×

NMB BANK
NIC ASIA

फाप्लुमै मोतियाविन्दुको शल्यक्रिया, १ वर्षमा लिए ५ हजारभन्दा बढीले नेत्र सेवा

सोलुखुम्बु | माघ २०, २०८०

NTC
Premier Steels

सोलुखुम्बुमा एक वर्षको अवधिमा १ सय ६५ जनाले जिल्लामै आँखाको मोतियाविन्दुको शल्यक्रिया गराएका छन् । सन् २०२३ मा जिल्लाको विभिन्न स्थानमा उनीहरूले मोतियाविन्दुको शल्यक्रिया गराएका हुन् । 

Muktinath Bank

जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुका प्रमुख विधान ताम्राकारका अनुसार ८५ पुरुष र ८० महिलाको मोतियाविन्दुको शल्यक्रिया गरिएको हो । उनीहरूको फाप्लुमै शिविर सञ्चालन गरी शल्यक्रिया गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘गाउँघरमा अझै पनि आँखामा मोतियाविन्दु पालेर बस्न बाध्य छन्, उनीहरूलाई लक्षित गर्दै वर्षभरि विभिन्न ठाउँमा छनोट शिविर सञ्चालन गरेका हौं, त्यो शिविरबाट छानिएकाको शल्यक्रिया गर्न तिलगङ्गा आँखा प्रतिष्ठानसँगको समन्वयमा शल्यक्रिया शिविर सञ्चालन गरेका थियौं’, उनले भने ।


Advertisment
Nabil box
Kumari

केन्द्रले जिल्लाका ३३ स्थानमा आँखा शिविर सञ्चालन गरेको थियो । आँखा केन्द्रले फाप्लुमा दुई पटक  तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौंका विशेषज्ञसहितको उपस्थितिमा मोतियाविन्दु शल्यक्रिया शिविर सञ्चालन गरेको प्रमुख ताम्राकारले जानकारी दिए ।

Vianet communication

सोलुखुम्बुमै आँखाको मोतियाविन्दुको शल्यक्रिया भएपछि बिरामी खुसी भएका छन् । शल्यक्रिया गर्न काठमाडौं जानुपर्दा हजारौं रुपैयाँ खर्च हुने तथा झन्झटसमेत हुने भएकाले गाउँमै उपचार भएपछि राहत मिलेको सल्लेरीकी वृद्धा दाटी शेर्पाले बताइन् ।

उनले भनिन्, ‘आँखाले राम्रोसँग नदेखेको धेरै भएको थियो, उपचार गर्न पनि काठमाडौं कहिले पुग्नु, यतिकै बसेकी थिएँ । बुढेसकालमा अब त आँखा देख्दिँन होला भनेको त, फेरि देख्ने भएँ ।’

दुर्गम क्षेत्रका नागरिक धेरैजसो आँखामा मोतियाविन्दु पालेर बस्ने गरेको आँखा स्वास्थ्य कार्यकर्ता दिनेश राईले बताए । उनले भने, ‘चेतनाको कमी तथा जिल्लामा आँखाको शल्यक्रिया नहुने भएकाले पनि उनीहरू रोग पालेरै बस्ने गर्छन् । शिविर सञ्चालन भएपछि उनीहरूलाई राहत मिलेको छ ।’

पाँच हजारले लिए नेत्र सेवा

जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुले सन् २०२३ मा पाँच हजार दुई सय २१ जनालाई नेत्र सेवा प्रदान गरेको छ । सेवा पाउनेमा दुई हजार आठ सय छ महिला र दुई हजार चार सय १५ पुरुष रहेका आँखा केन्द्रको तथ्याङ्कमा उल्लेख छ । 

सेवा लिनेमा चार हजार दुई सय ६१ जना नयाँ र पाँच सय ७९ जना पुराना बिरामी रहेको आँखा स्वास्थ्य कार्यकर्ता दिनेश राईले जानकारी दिए ।

उक्त समयमा दुई हजार तीन जनाले चस्मा समेत बनाएका छन् । चार हजार सात सय १४ जनालाई औषधि वितरण गरिएको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x