।

‘अत्यधुनिक उपकरण भएको विमानस्थलबाट सजिलै सुन ल्याउन पाउने भन्ने हुँदैन । तस्करहरूले विभिन्न विधि प्रयोग गरेर प्रविधिलाई समेत झुक्याउँछन्,’ एसएसपी आचार्यले लोकान्तरसँग भने, ‘पछिल्लो समय लिकुइड फर्ममा समेत सुन ल्याउने गरेको पाइन्छ, त्यस्तो सुन त्यहाँको प्रविधिले समेत पत्ता नलगाउने देखियो ।’

तस्करहरूले ढिक्का सुन किनेर केमिकलको सहयोगमा तरल बनाई ‘मेटल डिटेक्टर’ तथा ‘एक्सरे’ मशिनलाई छल्ने गरेको उनको भनाइ छ । यसरी ल्याइएको सुन सुराकीको सहयोगविना पत्ता लगाउनै नसकिने आचार्यले बताए ।

‘केमिकल प्रयोग गरेर ल्याएको लिकुइड सुन त सुराकीको सहयोगमा मात्र बरामद गर्ने हो । मेटल डिटेक्टर र एक्सरे मशिनले समेत पत्ता लगाउन नसक्ने सुन अन्य प्रविधि प्रयोग गरेर पत्ता लाग्दैन,’ एसएसपी आचार्यले लोकान्तरसँग भने । 

तस्करहरूको मुख्य ध्यान नै कसरी विमानस्थल पास गराउने भन्नेमा हुने भएकाले फरक–फरक तरिका अपनाउने गरेको पाइएको उनले बताए ।

एसएसपी आचार्य विदेशका विमानस्थलहरूबाट सुन कसरी पास हुन्छ भन्ने विषयमा औपचारिक अनुसन्धान नभएको बताउँछन् । त्यससम्बन्धी कुनै सन्धि–सम्झौता नरहेकाले अनुसन्धानमा जटिलता भएको उनको तर्क छ ।

‘सरकारी ट्रिटीहरू नभएकाले हुनसक्छ, कुनै पनि औपचारिक च्यानलबाट अनुसन्धानका लागि लबिङ समेत भएको देखिँदैन,’ एसएसपी आचार्यले लोकान्तरसँग भने ।

विदेशको पाटो हामीले हेर्दैनौं र अहिलेसम्म हेरिएको पनि छैनः भन्सार विभाग

यता, भन्सार विभागले भने विदेशबाट कसरी सुन आउँछ भन्ने विषयमा अनुसन्धान नगरिएको बताएको छ । भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काले विदेशबाट कसरी सुन आउँछ भन्ने विषय आफूहरूको क्षेत्राधिकार नभएको बताए ।

‘हामीले आन्तरिकरूपमा कहाँ कमजोरी भएको छ भन्ने विषय मात्रै हेर्ने हो, विदेशको मामिला हेर्ने गरेका छैनौं । त्यो विषय हाम्रो टेरेटोरी पनि पर्दैन,’ प्रवक्ता खड्काले लोकान्तरसँग भने । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो एक साताको बीचमा मात्र साढे २० किलो सुन बरामद भइसकेको छ । यसबीचमा काठमाडौं छिर्ने स्थल नाका नागढुंगाबाट समेत २ केजी सुन बरामद भएको छ ।

नेपालमा पछिल्लो समय संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईबाट सुन आइरहेको छ ।

ज्याकेटमा राखेर ल्याएको अवस्थामा १४ किलो सुनसहित गोरखाका ४५ वर्षीय चन्द्र घले बिहीबार पक्राउ परेका थिए । एक्सरेमा जाँच गरेर उनले कपडाभित्र लुकाएको सुन निकालिएको थियो ।

१४ किलो सुनसहित पक्राउ परेका घले

शनिवार राति भन्सार पास भएर आएको साढे ६ किलो सुनसहित ३ जना विदेशी नागरिक पक्राउ परेका छन् । 

फ्लाई दुबईको विमानबाट आएका इजिप्सियन नागरिक मोहम्मद सलेह भन्सार पास भइसकेको अवस्थामा ६ केजी ५९० ग्राम सुनसहित पक्राउ परेका थिए । धूलो बनाइएको सुन सलेहले ज्याकेटको खल्तीमा राखेर ल्याएका थिए । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख (डीआईजी) अर्जुन चन्दका अनुसार भन्सार पास भइसकेपछि उनलाई पक्राउ गरिएको थियो ।

उनीसँगै प्रहरीले सुडानी नागरिकहरू ३० वर्षीय मोहम्मद ओमेर उस्मान र २८ वर्षीय ओस्मान अलाबेद मोहम्मद इब्राइमलाई पक्राउ गरेको थियो ।

साउन २ गते त्रिभुवन विमानस्थलको भन्सार पास भएर आएको ६०.७१६ केजी सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । उक्त सुन हङकङबाट आएको थियो ।

पछिल्लो समय बरामद भएका सुनहरू भने प्रायः दुबईबाट ल्याएको पाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x