×

NMB BANK
NIC ASIA

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) भन्नेबित्तिकै मानिसहरूको दिमागमा आउने तस्वीर हो, अनुसन्धानमा अब्बल र जटिल अपराधको अनुसन्धान गर्न सक्ने निकाय ।

Muktinath Bank

अझ आम मानिसहरूले नेपाल प्रहरीकै अंगभन्दा पनि अनुसन्धान गर्ने छुट्टै र बलियो निकायको रूपमा चिन्दछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर, पछिल्लो समय सीआईबीले आफ्नो त्यो साख बचाउन सकेको देखिँदैन । प्रहरीको विशिष्ट युनिटका रूपमा स्थापना भएको सीआईबीको साख गिर्दै गएको पछिल्ला घटनाक्रमहरूले देखाउँछन् । हाल सीआईबीको नेतृत्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले सम्हाल्दै आएकी छन् ।


Advertisment
Nabil box
Kumari

पछिल्लो समय सीआईबी चुकेका केही घटनालाई उदाहरणका रूपमा हेरौं :

Vianet communication

घटना १

सीआईबीले नक्कली डाक्टरविरुद्धको अपरेसन ‘फोक्सट्रोट चार्ली’अन्तर्गत साउन २५ गते महोत्तरीको पिपरा गाउँपालिका– ८ का रञ्जितकुमार यादवलाई पक्राउ गर्‍यो ।

सीआईबीले नक्कली डाक्टर भन्दै उनलाई पक्राउ गरेको थियो । तर, ३ दिनपछि उनी सक्कली डाक्टर भएको तथ्य खुल्यो । नाम मिलेको भरमा सक्कली डाक्टरलाई पक्राउ गरेको विषय निकै गम्भीर थियो ।

छुटेपछि रञ्जितले आफू नक्कली डाक्टर नभएको भन्दै प्रमाण देखाउन खोज्दा पनि प्रहरीले जबरजस्ती पक्राउ गरेको बताएका थिए । 

यस प्रकरणमा सीआईबी मेडिकल काउन्सिललाई दोष देखाउँदै उम्किएको थियो । तर, सामाजिक सञ्जालमा सीआईबीको कामको चर्को आलोचना भएको थियो ।

घटना २

असार २४ गते तत्कालीन सञ्चार सचिव कृष्णबहादुर राउतलाई काठमाडौंबाट जनकपुर उड्न लागेका बेला सीआईबीको टोलीले त्रिभुवन विमानस्थलबाटै पक्राउ गर्‍यो । ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न रहेको भन्दै उनलाई पक्राउ गरिएको थियो ।

२०६६/६७ मा बालुवाटारको सरकारी निवासमा पुग्ने बाटो विस्तारको योजना कार्यान्वयन गर्दा राउत यो प्रकरणमा जोडिएको सीआईबीले दाबी गरेको थियो । 

२०६६ चैत २९ र २०६७ वैशाख ३१ मा मन्त्रिपरिषद्ले बाटो विस्तारको योजना स्वीकृत गरेपछि कार्यान्वयन गर्दा अनुसूची फेरबदल गर्नमा राउतको भूमिका देखिएको आरोप सीआईबीले लगाएको थियो ।

त्यति बेला उनले भौतिक योजना मन्त्रालयमा शाखा अधिकृतको हैसियतमा शुरू टिप्पणी फाइल उठाएका थिए । अख्तियारले चार वर्षअघि प्रमाण नपुगेको भन्दै राउतविरुद्ध मुद्दा नचलाउने निर्णय समेत गरेको थियो । तर, सीआईबीले थप प्रमाणविनै उनलाई पक्राउ गरेको थियो । पछि सर्वोच्च अदालतले राउतलाई तत्काल छाड्न आदेश दियो ।

पक्राउ नै गरिएका व्यक्ति छाड्नु मात्र परेन सीआईबीले पर्याप्त प्रमाण जुटाएर उनीविरुद्ध अभियोजन दर्ता गराउन समेत सकेन  । यो प्रकरणमा पनि सीआईबीको कमजोरी उदाङ्गिएको छ ।

घटना ३

साउन २५ गते नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मालाई सीआईबले गोल्फुटारमा रहेको उनकै निवासबाट नियन्त्रणमा लियो । शर्मालाई लिखत कीर्तेमा पक्राउ गरिएको थियो । 

संविधानको धारा १०३ मा अधिवेशन चलेका बेला फौजदारी अभियोगबाहेक अन्यमा संघीय सांसदलाई पक्राउ गर्न नपाउने उल्लेख गरिएको छ । पक्राउ गर्नुअघि सभामुखलाई जानकारी हुनुपर्छ । तर, सीआईबीले त्यसलाई लत्याउँदै सांसद शर्मालाई पक्राउ गरेर मात्र जानकारी गराएको थियो ।

पक्राउ गरे पनि तत्कालै जानकारी गराउनु पर्ने कानूनी व्यवस्था छ, तर सीआईबीले ढिला जानकारी गराएको थियो । अर्को दिन जिल्ला अदालतले उनलाई हिरासत बाहिर राखेर अनुसन्धान गर्न भन्दै छाडेको थियो । 

सीआईबीले अहिलेसम्म पनि उनीमाथि अनुसन्धान गरेर मुद्दा बुझाएको छैन । पक्राउ गरेपछि समय अवधिभित्र अनुसन्धान गरेर अदालतमा बुझाउनुपर्ने व्यवस्था छ । तर, सीआईबीले त्यसपछि केही अनुसन्धान अगाडि बढाएको छैन । 

यति मात्र होइन, सीआईबीले पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको सम्बन्ध इलेक्ट्रोनिक चुरोट (भेप) प्रकरणमा मुछिएका चिनियाँ नागरिकसँग रहेको भन्दै अभियोग प्रतिवेदनमा चार्ट नै उल्लेख गरेको थियो । तर, त्यसलाई पुष्टि गर्न नसकेपछि उनलाई पक्राउ गर्न सकेको छैन । कृष्णबहादुरका छोरा राहुल महरा भने पक्राउ परेका छन् ।

२०७९ माघ २९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले शंकास्पद लागेपछि सुटकेशभित्र रहेको ७३० थान इलेक्ट्रोनिक चुरोट (भेप) बरामद गरेको थियो । पछि राखिएको स्थानबाटै भेप साटफेर भएपछि त्यसमा सुन रहेको तथ्य खुलेको थियो ।

सीआईबीको काम उत्साहजनक छैन–  धीरजप्रताप सिंह, निवर्तमान आईजीपी

विशिष्ट अनुसन्धान गर्ने केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को काम पछिल्लो एक वर्षमा उत्साहजनक नदेखिएको निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले बताएका छन् । 

‘सीआईबीको जिम्मेवारीको प्रकृतिका अनुसार जति काम हुनुपर्थ्यो, त्यति भएको देखिँदैन,’ निवर्तमान आईजीपी सिंहले लोकान्तरसँग भने, ‘सामान्य र सन्तोषजनक मात्रै भन्नु पर्छ ।’

सीआईबी अन्तरदेशीय, विशिष्ट र जटिल प्रकारको अनुसन्धान गर्ने निकाय भएकाले सामान्य विषयमा अल्झिन नहुने उनले बताए ।

छिमेकी राष्ट्रहरूसँगको समन्वयमा सीमा वारपारमा हुने अपराध अनुसन्धानमा समेत सीआईबीको ध्यान केन्द्रित हुनु आवश्यक रहेको उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x