×

NMB BANK
NIC ASIA

तस्करका अनेक जुक्ति

जाँचबुझ आयोगले भेटेको नयाँ तथ्य– बिरामी उद्धारको बहानामा हेलिकप्टरमार्फत सुन तस्करी !

काठमाडाैं | माघ २३, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालका उत्तरी नाकाबाट बिरामी उद्धारको बहानामा समेत सुन तस्करी हुने गरेको तथ्य खुलेको छ । 

Muktinath Bank

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको विद्युतीय चुरोट (भेप) र ६०.७१६ केजी  सुन तस्करीको विषयमा जाँचबुझ गर्न बनेको ‘सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग’ले गरेको अनुसन्धानमा यस्तो तथ्य खुलेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विशेष गरी उत्तरी नाका नजिकबाट हुने हवाई उद्धारका क्रममा सुन तस्करी गरेको तथ्य खुलेको आयोगका अध्यक्ष तथा पूर्व न्यायाधीश डिल्लीराज आचार्यले बताए । 


Advertisment
Nabil box
Kumari

‘हामीले उत्तरी नाकाबाट हुने हवाई उद्धारमा सुन तस्करी हुने गरेको सूचना र केही तथ्यहरू फेला पारेका छौं । त्यसका विषयमा अहिले थप अनुसन्धान भइरहेको छ,’ अध्यक्ष आचार्यले लोकान्तरसँग भने ।

Vianet communication
Laxmi Bank

बिरामी लिने बहानामा उत्तरी नाका रसुवामा हेलिकप्टर बोलाउने र त्यसमा बिरामीसँगै सुन रहेको झोलासहित काठमाडौंका ठूला अस्पतालमा अवतरण गरेर ट्याक्सीमा सुन सम्बन्धित ठाउँमा पुर्‍याइने गरेको छ ।

आयोगले अहिले कसरी सुन तस्करी भइरहेको छ, त्यसमा को–को संलग्न छन् भन्ने विषयमा अनुसन्धान गरिरहेको छ ।​

कृष्णबहादुर महरा लगायतसँग बयान लिन तथ्य फेला परेन !

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धानमा पसेर छानबिन गर्न पाउने अधिकार पाएको आयोगले सुनसँग जोडिएर आएका व्यक्तिहरूसँग पनि बयान लिइरहेको छ ।

पछिल्लो समय विद्युतीय चुरोट (भेप) तथा स्कूटर र मोटरसाइकलको 'ब्रेक शू'भित्र लुकाएर ल्याएको सुनका ३२ जना प्रतिवादीहरूसँग बयान लिएको छ । 

त्यसबाहेक प्रहरीले अनुसन्धानको क्रममा बुझेका तर अभियोजन नगरेका १३ जना व्यक्तिको समेत बयान गरेर कागज गराएको अध्यक्ष डिल्लीराज आचार्यले लोकान्तरलाई बताए । 

‘हामीले प्रहरीले अभियोजन नगरेका १३ जना व्यक्तिहरूसँग समेत बयान लिएका छौं,’ अध्यक्ष आचार्यले लोकान्तरसँग भने । 

उनका अनुसार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)की निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्य र अन्य २ जना डीएसपीको बयान लिइएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अभियोजन पत्रमा चार्ट नै बनाएर संलग्नता देखाएका पूर्व सभामुख कृष्णबहादुर महरालाई भने बयानमा बोलाइएको छैन । 

आयोग गठन भएसँगै उनको बयानको विषयलाई उत्सुकताका साथ हेरिएको थियो । तर, ३ महिनाको म्याद थपिएको आयोगले अहिलेसम्म पनि बयान लिन सकेको छैन । 

‘उहाँ (कृष्णबहादुर महरा)को सुनसँग कतै कनेक्सन देखिएन । हाम्रो उद्देश्य पनि उहाँलाई बयानमा ल्याउने भन्ने थियो,’ आयोगका एक सदस्यले लोकान्तरसँग भने । 

अहिले बागमती प्रदेशका मन्त्री तीर्थ लामा लगायत सञ्चार माध्यममा नाम आएका अन्य व्यक्तिहरूसँग बयान लिने तयारी गरेको आयोगले बताएको छ । तर, माथिल्लो तहका व्यक्तिहरूलाई अनुसन्धानको दायरामा ल्याउन सकेको छैन । 

सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग पूर्वसभामुख महराले पटक–पटक फोनमा कुरा गरेको तथ्य बाहिरिएको थियो । सुन तस्करसँग महराको टेलिफोन संवादलाई लिएर संसदमा विपक्षी दलले चर्को आवाज उठाएका थिए ।

पछि त्रिभुवन विमानस्थलमा प्रहरीले बरामद गरेको १ केजी सुन प्रकरणमा कांग्रेस सांसद एवं बागमती प्रदेशका मन्त्री तीर्थ लामाको नाम जोडिएको थियो । उनको नाममा काटिएको ६ लाख रुपैयाँको चेक समेत फेला परेको थियो ।

नेपालमा पछिल्लो समयमा सुन तस्करी बढेपछि सरकारले त्यसको छानबिन गर्नका लागि असोज १५ गते पूर्व न्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा आयोग गठन गरेको थियो ।

विशेष गरेर गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट ६०.७१६ केजी सुन भित्रिएपछि सर्वत्र विरोध हुँदा सरकारले आयोग बनाएको हो । 

प्रतिपक्षमा रहेको नेकपा एमाले लगायतका दलहरूले सुनको विषय संसद्मै उठाएर आयोग गठनका लागि जोडदार माग गरेका थिए ।

डीएफएल र सीडीआरका माध्यमबाट चेकजाँच गर्दै आयोग

आयोगले आफ्नो अनुसन्धानलाई बलियो बनाउन र थप प्रमाणहरू ल्याउनका लागि डिजिटल फरेन्सिक ल्याब (डीएफएल) र कल डिटेल रेकर्ड (सीडिआर)को सहायता लिइरहेको छ ।

अध्यक्ष आचार्यका अनुसार प्रहरीले पहिला संकलन गरेका प्रमाणहरूबाट छुटेका प्रमाणलाई बाहिर ल्याउन तथा अध्ययनका लागि डीएफएलको सहायता लिइएको हो ।

‘पूर्व संकलित प्राविधिक जाँच प्रमाणहरूको संकलन तथा अध्ययन र थप प्रविधिमैत्री प्रमाणहरूको संकलनका लागि डीएफएल र सीडीआर गरिरहेका छौं,’ अध्यक्ष आचार्यले लोकान्तरसँग भने ।

आयोगले ३२ जना प्रतिवादीहरूसँग बयान गरेको छ । विद्युतीय चुरोट र ब्रेक प्याडसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा सीआईबीले जफत गरेर सिलबन्दी गरेका र सुन तस्करीमा प्रयोग भएका टोखा, बूढानीलकण्ठ र बालुवाटारका गोदामको स्थलगत अवलोकन पनि गरेको छ । 

अध्यक्षका अनुसार अयोगले संसद्मा प्रनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूसँग छलफल र परामर्श गरेको छ ।

राज्य व्यवस्था समितिका सभापति र अर्थ समितिका सभापतिसँग पनि छलफल र परामर्श गरेको अध्यक्ष आचार्यले लोकान्तरलाई बताए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x