×

NMB BANK
NIC ASIA

प्रधानमन्त्रीको फेरिँदो रणनीति

गगन थापा प्रधानमन्त्रीको अघोषित सल्लाहकार !

काठमाडाैं | माघ २, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् ।

Muktinath Bank

राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिइसकेपछि प्रधानमन्त्री प्रचण्डले महत्त्वपूर्ण विषयमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र कांग्रेस महामन्त्री गगन थापासँग सल्लाह सुझाव लिन थालेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वर्षमान आफ्नै पार्टीको नेता भएकाले भेटघाटलाई स्वाभाविक मानिए पनि कांग्रेस महामन्त्री थापालाई बोलाएर सुझाव लिनुलाई अर्थपूर्णरूपमा हेरिएको छ ।


Advertisment
Nabil box
Kumari

तेस्रो कार्यकालको पहिलो एक वर्ष सोचेअनुसार काम गर्न नसकिएको प्रधानमन्त्रीको बुझाइ देखिन्छ ।

Vianet communication
Laxmi Bank

त्यसैले सकेसम्म चुस्त टीम बनाउने र सरकारको प्रभावकारिताका लागि नियमित सल्लाह सुझाव लिने रणनीतिमा प्रचण्ड लागेका हुन् ।

अघिल्लोपटक प्रचण्ड प्रधानमन्त्री हुँदा गगन स्वास्थ्यमन्त्री थिए । गगन अहिलेसम्म मन्त्री बनेको प्रचण्ड क्याबिनेटमा मात्र हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले सत्ता गठबन्धन दलको प्रभावशाली महामन्त्री हुनुको नाताले प्रधानमन्त्रीले थापासँग विभिन्न विषयमा सल्लाह लिने गरेको बताए । 

‘यो माओवादीको मात्रै एकल बहुमतको सरकारका होइन, गठबन्धन दलको सरकार हो । त्यसैले यो गठबन्धन दलभित्रका पदाधिकारी नेतासँग प्रधानमन्त्रीले आवश्यक सल्लाह–सुझाव लिँदै आउनुभएको छ,’ आचार्यले लोकान्तरसँग भने, ‘गगन थापा कांग्रेसका महामन्त्री हुनुहुन्छ । पूर्वमन्त्री एवं सांसद पनि हो । त्यसैले व्यक्तिगतभन्दा पनि कुनै विषयमा संस्थागत सल्लाह लिने विषय स्वाभाविक नै हो । तर, बाहिर चर्चा भएजस्तो प्रस्ट जिम्मेवारी तोकिएको सल्लाहकार भने होइन ।’

गठबन्धन सहकर्मी हुनुको नाताले आवश्यक सहयोग लिइएको उनको भनाइ छ ।

चुस्त र छरितो टीम बनाउनकै लागि डेढ दर्जनभन्दा बढी सचिवालय सदस्य र कर्मचारी कटौती गरिएको पनि आचार्यले बताए ।

‘प्रधानमन्त्री सानो र चुस्त टीम बनाएर काम गर्ने मुडमा हुनुहुन्छ । मान सम्मान खोज्ने र अर्कोलाई जागिर लगाइदिने टीम उहाँले खोज्नुभएको होइन । केहीलाई बिदा गरेपछि अब अत्यावश्यक बाहेकको टीम नबनाउने मनस्थितिमा प्रधानमन्त्री हुनुहुन्छ’, उनले भने ।

थप रचनात्मक ढंगले काम गर्नकै लागि सुझाव लिने काम भइरहेको उनले बताए ।

‘सरकारलाई प्रभावकारी बनाउन सानो टीम बनाउने, पार्टीभित्र, बाहिर, प्रतिपक्षी, विज्ञ सबैसँग प्रधानमन्त्रीले सुझाव लिएर थप रचनात्मक बन्ने तयारी प्रधानमन्त्रीको छ,’ उनले भने, ‘यसको नतिजा पनि देखिन थालेको छ । यसअघिका महिनामा प्रधानमन्त्री एक सयवटा सार्वजनिक कार्यक्रममा जानुहुन्थ्यो । यसपटक १७/१८ वटा कार्यक्रममा सीमित भएको छ । अत्यावश्यक र पहिले नै तय भएका बाहेक कार्यक्रममा प्रधानमन्त्री जानुहुन्न ।’

