×

NMB BANK
NIC ASIA

उद्योगी राउतको अर्को कामः २ अर्ब ५० करोडको लगानीमा टंकीसिनुवारीमा अस्पताल बनाउने

विराटनगर | पुस ४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

उद्योगी राजेन्द्र राउतले २ अर्ब ५० करोडको लगानीमा मोरङको बूढीगंगा– १, टंकीसिनुवारीमा अस्पताल बनाउने भएका छन् ।  बुधवार आयोजित एक कार्यक्रममा उक्त अस्पतालको उद्घाटन गरियो । 

Muktinath Bank

अस्पतालको नाम आरआर इन्टरनेसनल अस्पताल राखिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजेन्द्रसँग अहिले पनि माइनिङ (खानी उद्योग)अन्तर्गत मारुती सिमेन्ट, अन्नपूर्ण सिमेन्ट तथा जुत्ताचप्पल उद्योग, तीनवटा पेट्रोल पम्म, टायरको व्यापारलगायतका उद्योगहरू छन् । ती उद्योगमा झण्डै ८०० करोडको लगानी रहेको राजेन्द्र बताउँछन् । ‘औद्योगिक क्षेत्रमा लगानी यकिन गरेर भन्न नसकिए पनि अनुमानित ७०० देखि ८०० रुपैयाँ करोड लगानी छ । उद्योगबाट ८०० भन्दा बढीले रोजगारी पाएका छन्,’ उनले भने ।  


Advertisment
Nabil box
Kumari

उद्योग वाणिज्य र निर्माण क्षेत्रमा चिनिएको शिवम् अर्गनाइजेसन उनै राउतको हो । सोही अर्गनाइजेसनले अस्पताल निर्माण गर्न लागेको हो । मानवीय भावनाले अस्पताल क्षेत्रमा प्रवेश गरेको उनले बताए । 

Vianet communication
Laxmi Bank

‘२०० शैय्या क्षमताको अस्पताल निर्माण गर्न लागिएको छ,’ राउतका जेठा छोरा तथा अस्पतालका निर्देशक प्रतीक राउतले भने, ‘हाल यसलाई १०० शैय्याको मल्टीस्पेसियालिटी हस्पिटल सञ्चालन गर्ने र क्रमशः ३०० शैय्यासम्म विस्तार गर्ने लक्ष्य लिएका छौं ।’ 

null

शुरू हुन लागेको अस्पतालले जटिल स्वास्थ्य सेवाका निम्ति विदेश र राजधानीका अस्पताल धाउनु पर्ने बाध्यतालाई कम गर्ने र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएको राउत परिवारको भनाइ छ । १८ कठ्ठा जग्गामा निर्माण हुन लागेको अस्पताललाई सेन्टर अफ एक्सलेन्सका रुपमा विकास गरी सुपर स्पेसियालिटी स्वास्थ्य सेवा दिने केन्द्र बनाउने प्रतीकले बताए । 

अस्पतालले मुटुरोगको उपचारलाई प्राथमिकता दिएको छ । चौबीसै घण्टा आकस्मिक सेवा, कार्डियो र क्याथ ल्याबजस्ता सेवा सुविधा उपलब्ध गराउने राउत परिवारले जनाएका छन् । ‘अस्पतालबाट जनरल मेडिसिन, न्युरो सर्जरी, जनरल सर्जरी, मिर्गौलारोग, मुत्ररोग, स्त्रीरोग तथा प्रसुति सेवा, आँखा रोग, नवजात शिशु तथा बालरोग, हाडजोर्नी तथा नशाको विशिष्टिकृत उपचार सेवा उपलब्ध गराउने राजेन्द्रले बताए । ‘स्वास्थ्य सेवामा रोगको पहिचान महत्वपूर्ण पाटो भएकाले डाइग्नोस्टिक डिपार्टमेन्टलाई अन्तराष्ट्रिय स्तरको बनाइनेछ,’ उनले भने । 

राउत परिवारले विराटनगरमा हाउजिंग कम्पनी, पाँचतारे होटल र स्वास्थ्य सेवासँगै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले मेडिकल, पारामेडिकल, नर्सिङ कलेजसम्बन्धी समेत सेवा स्थापना गर्दै लाने योजना बनाएका छन् । 

राजेन्द्रले उद्योग सञ्चालनका लागि व्यवस्थापन नै महत्वपूर्ण कुरा भएको बताए ।  उनले स्थापना गरेको अस्पताल विराटनगर–इटहरी राजमार्गसँगै जोडिएको छ । विराटनगरमा २ वटा मेडिकल कलेजसहित १ दर्जनभन्दा बढी अस्पताल छन् ।

ती अस्पताल र मेडिकल कलेजसँग गुणस्तरमा प्रतिस्पर्धा गर्ने राजेन्द्रको भनाइ छ । ‘हामीले जहाँ अस्पताल बनाउन लागेका छौं, त्यही लाइनमा मात्रै ५ वटा अरु अस्पताल छन्,’ उनले भने ‘हामी गुणस्तरमा ध्यान दिन्छौं, प्रतिस्पर्धामा होइन ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x