×

NMB BANK
NIC ASIA

अत्यावश्यक सुरक्षा सामग्रीकै अभाव

समस्यैसमस्यामा प्रहरी: १४ वर्ष पुरानो अश्रुग्यास, न सञ्चार सेट, न पर्याप्त गोली

काठमाडाैं | पुस १७, २०८०

NTC
Premier Steels

सोमबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले प्रहरीमा अत्यावश्यक सुरक्षा सामग्रीको अभाव रहेको बताए ।

Muktinath Bank

अत्यावश्यक सामग्री नहुँदा भीड नियन्त्रणका लागि मुस्किल पर्दै आएको उनको भनाइ थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सञ्चार सेट अभाव छ । 'डेट एक्सपायर' अश्रुग्यास चलायो भन्नुहुन्छ, तर अब हुने आन्दोलनलाई सम्बोधन गर्न साधन स्रोत छैन । अत्यावश्यक सुरक्षा सामग्रीहरू छैनन् । हामीले साधन स्रोत चाहियो भनेर पटक–पटक ध्यानाकर्षण गराएका छौं, तर माग पूरा भएको छैन,’ उनले भने ।


Advertisment
Nabil box
Kumari

ललितपुरको बालकुमारीमा शुक्रवार कोरियन भाषा परीक्षाको विषयलाई लिएर भएको आन्दोलनमा २ युवकको मृत्यु भएको सम्बन्धमा छलफल गर्न बसेको उक्त बैठकमा आईजीपी कुँवरले छिमेकी जिल्लाबाट सामग्रीहरू सापटी मागेर काम चलाउनुपरेको समेत बताएका थिए ।

Vianet communication

‘मान्यज्यूहरूलाई जानकारी गराऊँ, उपत्यकामा कुनै आन्दोलन र दंगा हुँदा उपत्यकाले नजिकैका जिल्लाबाट सुरक्षा सामग्री सापटी ल्याउनुपर्ने अवस्था छ । केही दिनअगाडि भएको आन्दोलनमा पनि बाहिरबाट सुरक्षा सामग्री ल्याएर काम चलाएका थियौं, अहिले पनि अवस्था उही हो,’ कुँवरले भनेका थिए ।

सञ्चार सेट ललितपुर र काठमाडौंमा फरक–फरक हुँदा सम्पर्क गर्न नै समस्या रहेको उनको भनाइ थियो । आईजीपी कुँवरको कुरा सुनिसकेपछि समितिले प्रहरीलाई अत्यावश्यक सुरक्षा सामग्री उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

आईजीपी कुँवरले बाहिरी जिल्लाबाट सापटी ल्याइएका सुरक्षा सामग्री अझै फिर्ता नगरिएको बताए । 

‘उपत्यकाको सुरक्षा अवस्थालाई हेरेर हामीले बाहिरबाट मागेर ल्याएका सुरक्षा गियर र भीड नियन्त्रणका सामग्री फिर्ता गरेका छैनौं । त्यहाँ आन्दोलन र दङ्गाको अवस्था आयो भने समस्या हुन्छ,’ आईजीपी कुँवरले लोकान्तरसँग भने ।

गएको चुनावमा समेत सञ्चार सेट लगायतका सामग्री खरिद नगरिएको उनले बताए ।

प्रहरीका अर्का एक उच्च अधिकारीका अनुसार अहिले पनि १४ वर्ष पुरानो अश्रुग्यास प्रयोग हुँदै आएको छ । सन् २०१७  अन्त्य मिति (एक्स्पायरी डेट) रहेका अश्रुग्यास प्रयोग गर्नु बाध्यता बनेको ती अधिकारीले बताए ।

सामान्य अवस्थामा डेट सकिएको ४ वर्षसम्म अश्रुग्यास प्रयोग हुने गरेको र अहिले त्यो समय पनि गुज्रिसकेको उनले बताए । अश्रुग्यास सेल सन् २०१० मा किनिएको थियो ।

त्यसका अलावा पनि प्रहरीलाई देशैभरी विभिन्न प्रकारका सुरक्षा सामग्री आवश्यक रहेको उनले बताए । 

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार प्रहरीलाई अहिले हातहतियार, गोलीगठ्ठा, भीड नियन्त्रणका सामान खरिद गर्न १ अर्ब १४ करोड १५ लाख बराबरको बजेट आवश्यक छ । 

प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा पठाएको माग पत्रअनुसार प्रहरीका तालिम केन्द्रहरूमा आधारभूत तालिम सञ्चालन गर्न र दैनिक सुरक्षा प्रयोजनका लागि १२ बोर शर्ट गन कार्टेज २ लाख राउन्ड, १२ बोर शर्ट गन रबर बुलेट ३ लाख राउन्ड, ३८ एमएम टियर ग्यास सेल २४ हजार राउन्ड र ९ एमएम एम्युनिटेसन १० लाख २० हजार राउन्ड आवश्यक रहेको उल्लेख छ ।

