×

NMB BANK
NIC ASIA

आर्थिक अपराधमा विशिष्टीकृत अनुसन्धानको गृहकार्य

एक वर्षमै ६९ अर्बभन्दा माथिको आर्थिक अपराध, छुट्टै ब्यूरो स्थापना गर्न गृहमा प्रस्ताव

काठमाडाैं | माघ १२, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

आर्थिक अपराधको दर निकै बढेकाले त्यसको विशिष्टीकृत अनुसन्धान गर्न नयाँ ब्यूरो स्थापनाका लागि नेपाल प्रहरीले गृह मन्त्रालयमा प्रस्ताव पठाएको छ ।

Muktinath Bank

पछिल्लो वर्ष आर्थिक अपराधका उजुरी निकै बढेका कारण छुट्टै युनिट बनाउने उद्देश्यसहित प्रस्ताव पठाइएको प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘पछिल्लो समय आर्थिक अपराधको दर निकै बढेको देखिन्छ । त्यसका लागि छुट्टै युनिटको आवश्यकता महसुस भएकाले प्रस्ताव पठाइएको हो,’ आईजीपी कुँवरले लोकान्तरसँग भने । 


Advertisment
Nabil box
Kumari

‘आर्थिक अपराध अनुसन्धान ब्यूरो’ स्थापना गरेर सबै आर्थिक विषयमा छुट्टै अनुसन्धान गर्ने प्रहरीको तयारी छ । सामाजिक सञ्जालबाट डिजिटलरूपमा हुने आर्थिक ठगी, सहकारी ठगीजस्ता विषयमा दक्ष जनशक्तिसहित विशिष्टीकृत अनुसन्धान गर्न नयाँ ब्यूरो आवश्यकता परेको आईजीपी कुँवरले बताए ।

Vianet communication
Laxmi Bank

‘पछिल्लो समय आर्थिक अपराधका नयाँ–नयाँ भेरियन्टहरू आइरहेका छन् । छुट्टै युनिट नराखेसम्म अनुसन्धान गर्न अप्ठ्यारो हुन्छ,’ आईजीपी कुँवरले लोकान्तरसँग भने ।

आर्थिक मन्दी, सहकारीमा देखिएको समस्या आदिका कारण आर्थिक अपराधका घटना बढेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीम ढकालले बताए ।

‘अर्थतन्त्रमा समस्या देखिएका बेला आर्थिक अपराधका घटना पनि बढेका छन् । त्यस्ता अपराध न्यूनीकरण गर्नका लागि पनि छुट्टै ब्यूरोको आवश्यकता छ,’ डीआईजी ढकालले लोकान्तरसँग भने ।

विभिन्न अपराधको अनुसन्धानका लागि प्रहरीमा विशिष्टीकृत युनिटहरू छन् । 

लागूऔषधसम्बन्धी अपराध हेर्नका लागि लागूऔषध ब्यूरो (एनसीबी), मानव बेचबिखन हेर्नका लागि मानव बेचबिखन अनुसन्धान ब्यूरो, साइबर अपराध हेर्नका लागि साइबर ब्यूरो र अन्तरदेशीय तथा जटिल अपराध अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) छन् ।

अन्तर्राष्ट्रिय आतकंवादको विषय हेर्नका लागि छुट्टै विशेष ब्यूरो स्थापना भएको छ । साइबर ब्यूरो र मानव बेचबिखन ब्यूरो पछिल्लो समय स्थापना भएका ब्यूरो हुन् । यिनीहरूको स्थापना २०७७ असोज महिनादेखि भएको हो ।

यी ब्यूरोको कमान्ड अहिले वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)हरूले सम्हाल्दै आएका छन् । तर, साइबर ब्यूरोमा प्रहरी नायब महानिरीक्षक (डीआईजी)को दरबन्दी छ । 

एसएसपीको कमान्डमा २ सय कर्मचारी रहने

‘आर्थिक अपराध अनुसन्धान ब्यूरो’ मा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)को कमान्डमा २ सय कर्मचारी रहने गरी गृह मन्त्रालयमा प्रस्ताव पठाइएको छ ।

‘हामीले अहिले गृह मन्त्रालयमा प्रस्ताव पठाएका छौं । अहिलेलाई २ सय जना कर्मचारी रहनेछन्,’ आईजीपी वसन्तबहादुर कुँवरले लोकान्तरसँग भने । त्यो युनिटका लागि कार्यालय भवन तथा विभिन्न उपकरण आवश्यक पर्छ । विशिष्ट प्रकारको तालिम लिएका प्रहरीहरू पनि आवश्यक पर्छन् । 

