×

NMB BANK
NIC ASIA

भ्रष्टाचार विरुद्धको लडाइमा चुनौती छन्, तर सफलता मिल्दै गएको छ: प्रमुख आयुक्त राई

काठमाडाैं | मंसिर २९, २०८०

NTC
फाइल फोटो
Premier Steels

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारविरुद्धको लडाइमा धेरै संरचनात्मक चुनौतीहरूको सामना गर्नुपरेको बताएका छन् ।

Muktinath Bank

अमेरिकाको एटलान्टा शहरमा आयोजित भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धि पक्ष राष्ट्रहरूको दशौं सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख आयुक्त राईले भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा सुधार भए पनि नेपालले धेरै चुनौतीको सामना गर्नुपरेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यही मंसिर २५ देखि २९ गते सम्म चलेको भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको सम्मेलनमा राई नेपालको प्रतिनिधि मण्डल प्रमुखको हैसियतमा सहभागी भएका थिए । 


Advertisment
Nabil box
Kumari

विभिन्न संरचनामा भ्रष्टाचार गहिरोसँग गाडिएको भन्दै नियन्त्रणका लागि अन्तर्निहित कारकहरूलाई सम्बोधन गर्न आवश्यक रहेको उनको भनाइ छ । 

Vianet communication

​अधिक चुनौतीबीच संवैधानिक दायित्व र कार्यादेश कार्यान्वयन गर्न आयोग प्रतिबद्ध रहेको उनले बताए ।

सम्बोधनका क्रममा उनले नेपाल भ्रष्टाचार नियन्त्रणको लागि दृढ संङ्कल्पित रहेको बताए । भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंङ्घीय महासन्धिका प्रावधानहरू कार्यान्वयन गर्न नेपालले महत्त्वपूर्ण विधायिकी र संस्थागत कदमहरू चालेको उनले बताए । 

‘नेपाल भ्रष्टाचार नियन्त्रणको लागि दृढसंङ्कल्पित छ । र, यसविरुद्ध शून्य सहनशिलताको नीति अवलम्बन गर्दै नियन्त्रणको लागि प्रवर्द्धनात्मक एवं दण्डात्मक उपायहरू अवलम्बन गरेको छ,’ उनले भने । 

महासन्धिका प्रावधानहरू कार्यान्वयनका लागि राष्ट्रिय रणनीति तथा कार्ययोजना तयार गरिएको राईले सम्मेलनमा जानकारी गराए ।

आयोगको प्रयासले भ्रष्टाचार नियन्त्रणमा उल्लेखनीय प्रगति गरेको समेत उनले बताए ।

भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंङ्घीय महासन्धिको प्रभावकारी कार्यान्वयनको लागि कानून कार्यान्वयन र न्यायिक सहयोगलाई बलियो बनाउन राज्यहरूबीच आपसी सहयोग संयन्त्र स्थापना गर्न प्रयासरत रहेको कुरासमेत उनले  बताए ।

‘भ्रष्टाचारविरुद्ध संयुक्त राष्ट्रसंङ्घीय महासन्धिको कार्यान्वयन गर्न र यसका उद्देश्यहरू प्राप्त गर्न नेपालले आगामी दिनमा समेत पक्ष राष्ट्रहरूसँगको सहयोगी प्रयासहरूको उत्सुकतापूर्वक अपेक्षा गर्दछ’, राईले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x