×

NMB BANK
NIC ASIA

फिल्म ‘अगस्त्य’ फागुनमा प्रदर्शन हुने, फस्टलुक पोस्टर रिलिज

काठमाडाैं | पुस १६, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

फिल्म ‘अगस्त्यः च्याप्टर वान’ फागुनमा प्रदर्शनमा आउने भएको छ । सोमवार फस्टलुकका रुपमा अभिनेता सौगात मल्लका दुई क्यारेक्टर पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो । फिल्म फागुनको १८ गतेबाट नेपालसँगै विश्वभर एकसाथ प्रदर्शनमा ल्याउने घोषणा गरिएको छ । 

Muktinath Bank

सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको फस्टलुकमा अभिनेता मल्ललाई ‘सौर्य’ पात्रको रुपमा चित्रित गरिएको छ । एउटा पोस्टरमा सौगातको कसिलो शरीर देख्न सकिन्छ । जहाँ, उनी एक्सन अवतारमा छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्कोमा भने उनी गोरखपुरको रेलवे अगाडि हिँडिरहेको कुनै सडकछाप पात्रजस्तो देखिएका छन् । 


Advertisment
Nabil box
Kumari

यी दुवै लुक्सले सौगात मल्लको भूमिका र उनको अभिनयलाई लिएर आम दर्शकमाझ कौतूहलता पैदा गर्ने विश्वास लिन सकिन्छ । निर्माणपक्षले दिएको जानकारी अनुसार, यो फिल्मका लागि सौगातले सुरुवातमा करिब २० केजी तौल घटाएका थिए । पछि, फेरि सौगातले १० केजी तौल बढाएका थिए । फिल्मका लागि मल्लले गरेको मिहिनेत पोष्टरमा देख्न सकिन्छ । 

Vianet communication
Laxmi Bank

यो फिल्ममा सौगातको साथमा नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा लगायतका कलाकारको पनि अभिनय छ । तर, निर्माणपक्षले फस्टलुकमा सौगातको मात्र दुई फरक गेटअप सार्वजनिक गरेको हो । फिल्ममा संजय लामाको छायांकन छ । यो फिल्मलाई डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार पारिएको हो ।

फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र बिनोद पौडेलको लगानी छ । फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् । 

फिल्मलाई नेपालभर डीसीएनले वितरण गर्नेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x