×

NIC ASIA

जाजरकोट भूकम्प : २६ हजार लाभग्राहीले पाए पहिलो किस्ता

जाजरकोट | माघ ५, २०८०

Prabhu Bank
NTC
Premier Steels

जाजरकोट भूकम्पबाट प्रभावित रुकुमपश्चिमका छ  पालिकाका २६ हजार पाँच सय ७३ लाभग्राहीले अस्थायी आवास निर्णाणका लागि पहिलो किस्ताबापत रु २५ हजारका प्राप्त गरेका छन् ।

Muktinath Bank

सहायक प्रमुख जिल्ला अधिकारीले प्रवेश बढुवालले सबैभन्दा बढी आठबीसकोट नगरपालिकाका नौ हजार सात सय ३२ र सबैभन्दा कम मुसीकोट नगरपालिकामा आठ सय ५८ लाभग्राहीले पहिलो किस्ताबापत रकम प्राप्त गरेको बताए । उनका अनुसार सानीभेरी गाउँपालिकामा पाँच हजार चार सय ३२, त्रिवेणी गाउँपालिकामा दुई हजार सात सय ७२, चौरजहारी नगरपालिकामा छ हजार एक सय ६५ र बाँफीकोट गाउँपालिकामा लाभग्राही पहिचान भएका सबै एक हजार छ सय ९९ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार छ वटै स्थानीय तहका लाभग्राहीले हालसम्म रु २५ हजारका दरले रु ६६ करोड ४३ लाख २५ हजार प्राप्त गरेका छन् । जिल्ला विपद् व्यवस्थापन कोषले २९ हजार चार सय छ लाभग्राहीका लागि स्थानीय तह विपद् जोखिम न्यूनीकरण कोषमा रु ७३ करोड ५१ लाख ५० हजार पठाएको छ । लाभग्राही पहिचान भएका दुई हजार आठ सय ३३ जनाले अस्थायी आवासको पहिलो किस्ता पाउन अझै बाँकी छ ।


Advertisment
Nabil box
Kumari

जिल्लामा हालसम्म १६ हजार तीन सय ४६ अस्थायी आवास निर्माण भएका छन् भने सात हजार चार सय ९७ अस्थायी आवास निर्माणाधीन रहेको बढुवालले जानकारी दिए । लाभग्राहीको सङ्ख्या आउने क्रम जारी रहेकाले यो सङ्ख्या ३० हजार पाँच सय पुग्नसक्ने जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले अनुमान गरेको छ ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x