राजनीतिक सल्लाहकारबाट हरिबोल गजुरेलले राजीनामा दिएपछि प्रधानमन्त्रीलाई माओवादीबाट वर्षमान पुनले अनौपचारिक रूपमा सल्लाहकारको भूमिका निभाएका छन् । वर्षमान मात्रै होइन, पूर्व मुख्यसचिव लीलामणि पौडेल, हरि शर्मा, शंकरदास वैरागीसँग पनि आवश्यक पर्दा सहयोग लिने गरेको आचार्य बताउँछन् । 

‘विद्वान र विज्ञलाई बोलाएर प्रधानमन्त्रीले सुझाव लिइरहनुभएको छ,’ आचार्यले भने, ‘परेको बेलामा प्रधानमन्त्रीलाई सबैको सहयोग मिलेको छ ।’ 

गगन थापा निकट स्रोतले पनि प्रधानमन्त्रीले नियमित सल्लाह सुझाव लिँदै आएको बतायो ।

‘अघिल्लोपटक प्रचण्ड प्रधानमन्त्री हुँदा सोही क्याबिनेटमा गगन थापा स्वास्थ्य मन्त्री हुनुहुन्थ्यो । पटक–पटक सांसद भएको र मन्त्री समेत भएकाले उहाँसँग धेरै अनुभव छ । गठबन्धन दलको सरकार भएकाले सार्वजनिक मञ्चबाट पनि कसरी सरकारलाई प्रभावकारी बनाउन सकिन्छ भनेर उहाँले निरन्तर सुझाव दिनुभएको छ,’ गगन थापा निकटका केन्द्रीय सदस्य अजनयबाबु सिवाकोटी भन्छन्, ‘प्रधानमन्त्रीले केही गर्नुपर्छ भन्ने हुटहुटी देखाएको र महामन्त्रीले नतिजा दिनुपर्छ भनेर निरन्तर खबरदारी गरेको अवस्थामा आवश्यकताको सिद्धान्त अनुसार सरसल्लाह लिने/दिने काम भएको बुझेका छौं ।’

‘गठबन्धनमा कांग्रेस प्रमुख दल हो । यो दलका सभापति, महामन्त्री र जिम्मेवार नेताले सरकारलाई सुझाव दिनु र प्रधानमन्त्रीले पनि लिन खोज्नु अन्यथा होइन,’ सिवाकोटी भन्छन्, ‘सरकारमा सहभागी भए पनि मन्त्रीको कार्यसम्पादन चित्तबुझ्दो नभएकाले थप प्रभावकारी बन्न अनुभवी नेताको सल्लाह झन् बढी आवश्यक हुन्छ ।

तर, यस्तो सल्लाह सुझाव नियमितभन्दा पनि अवाश्यकता अनुसार दिइएको सिवाकोटी बताउँछन् । 

‘गठबन्धनमा कांग्रेस प्रमुख दल हो । यो दलका सभापति, महामन्त्री र जिम्मेवार नेताले सरकारलाई सुझाव दिनु र प्रधानमन्त्रीले पनि लिन खोज्नु अन्यथा होइन,’ सिवाकोटी भन्छन्, ‘सरकारमा सहभागी भए पनि मन्त्रीको कार्यसम्पादन चित्तबुझ्दो नभएकाले थप प्रभावकारी बन्न अनुभवी नेताको सल्लाह झन् बढी आवश्यक हुन्छ ।

अघिल्लोपटक सरकारमा हुँदाको ट्युनिङ र सरकारलाई प्रभावकारी बनाउने गगनको ‘प्रोजेक्ट गभर्मेन्ट’ कार्यक्रम भएकाले पनि प्रधानमन्त्रीले सहयोग लिन खोजेको हुन सक्ने सिवाकोटी बताउँछन् । 

‘प्रचण्ड अघिल्लोपटक प्रधानमन्त्री हुँदा तत्कालीन स्वास्थ्य मन्त्री थापाले केही नतिजा आउने काम गर्नुभएको थियो । आफूलाई भावी प्रधानमन्त्रीमा तयार गर्न उहाँको प्रोजेक्ट गभर्मेन्ट कार्यक्रम पनि छ,’ सिवाकोटी भन्छन्, ‘प्रधानमन्त्री हुँदा सरकार, मन्त्री, कानूनी सुधार, अप्ठ्यारा र चुनौती के छन् भनेर यसमा उल्लेख गरेकाले पनि मिलेर काम गरौं भन्ने प्रस्ताव प्रधानमन्त्रीको हुन सक्छ ।’

