×

NIC ASIA

लमजुङमा रोकिएन महिला र बालबालिका हराउने क्रम : गत साउनदेखि ४४ जना बेपत्ता

लमजुङ | मंसिर २९, २०८०

Prabhu Bank
NTC
फाइल फोटो
Premier Steels

लमजुङमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराउने क्रम भने बढ्दै गएको छ । चालू आर्थिक वर्षको साउनदेखि हालसम्म ४४ महिला, बालबालिका र पुरुष बेपत्ता भएका छन् ।

Muktinath Bank

हराउनेमा २१ महिला, एक बालक, सात बालिका, चार ज्येष्ठ नागरिक र ११ पुरुष रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईँले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार हराएकामध्ये १७ महिला, एक बालक, छ बालिका, तीन ज्येष्ठ नागरिक र तीन पुरुष फेला परेका छन् । अझै चार महिला, एक बालिका, एक ज्येष्ठ नागरिक, आठ पुरुष भेटिएका छैनन् । हराएका व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

आर्थिक वर्ष २०७९/८० मा महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पुरुष गरी ९८ जना हराएका थिए । हराउनेमा महिला ४८, पुरुष २४ बालक नौ, बालिका २१, ज्येष्ठ नागरिक पाँच जना हराएको प्रहरीले  जनाएको छ ।​​

Vianet communication

हराउनेमध्ये ४१ महिला, १८ पुरुष, नौ बालक, २१ बालिका र  चार ज्येष्ठ नागरिक र फेला परेका थिए भने  सात महिला, एक ज्येष्ठ नागरिक र छ पुरुषको खोजी भइरहेको जनाइएको थियो ।

आर्थिक वर्ष २०७८/७९ मा महिला, बालबालिका, ज्येष्ठ नागरिक र पुरुष गरी एक सय २१ जना हराएका थिए  । हराउनेमा ६२ महिला, पाँच बालक, २७ बालिका, एक ज्येष्ठ नागरिक र २६ पुरुष थिए । 

हराएकामध्ये ५५ महिला, पाँच बालक, २७ बालिका, एक ज्येष्ठ नागरिक र २१ पुरुष फेला परेका थिए भने  सात महिला, एक बालिका, पाँच पुरुषको खोजी भइरहेको जनाइएको थियो ।

आर्थिक वर्ष २०७७/७८ को साउनदेखि असारसम्ममा ९७ महिला, बालबालिका, पुरुष र ज्येष्ठ नागरिक हराएका थिए । हराएकामध्ये १४ महिला, दुई बालिका, एक ज्येष्ठ नागरिक र दुई पुरुष बेपत्ता थिए

यसरी महिला तथा बालबालिका हराउनुमा वैदेशिक रोजगार, अन्तरजातीय प्रेम, सामाजिक सञ्जालको दुरुपयोग, गलत साथीको सङ्गत, घर झगडा, प्रेममा धोकालगायत कारणले महिला तथा बालबालिका हराउने गरेको पाइएको छ ।

प्रहरीले खोजीका लागि  अग्रसरता देखाउँदै आए पनि यी हराएकामध्ये फेला परेका भने अधिकांश आफन्तको सम्पर्कमा आएको देखिन्छ ।

जिल्लामा प्रहरी तथा सम्बन्धित निकायले विभिन्न सचेतनामूलक कार्यक्रम गरे पनि त्यसको प्रभावकारिता न्यून देखिएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x