मंसिर १४, २०८०
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
मध्यविन्दु–नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा गत आर्थिक वर्षमा १३ जना नयाँ एचआईभी सङ्क्रमित थपिएका छन् ।
जिल्लामा गत आवमा मात्रै १३ नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालय नवलपुरका स्रोत व्यक्ति डिल्लीराम तिवारीले बताए । साथै जिल्लामा एक वर्षमा पाँच सङ्क्रमितको मृत्यु भएको छ । जिल्लामा हाल नयाँ र पुराना गरी एक सय २० एचआइभी सङ्क्रमित रहेको तिवारीले जानकारी दिए ।
‘नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा आव २०७७-७८ मा ८२, २०७८-७९ मा एक सय सात जना र २०७९-८० मा एक सय २० जनामा एचआईभीको सङ्क्रमण भेटिएको छ,’ उनले भने । गत आवमा भेटिएका एक सय २० जना एचआईभी सङ्क्रमितमध्ये दुई जना पाँचदेखि १४ वर्षसम्मका बालबालिका रहेका छन् ।
‘सङ्क्रमितमध्ये ५१ पुरुष र ४८ महिलासहित ९९ जनाले निरन्तर औषधि खाइरनुभएको छ,’ उनले भने, ‘पाँच पुरुष र चार महिलाण्सहित नौजना यस जिल्लाबाट आफ्नै जिल्ला गइसकेका र पाँच पुरुषले औषधि सेवन गर्न छाडेका छन् ।’
सन् २०३० सम्म एचआईभीको सङ्क्रमणलाई अन्त्य गर्ने सरकारको नीति भए पनि नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा एचआइभी सङ्क्रमितको सङ्ख्या भने बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईँले बताए ।
‘स्वास्थ्य कार्यालयमार्फत पालिकाहरूले पनि नीतिगत योजना बनाएर एचआईभी सङ्क्रमितको स्वास्थ्योपचारदेखि जीविकोपार्जनलगायतका कार्यमा ध्यान दिनुपर्ने देखिन्छ,’ उनले भने, ‘लुकेर बसेका कैयौँ रोगी छन्, कैयौँ सङ्क्रमित छन् त्यस्तालाई हेला गर्नु हुँदैन भन्ने सचेतना जगाउनेदेखि उनीहरूको जीविकोपार्जनका विषयमा स्थानीय तहदेखि नै योजना बनाउन आवश्यक छ ।’
अझै पनि समाजमा एचआईभी सङ्क्रमित र तिनका परिवारलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको एचआईभीको क्षेत्रमा काम गर्दै आएको संस्था लुम्बिनी प्लसका अध्यक्ष निर्मला पौडेलले बताइन् ।
‘जिल्लामा सङ्क्रमित र प्रभावितका विभिन्न खालका समस्या रहेकाले सङ्क्रमितहरू सार्वजनिक हुन नचाहेकाले पनि समन्वय गर्न चुनौती रहेको देखिन्छ,’ उनले भनिन्, ‘एचआईभी सङ्क्रमित हुनु जीवनको अन्त्य होइन नयाँ जीवनको शुरुआत हो भन्ने चेतना समाजमा अझै पुग्न बाँकी देखिन्छ ।’
नियमित औषधि सेवन गर्न, रोग नलुकाउन र आफू सङ्क्रमित भए पनि अरू सङ्क्रमित नहुन् भन्ने जनचेतना ग्रामीण भेगसम्म पुर्याउन आवश्यक रहेको पौडेलले बताइन् । ‘सङ्क्रमित भएपछि जीवन सहजरूपमा चलाउन सकिन्छ, सङ्क्रमितले पनि उपचार अवसर र साथ पाएमा लामो समयसम्म बाँचेर समाज परिवर्तन गर्न सक्छन्,’ उनले भनिन् ।
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...