प्रधानमन्त्री प्रचण्डले गगनलाई यसअघि नै मन्त्रीमा पठाइदिन पनि कांग्रेससँग एक खालको अपेक्षा गरेका थिए । तर, सभापति देउवा तयार भएनन् । गगनलाई अर्थमन्त्री बनाउन सक्दा सरकारले राम्रो सन्देश दिन सक्ने आशय प्रधानमन्त्रीले एक वर्ष अघिदेखि नै व्यक्त गरेको नेताहरू बताउँछन् । तर, देउवाले अर्थमन्त्रीमा आफूनिकटका डा. प्रकाशशरण महतलाई पठाएका छन् । 

एक वर्षमा अर्थमन्त्रीको कार्यसम्पादन चित्तबुझ्दो नभएको भन्दै पार्टी बैठकदेखि बाहिरसमेत उनको आलोचना भएको छ । प्रधानमन्त्रीले नै काम नदेखाउने मन्त्रीलाई हटाउनेसम्मको चेतावनी दिएका थिए । तर, देउवाले भने तत्काल अर्थसहितका मन्त्री फेरबदलमा चासो देखाइरहेका छैनन् । केन्द्रीय समितिको बैठकमा धेरैले अर्थमन्त्रीको खुलेर विरोध गरे । तर, निर्णय लेख्ने बेलामा अर्थतन्त्रले सकारात्मक संकेत देखाइरहेको भन्दै उनको प्रशंसा गरियो । 

‘मन्त्रीका कार्यसम्पादन राम्रो भएन, त्यसैले कि राम्रो गर कि राम्रो गर्ने मन्त्री बनाऊँ भनेर महामन्त्रीले सार्वजनिक उद्घोष गर्नुभएको छ,’ थापानिकट अर्का एक नेता भन्छन्, ‘प्रधानमन्त्रीले फेरि पनि अर्थमन्त्रीमा गगन थापा आइदिए हुन्थ्यो भन्ने अपेक्षा गर्नुभएको छ । तर, पार्टी बैठकले अर्थतन्त्र राम्रो छ भनेर उहाँलाई थमौती गरिदियो ।’ गगन आफैंले पनि अर्थमन्त्रीको अवसर आए आफूलाई प्रमाणित गरेर छाड्ने तयारीमा रहेको उनीनिकट नेताहरू बताउँछन् । 

केही समयअगाडि अर्थतन्त्रका चुनौती समाधान गर्ने उपायबारे प्रधानमन्त्रीले गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेसहितसँग छलफल गरेका थिए । 

थापाले त्रिभुवन विश्वविद्यालयमा भीसी नियुक्ति र प्रधानमन्त्रीको सचिवालयलाई चुस्त बनाउन दिएको सुझाव कार्यान्वयनको बाटोमा गएको उनीनिकट स्रोतको दाबी छ । 

‘केही समयअगाडि महामन्त्रीज्यूले अर्थतन्त्रको समाधानसहितको प्रस्तुति प्रधानमन्त्रीको अगाडि दिनुभएको थियो । यसबाहेक पनि विभिन्न इश्युमा समाधान के हुन सक्ला भनेर प्रधानमन्त्रीबाट सोध्ने काम भइरहेका छन्,’ थापानिकट स्रोतले लोकान्तरसँग भन्यो, ‘प्रधानमन्त्रीले रेगुलर नै त बोलाउनुहुन्न, तर महत्त्वपूर्ण विषयमा महामन्त्रीले प्रधानमन्त्रीलाई सल्लाह सुझाव दिइरहनुभएको भने सत्य हो ।’

प्रधानमन्त्रीले इतर पक्षसँग यसरी सल्लाह र सुझाव लिएको कांग्रेस सभापति शेरबहादुर देउवालाई मन परेको छैन । तर, प्रधानमन्त्रीले इतर पक्षलाई पनि विश्वासमा लिएर अगाडि बढ्न खोजेका छन् । 

राष्ट्रिय सभामा कांग्रेसभित्र कुरा मिल्न नसकिरहेका बेला प्रधानमन्त्रीले केही दिनअघि डा. शेखर कोइरालालाई बालुवाटारमा बोलाएर कृष्णप्रसाद सिटौलाको नाममा विरोध नगरिदिन आग्रह गरेका थिए । सिटौलालाई राष्ट्रिय सभा सदस्य हुँदै अध्यक्षसम्म बनाउनमा सत्ता गठबन्धनका दलहरू सहमत छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x