×

NMB BANK
NIC ASIA

प्रहरी भन्नेबित्तिकै आममानिसको दिमागमा आउने दृश्य हो, ‘निलो बर्दी, चिटिक्क परेको शरीर’ । शारीरिक तन्दुरुस्ती पेशागत प्रकृति नै हो ।

Muktinath Bank

तर, अहिले त्यो परिभाषा फेरिएको छ । प्रहरीका हाकिमहरू ठूलो भुँडी भएको, ३/४ जना जवान अगाडि–पछाडि लगाएको  अवस्थामा देखिन्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरीमा मोटोपना एउटा समस्याको रूपमा रहेको छ । प्रहरी प्रधान कार्यालयले मातहतका कर्मचारीको शारीरिक तन्दुरुस्तीका विषयमा अनुगमन गरिरहन्छ, तर त्यहाँ नै बढी तौल भएका प्रहरी अधिकारीहरू छन् । 


Advertisment
Nabil box
Kumari

विशेष गरेर वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)देखि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)सम्म ‘ओभर वेट’को समस्या छ । त्यसमा पनि प्रहरी प्रधान कार्यालय, काठमाडौं उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालयमा मोटोपनाको समस्या धेरै देखिन्छ ।

Vianet communication

प्रहरी मानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुवँर हरेक प्रहरी कार्यालयका हाकिमलाई आफू मातहतका कर्मचारीलाई तन्दुरुस्त राख्न र आवश्यक व्यायाम गराउन निर्देशन दिइएको बताउँछन् ।

‘हामीले प्रहरीका सबै युनिटका प्रमुखलाई आफ्ना कर्मचारीलाई तन्दुरुस्त राख्न निर्देशन दिएका छौं र प्रहरी प्रधान कार्यालयमा पनि त्यसका लागि बेलाबेलामा निरीक्षण तथा अनुगमन भइरहन्छ,’ आईजीपी कुँवरले भने । 

तर, प्रहरीमा मोटोपना नियन्त्रण गर्ने स्पष्ट कानूनी व्यवस्था भने छैन । आईजीपी कुवँरले प्रहरीमा डीजीआईएम (लम्बाइअनुसारको मोटोपन) सिस्टम लागू गर्न खोजे पनि त्यो प्रयास सफल हुन सकेको छैन ।

‘प्रहरीमा डीजीआईएम लागू गर्न खोज्दा व्यावहारिक कठिनाइ देखियो,’ आईजीपी कुँवरले भने ।

आईजीपी कुवँर आफू भने दैनिक २४ किलोमिटरसम्म दौडिने गरेका छन् । प्रहरी सेवामा प्रवेश गरेसँगै दैनिक दौडिरहेका उनी आईजीपी हुँदा समेत दौडिन छाडेका छैनन् । 

‘म दैनिक दौडिने गरेको छु । अहिले जाडोको समय भएकाले अलि बाहिर कुदेको छैन, तर भित्र व्यायाम गरेको छु,’ आईजीपी कुँवरले भने । 

तौल बढी भएकालाई शान्ति सेना मिसनलगायतका विभिन्न अवसरबाट वञ्चित गर्ने गरिएको छ । काठमाडौंमा मात्रै होइन, उपत्यकाबाहिरका जिल्लामा पनि प्रहरी हवल्दारदेखि माथिका हाकिमहरू शरीर भद्दा देखिन्छ । त्यस्ता प्रहरी कर्मचारीहरू झडप हुँदा दगुर्न सक्दैनन्, थोरै दगुर्दा पनि स्वाँ–स्वाँ गर्ने समस्या छ ।’

तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्यालले भुँडी घटाउने अभियान ल्याएका थिए । त्यसपछि प्रहरीका अधिकांश हामिकहरू भुँडी घटाउने अभियानमा लागेका थिए ।

प्रहरी प्रधान कार्यालयका अनुसार त्यो बेलामा औपचारिकरूपमा नभएर अनौपचारिकरूपमा अभियान चलाइएको थियो ।​

शारीरिक तन्दुरुस्तीको विषय नियमावलीमै राख्नुपर्छः पूर्व आईजीपी, धिरज सिंह

फौजी संगठनमा रहने कर्मचारी आफ्नो तौलको विषयमा सचेत रहनुपर्ने पूर्व आईजीपी धिरजप्रताप सिंह बताउँछन् ।

एसएसपीदेखि माथि सुपरभाइजरी काम हुने भएकाले त्यसमा ध्यान नदिने गरिएको उनले बताए ।

‘एसएसपीदेखि माथि समस्या धेरै छ । सुपरभाइजरी काम हुने भएकाले फिल्डमा जाँदैनन् । आफूले व्यायाम नगर्ने भएकाले समस्या देखिएको हो,’ पूर्वआईजीपी सिंहले लोकान्तरसँग भने ।

खानपिनले गर्दा पनि प्रहरीमा मोटोपनाको समस्या देखिएको उनको भनाइ छ ।

‘प्रहरीका हामिकहरूले अलि बढी खानपिनमा ख्याल नगरेको देखिन्छ,’ उनले भने । नेपाली सेनाजस्तै उमेरअनुसार आफ्नो तौल र तन्दुरुस्तीका लागि प्रहरी नियमावलीमै व्यवस्था गर्नुपर्ने उनले बताए । 

‘यो एआईजीले डीआईजीलाई, डीआईजीले एसएसपीलाई भनेर सम्भव हुँदैन, प्रहरी नियमावलीमै व्यवस्था गरे सबैलाई बाध्यकारी हुन्थ्यो । त्यसैले नियमावलीमै राख्नुपर्छ,’ पूर्व आईजीपी सिंहले भने । व्यक्तिगत विषय भएकाले पनि हाकिमहरूले तल्लो तहका कर्मचारीलाई भनिरहँदा नटेर्ने समस्या देखिन सक्ने उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x