आईजीपी कुँवरका अनुसार यो ब्यूरोले डिजिटल करेन्सी अर्थात् क्रिप्टो करेन्सीको पनि अनुसन्धान गर्नेछ । सहकारी, सामाजिक सञ्जालको माध्यमबाट हुने आर्थिक अपराध आदिको अनुसन्धान पनि यसै ब्यूरोबाट गरिनेछ । त्यसका लागि विशिष्ट प्रकारका उपकरणहरूको आवश्यक पर्छ । प्रहरीका अनुसार ती उपकरण नेपालमा छैनन् ।

पछिल्लो समय काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरोले क्रिप्टो कारोबारसम्बन्धी विषयमा अनुसन्धान गरेको थियो । तर उपकरण नभएकै कारण त्यो अनुसन्धानलाई परिणाममुखी बनाउन नसकिएको सीआईबीका एक अधिकृतले लोकान्तरसँग बताए । 

‘क्रिप्टोलाई प्रमाणित गर्न छुट्टै उपकरण आवश्यक पर्छ, त्यो उपकरण नेपाल प्रहरीसँग छैन । प्रहरी मात्र हैन, नेपालका कुनै पनि एजेन्सीसँग नभएपछि प्रमाणित गर्न सकिएन । सोहीकारण अनुसन्धानलाई हुन्डी कारोबारतर्फ केन्द्रित गरेर मुद्दा चलाउनुपरेको छ,’ ती अधिकारीले लोकान्तरसँग भने । 

एक वर्षमा दोब्बरभन्दा धेरैले बढ्यो आर्थिक अपराध

आर्थिक अपराध एक वर्षमा दोब्बरभन्दा धेरैले बढेको छ ।

नेपाल प्रहरीको तथ्यांक हेर्ने हो भने आर्थिक वर्ष २०७८/०७९ भन्दा आव २०७९/०८० मा आर्थिक अपराधका उजुरी ६ हजार ७१२ ले बढेको देखिन्छ ।​

आव २०७८/०७९ मा देशभरमा ५ हजार ४१६ उजुरी परेका थिए । आव २०७९/०८० मा १२ हजार १ सय २८ वटा उजुरी परेको प्रहरीको तथ्यांकले देखाउँछ । 

प्रहरीको तथ्यांकमा आव २०७९/०८० मा चेक बाउन्सका १२ हजार ३०, हुन्डीका २१, सहकारी ठगीका ५३, नेपाल राष्ट्र बैंक ऐनविरुद्धको कसुरका ८, अनधिकृतरूपमा चेक बूक प्राप्त गर्न वा दिन नहुनेमा १, अनधिकृत रूपमा रकम निकाल्न वा भुक्तानी दिन नहुनेमा २, विद्युतीय माध्यमको दुरुपयोग वा अनधिकृत प्रयोग गरी भुक्तानी लिन वा दिन नहुनेमा २, बैंकिङ स्रोतसाधन र सम्पत्ति दुरुपयोग गर्न हुनेमा ३, बैंक, वित्तीय संस्था, सहकारी संस्था वा संघलाई झुक्याई कारोबार गर्न नहुनेमा ७ र गैरकानूनी रूपमा बैंकिङ कारोबार गर्न नहुनेमा १ उजुरी परेको छ । 

आव २०७८/०७९ मा चेक बाउन्समा ५ हजार ३७०, हुण्डीमा १५, नेपाल राष्ट्र बैंक ऐन विरुद्धको कसुरमा ४, अनधिकृतरूपमा खाता खोल्न वा रकम भुक्तानी माग गर्न नहुनेमा १, अनधिकृत रूपमा रकम निकाल्न वा भुक्तानी दिन नहुनेमा २, विद्युतीय माध्यमको दुरूपयोग वा अनधिकृत प्रयोग गरी भुक्तानी लिन वा दिन नहुनेमा १, अनधिकृतरूपमा कर्जा लिन वा दिन नहुनेमा १, कागजात वा खाता बही सच्याई कीर्तेमा २ र बैंक, वित्तीय संस्था वा सहकारीलाई झुक्याई काम कारोबार गर्न नहुनेमा ५ वटा उजुरी परेको प्रहरीको तथ्यांकले देखाउँछ ।

एक वर्षमै ६९ अर्ब बराबरको आर्थिक अपराध

एक वर्षमा मात्रै ६९ अर्बभन्दा धेरैको आर्थिक अपराध भएको तथ्यांकले देखाउँछ ।

पछिल्लो आवमा ६९ अर्ब १५ करोड ८८ लाख २२ हजार ९४३ रुपैयाँ बराबरको आर्थिक अपराध भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । आव २०७८/०७९ मा १४ अर्ब २१ करोड ७५ लाख ७२ हजार १७९ रुपैयाँ बराबरको आर्थिक अपराध भएको भन्दै उजुरी परेको थियो ।

पछिल्लो वर्ष तुलनात्मकरूपमा ५५ अर्ब रुपैयाँ बढीको आर्थिक अपराध भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x