आर्थिक वर्ष २०७८/०७९ मा खरिद प्रक्रिया अगाडि बढेको तर रोकिएको १२  बोर शर्ट गन १ हजार १५० युनिट र ९ एमएम पेस्तोल १ हजार युनिट पनि प्रहरीलाई आवश्यकता भएको बताइएको छ । 

प्रहरीलाई शहरी क्षेत्रमा आवश्यक पर्ने सेट राइट कन्ट्रोल गियर ८ हजार ८ सय थान आवश्यक रहेको माग पत्रमा उल्लेख छ । प्रहरीमा अहिले पनि पुरानो एनालग सिस्टमको सञ्चार सेट छ । विश्व डिजिटल सिस्टममा गइसक्दा पनि एनालगमा नै भर पर्नुपरेको प्रहरी अधिकारीहरू बताउँछन् ।

प्रहरीलाई एनालगबाट डिजिटल सिस्टममा जानका लागि डिजिटल रेडियो ट्र्याकिङ सिस्टमा स्तरोन्नति गर्न र सर्भिलेन्स सिस्टमलाई आधुनिक बनाउनका लागि प्रहरीले आवश्यक बजेट माग गरेको छ, जसका लागि प्रहरीले १ अर्ब ४२ करोड ११ लाख रुपैयाँ बजेट माग गरेको गृह स्रोतले लोकान्तरलाई बतायो ।​

देशभरमा प्रहरीलाई ६ सय १५ गाडी अपुग

सुरक्षा दिनका लागि प्रहरीलाई आवश्यक पर्ने अर्को महत्त्वपूर्ण सामग्री सवारी साधन हो । प्रहरीका युनिटहरू थपिए पनि ती युनिटअनुसार सवारी साधन उपलब्ध नभएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता कुवेर कडायत बताउँछन् । ‘प्रहरीलाई सवारी साधन अभाव छ । प्रहरी युनिटहरू थपिएका छन्, त्यससँगै सवारी साधनहरूको पनि आवश्यकता पर्छ,’ प्रहरी नायब महानिरीक्षक (डीआईजी) कडायतले भने ।  

प्रहरीले गृहमन्त्रालयमा पठाएको माग पत्र अनुसार प्रहरीलाई देशभरमा ६ सय १६ वटा सवारी साधन आवश्यक छ । भएका सवारी साधन पनि पुराना भएकाले तिनीहरूलाई मर्मत खर्च नै धेरै आउँदा नयाँको आवश्यकता भएको प्रहरीको दाबी छ । गएको चुनावमा केही सवारी साधन उपलब्ध भएका थिए, तर ती पर्याप्त नभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीले गएको चुनावमा १ हजार ७ सवारी साधन चलाएकोमा अधिकांश भाडामा लिइएको कार्यालय स्रोतको दाबी छ ।

त्यसका अलावा प्रहरी कार्यालयहरू अहिले पनि भाडाका भवनमा चलिरहेका छन् । देशभरमा ५ सय ५० वटा भौतिक संरचना निर्माण आवश्यक भएको प्रहरीले जनाएको छ । त्यति मात्र होइन, सामान्य खाट १६ हजार थान र म्याट्रेस ६१ हजार थान आवश्यक रहेको प्रहरीले जनाएको छ । 

तालिम केन्द्रमा गोली अभाव हुँदा थोरैले काम चलाउँदै प्रहरी 

ललितपुरको बालकुमारीमा कुशल तालिम प्राप्त प्रहरी नभएकाले गोली चलाएको टिप्पणी सोमबार राज्य व्यवस्था तथा सुशासन समितिमा उठेको थियो । सांसदहरूले प्रहरीको योग्यतामै प्रश्न उठाउँदा आईजीपी कुँवरले तालिमका लागि आवश्यक सामग्री अभाव रहेकोतर्फ इंगित गरेका थिए ।

प्रहरी एकेडेमीमार्फत अहिले प्रहरी ७ प्रदेश र उपत्यकामा गरी ८ वटा तालिम केन्द्र सञ्चालनमा छन् । प्रत्येक वर्ष सयौंको संख्यामा प्रहरी भर्ना हुन्छन्, तर गोली नहुँदा उनीहरूले पर्याप्त तालिम गर्न नपाएको अर्का एक प्रहरी अधिकारी बताउँछन् ।

एक तालिम केन्द्रका समादेशक (प्रमुख)का अनुसार कमान्डो तालिम गर्नेले न्यूनतम् २५ राउन्ड गोली चलाउनु पर्छ, तर उसले अहिले ५ राउन्ड गोली चलाएर तालिम गरिरहेको छ । 

‘तालिममा प्रहरीले न्यूनतम् गोली प्रयोग गरेर हतियार चलाउन पाएको छैन । आवश्यक गोली उपलब्ध नहुँदा थोरै गोली चलाएर तालिम सकाउनुपर्ने बाध्यता छ,’ ती समादेशकले लोकान्तरसँग भने । 

अहिले तालिम केन्द्रमा भएका गोली र सामग्रीहरू सकिएर प्रहरी प्रधान कार्यालयले तोकेर पठाएको सामग्रीले मात्र काम चलाउनुपर्ने बाध्यता रहेको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x