×

NMB BANK
NIC ASIA

एसपी बन्न रस्साकस्सी

एसपी बढुवाको सकस : ७ पदका लागि १२ डीएसपीको दौडधूप

काठमाडाैं | पुस १, २०८०

NTC
Premier Steels

​नेपालमा प्रहरीमा रिक्त ७ प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि १२ जनाको रस्साकस्सी चलेको छ । 

Muktinath Bank

मंसिर ५ गते एसपीबाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा ५ जना बढुवा भएपछि प्रहरीमा ७ एसपीको दरबन्दी रिक्त भएको छ । एसपीहरू वसन्त रजौरे, रविकुमार पौडेल, नविनराज राई, वीरबहादुर ओली र चन्द्रदेव राई एसएसपीमा बढुवा भएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि २ जनाको दरबन्दी खालि थियो । अहिले रिक्त दरबन्दीको संख्या ७ पुगे पनि प्राविधिकतर्फको २ वटा दरबन्दी समेत समायोजन गरेर ९ जना बढुवा गर्ने तयारीमा प्रहरी प्रधान कार्यालय छ ।


Advertisment
Nabil box
Kumari

प्राविधिक र एमटी (सवारी व्यवस्थापन) शाखामा रिक्त भएको दरबन्दीलाई समेत जनपदतर्फ ल्याएर ९ जना बढुवा गर्ने प्रयास भइरहेको छ ।

Vianet communication

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार प्राविधिकतर्फको २ दरबन्दी जनपदतर्फ ल्याउन सहमतिका लागि गृह मन्त्रालयमा प्रस्ताव पठाइएको छ । गृहले सहमति दिएलगत्तै बढुवा गर्ने तयारी रहेको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो । 

अघिल्लो बढुवामा छुटेको टोलीलाई यसपालि समेट्नका लागि दरबन्दी मिलान गर्न लागिएको हो । अघिल्लो वर्ष अर्थात्, २०७९ भदौ १२ गते डीएसपीबाट एसपीमा ३० जनालाई बढुवा गरिएको थियो ।

त्यसमा २०६१ सालमा इन्स्पेक्टरमा भर्ना भएको टोलीबाट केही छुटेका थिए । कारबाही र विभिन्न कारणले अन्य केही डीएसपीहरू समेत छुटे । यसपालि तिनीहरूलाई समेटेर प्रहरी प्रधान कार्यालयले कार्यक्षमताका आधारमा बढुवा गर्ने तयारी गरेको हो । 

‘०६१ को टोली डीएसपीमा बढुवा हुँदा पनि ३ चरणमा बढुवा भएका थिए । त्यसमध्येमा पहिलो चरणमा डीएसपी भएका सबै बढुवा भए, दोस्रो चरणमा बढुवा भएकामध्ये अझै केही बाँकी छन्, उनीहरूलाई समेट्ने गरी बढुवाको तयारी छ,’ प्रहरी प्रधान कार्यालयका एक अधिकृतले भने ।

अहिले ७ वटा दरबन्दी (थप नभएको खण्डमा)का लागि १२ जनाको दौडधुप छ ।

पहिलो नम्बरमा डीएसपी प्रदीपबहादुर क्षेत्री छन् । त्यसपछि क्रमशः अंगुर जीसी, ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रञ्जितकार, निरञ्जन दत्त भट्ट, राजन लिम्बू, सन्तोष तामाङ, एकनारायण कोइराला, अनन्त शर्मा र विनोद घिमिरे दौडमा देखिएका छन् । 

यीमध्येमा दरबन्दी मिलान भएको खण्डमा ९ जना नभएको खण्डमा ७ जना बढुवा हुनेछन् । त्यसमध्ये सिनियारिटीका आधारमा ७ जना बढुवा भएमा निरञ्जन भट्टसम्म बढुवा हुने देखिन्छ । ९ जना बढुवा भएको खण्डमा सन्तोष तामाङसम्म बढुवा हुने देखिएको छ ।

तर, अहिले सिनियारिटी भन्दा कार्यक्षमतालाई आधार मान्ने तयारी रहेकाले यसमध्ये केही छुट्ने र पछाडिबाट केही आउने सम्भावना पनि रहेको स्रोतले दाबी गर्‍यो ।

प्रहरी महानिरीक्षक (आईजीपी) भएपछि सिनियारिटीका आधारमा बढुवा गरेर विवादमा नआएका वसन्तबहादुर कुवँर भने यसपालि पनि त्यही मुडमा देखिएका छन् ।

तर, राजनीतिक दवाव र कार्यक्षमताका आधारमा बढुवा हुनुपर्छ भन्ने प्रहरीभित्रकै आवाजले गर्दा सिनियारिटीका आधारमा बढुवा नहुने देखिन्छ । 

अहिलेसम्मको अवस्था हेर्दा डीएसपी प्रदीपबहादुर क्षेत्री र अंगुर जीसीबाहेक अन्य कोही पनि बढुवा हुनेमा ढुक्क देखिँदैनन् । अघिल्लोपटकको बढुवामा अटाउनुपर्ने प्रहरी अधिकृत भएकाले क्षेत्री र जीसी भने ढुक्क देखिएका हुन् । 

त्यसबाहेक अन्यको कार्यक्षमता र बढुवा समितिले दिएको अंकका आधारमा प्रतिस्पर्धा हुने प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाका एक अधिकारीले बताए ।

‘माथिका दुईजना सबै कुराले अगाडि छन् भने अन्यलाई समितिले दिने अंकले फरक पार्छजस्तो देखिन्छ,’ ती अधिकारीले लोकान्तरँग भने । 

यसपालि बढुवाका लागि अलि बढी दौडधूप सन्तोष तमाङले गरेका छन् ।

उनले राजनीतिक दलका नेतादेखि एआईजीसम्मबाट बढुवाका लागि आईजीपी कुवँरलाई दबाब दिएका छन् । उनी मात्र होइन, अन्यले पनि आफू निकटका राजनीतिक दलबाट दबाब दिइराखेका छन् । 

चौतर्फी दबाबका कारण बढुवामा सकस देखिएको छ ।

‘माथिबाट सिरियल्ली बढुवा हुने भए त केही समस्या थिएन, अहिलेसम्म भइसक्थ्यो तर कार्यक्षमताका आधारमा बढुवा हुनुपर्छ भन्ने आवाज उठेकाले रोकिएको हो,’ एक उच्च प्रहरी अधिकृतले लोकान्तरसँग भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x