कात्तिक २२, २०८०
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
पर्साको वीरगञ्जमा जारी दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनशिप टी–ट्वान्टी प्रतियोगितामा नेपाल आर्मी क्लब र नेपाल प्रहरी क्लबले जित हात पारेको छ ।
वीरगञ्जस्थित नारायणी रङ्गशालामा सञ्चालित सो प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा पुलिसले एपिएफ क्लबलाई ८९ रनले स्तब्ध पारेको छभने दोस्रो खेलमा नेपाल आर्मी क्लबले पर्सा ११ लाई ६६ रनले पराजित गरेको हो ।
टस जितेर एपिएफले पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रेको पुलिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ४० रनको योगफल जोडेको थियो ।
पुलिसका लागि दिलीप नाथले ५१ रनको अर्धशतकीय पारी खेल्नुभयो भने सुनिल धमला ३५ रन र शङ्कर राणाले २२ रनको योगदान दिए । एपिएफका अविनाश बोहराले ३, रमेश कुर्मीले २ तथा कुमार खत्रीले १ विकेट हात पारे । एक सय ४१ रनको विजयी लक्ष्य लिई मैदानमा उत्रेको एपिएफ क्लबले १३ दशमलव २ ओभरमा सम्पूर्ण विकेट गुमाएर ५१ रनमात्र जोड्न सक्यो ।
पुलिसका कप्तान प्रदीप एैरीले २२ रन जोड्नुबाहेक कुनै पनि खेलाडीले दोहोरो अङ्कको योगफल जोड्न नसकेपछि पुलिससँग एपिएफ स्तब्ध भएको हो । एपिएफलाई सस्तैमा समेट्न पुलिसका शेर मल्लले २ दशमलव २ ओभर बलिङ गर्दै ३ रन खर्चिएर महत्त्वपूर्ण ५ विकेट लिनुभयो भने ललित राजवंशीले २ तथा सागर ढकाल र आरिफ शेखले समान १/१ विकेट लिए । प्रतियोगिताको ‘म्यान अफ द म्याच’ पुलिसका शेर मल्ल घोषित भए ।
यस्तै आजै भएको दोस्रो खेलमा आर्मीले पर्सा ११ लाई ६६ रन अन्तरले पराजित गरेको छ । टस जितेर पर्सा ११ ले पहिले फिल्डिङ राजेपछि ब्याटिङमा उत्रेको आर्मीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ५९ रनको योगफल जोडेको थियो ।
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ । साहसिक खेल ‘रक क्...
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो । जितसँगै केकेआर अंक तालिका...
इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...