×

NMB BANK
NIC ASIA

अपराधीले प्रमाण नछाड्दा समस्या

नसुल्झिएको हाई-प्रोफाइल केस: केशव झाको हत्याबारे ५ वर्षपछि फेरि शून्यबाट अनुसन्धान

काठमाडाैं | पुस २४, २०८०

NTC
Premier Steels

प्रहरीले पूर्वराजदूत केशव झा हत्या प्रकरणको अनुसन्धान फेरि शून्यबाट थाल्ने भएको छ ।

Muktinath Bank

पूर्वराजदूत झाको हत्या भएको ५ वर्ष बितिसक्दा पनि कुनै निष्कर्षमा पुग्न नसकेपछि फेरि शून्यबाट अनुसन्धान थाल्न लागिएको काठमाडौं प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्र खत्रीले लोकान्तरलाई जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामीले पूर्वराजदूत केशव झा मर्डर केसमा ‘जेरो’बाट अनुसन्धान गर्ने तयारी थालेका छौं,’ एसएपी खत्रीले लोकान्तरसँग भने, ‘मैले केही दिनअगाडि त्यो घरको अवस्था हेरेको थिएँ । ‘क्राइम सीन’ रिकन्स्ट्रक्सन गरेर हेर्दैछु ।’


Advertisment
Nabil box
Kumari

हत्या भएको समयमा झाकी श्रीमती, कुकुर र काम गर्ने व्यक्ति सानुकान्छा तामाङबाहेक अन्य कसैको आवातजावत भएको देखिएको छैन । उनीहरूका सम्बन्धमा पनि ठोस प्रमाण भेटिएको छैन ।

Vianet communication

प्रहरीले २०७६ मा सानुकान्छा तामाङलाई पक्राउ गरेको थियो । केशव झाकी पत्नीको जाहेरीमा तामाङलाई घरबाटै नियन्त्रणमा लिएर अनुसन्धान गरिएको थियो ।

तर, तामाङलाई दोषी करार गर्न मिल्ने प्रमाण प्रहरीले भेट्न सकेन ।

२०७५ भदौ ४ गते आफ्नै घरमा बसिरहेको अवस्थामा पूर्व राजदूत झाको हत्या भएको थियो । ८० वर्षीय झालाई बन्द कोठामा छुरी प्रहार गरेर हत्या गरिएको थियो ।

घटनालगत्तै प्रहरीले अनुसन्धानका लागि सुरक्षा गार्ड ४८ वर्षीय सानुकान्छा तामाङ, माली ५३ वर्षीय आइतेसिंह तामाङ र ५६ वर्षीय जयबहादुर गुरुङलाई नियन्त्रणमा लिएको थियो ।

हत्याकाण्डको अनुसन्धानमा प्रहरीको तालिमप्राप्त कुकुरसमेत प्रयोग गरिएको थियो ।

कुकुरले घरभित्रै हत्या भएकोतर्फ संकेत गरेपछि माली आइतेसिंह तामाङ र जयबहादुर गुरुङलाई नियन्त्रणमा लिएर पोलियोग्राफदेखि नार्को (औषधिले लठ्ठ पारेर प्रश्न सोध्ने विधि) बाट समेत अनुसन्धान गरिएको थियो । तर उनीहरूले ‘क्लिन चिट’ पाएका थिए ।

सेक्युरिटी गार्ड सानुकान्छा तामाङलाई ललितपुरको पाटन अस्पतालमा लगेर नार्को विधिबाट सोधपुछ गरिएको थियो । तर, अपराध पुष्टि हुने कुनै संकेत भेटिएन ।

परराष्ट्र सेवामा ३४ वर्ष व्यतीत गरेका झा २४ मार्च १९९३ देखि ३१ डिसेम्बर १९९७ सम्म फ्रान्सका लागि नेपाली राजदूत थिए । उमेरले ८० पुगिसकेको भए पनि पछिल्लो समय पनि उनी सामाजिक कार्यमा सक्रिय थिए ।

के भएको तत्कालीन समयमा ? 

झाको टाउको र गर्धनमा चक्कु प्रहार भएको घाउ देखिएकाले प्रहरीले उनको हत्या भएको निष्कर्ष निकालेको थियो । अपराध अनुसन्धानमा एउटा स्थापित मान्यता छ, अपराधी जतिसुकै शातिर (चलाख) भएपनि ‘क्राइम स्पट’मा केही न केही कमजोरी गरेकै हुन्छ । 

अपराधीको सोही कमजोरीमाथि टेकेर अनुसन्धान गर्ने गरिन्छ । तर, झा हत्या प्रकरणमा भने प्रहरीले ६ वर्ष बितिसक्दा पनि अपराधीको त्यस्तो कुनै ‘कमजोरी’ भेटाएको छैन, जसमाथि टेकेर अनुसन्धानलाई अगाडि बढाउन सकियोस् । 

प्रहरीले झा मृत फेला परेको कोठाबाट रगत लागेको चक्कु, केही पञ्जा, कपडाको टुक्रालगायत बरामद गरेको थियो । भेटाएका सामग्रीको फरेन्सिक परीक्षण पनि गरियो, तर न चक्कुमा कसैको हातको छाप भेटियो, न त पञ्जा र कपडाका टुक्राको परीक्षणबाट अपराधीबारे ‘क्लु’ फेला पार्न सक्यो । 

झा हत्याबारे तत्कालीन समयको महानगरीय अपराध महाशाखा (हाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय)को टोलीले अनुसन्धान गरेको थियो ।

तत्कालीन प्रहरी उपरीक्षक (एसपी) हाल एसएसपी सोमेन्द्र राठौरले नेतृत्व गरेको अनुसन्धान टोलीले यस प्रकरणमा ३० देखि ३५ जनासँग सोधपुछ गरेको थियो । तर उक्त सोधपुछबाट पनि कुनै ‘क्लु’ फेला परेन । सोही कारण अहिलेसम्म पनि झा हत्याको रहस्य सुल्झिन सकेको छैन ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x