×

NMB BANK
NIC ASIA

बहुधार्मिक महोत्सवबाट राष्ट्रपतिको सन्देश– हामी वेद, मुन्धुम र त्रिपिटकले दिएको ज्ञानको ज्योतिले प्रदिप्त छौं

काठमाडाैं | फागुन २, २०८०

NTC
Premier Steels

राष्ट्रपति रामचन्द्र पौडेलले हामीलाई विभिन्न जाति, भाषा, धर्म, संस्कृति र समुदायको एकता, सहअस्तित्व, सामञ्जस्यता, सद्भाव र सहकार्यसहितको सबल, समावेशी र उन्नत राष्ट्र चाहिएको बताएका छन् । 

Muktinath Bank

पाँंचथर बहुमुखी क्याम्पसले फिदिममा बुधवार आयोजना गरेको महापुराण तथा बहुधार्मिक आध्यात्मिक महोत्सव– २०८० को उदघाट्न गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामी विभिन्न जाति, भाषा, धर्म, संस्कृति र समुदायको एकता, सहअस्तित्व, सामञ्जस्यता, सद्भाव र सहकार्यसहितको सबल, समावेशी र उन्नत राष्ट्र चाहन्छौं,’ उनले भने, ‘यस्तो राष्ट्र जो कसैलाई निषेध गरेर होइन, सबैलाई समान दर्जा, अधिकार र स्वामित्व दिएर बन्छ । सबैलाई एकतावद्ध गरेर बन्छ । सबैलाई बराबरी सम्मान दिएर बन्छ । आपसमा निषेध, घृणा, द्वन्द्व र अविश्वासको होइन, सम्मान, एकता, सहिष्णुता र सद्भावको विकास गर्न सकेमात्र हामी सबै सबल हुनेछौ ।’


Advertisment
Nabil box
Kumari

राष्ट्रपति पौडेलले नेपाल पूर्वीय ज्ञान परम्पराको स्रोत भएको तथा यो ज्ञान, परम्परा र सभ्यताभित्र मुख्यतः सनातन वैदिक सभ्यता, किरात सभ्यता र बौद्ध सभ्यताको एकता र ऐक्यवद्धता देख्न सकिने पनि उल्लेख गरे । 

Vianet communication

‘हामी वेद, मुन्धुम र त्रिपिटकले दिएको अनमोल ज्ञानको ज्योतिले प्रदिप्त छौं,’ उनले भने,‘यो भूमि हाम्रा विभूति महागुरु फाल्गुनन्दको भूमि हो र उहाँले आफ्नो जीवनको अन्तिम अवस्थासम्म भाषा, लिपि, संस्कार संस्कृति, सम्मान शिक्षा, समाज सुधारका निम्ति किरात संस्कृतिको उत्थान तथा संरक्षणका लागि यही साधना र संघर्ष गर्नु भएको थियो । उहाँको योगदानले हाम्रो समाज र सभ्यतालाई ठूलो योगदान पुगेको छ ।  उहाँले स्थापना गर्नुभएको ‘सत्य धर्म मुचुल्का’ को नीति र धर्म सन्देशले हामीलाई मार्गदर्शन गरिरहने छ ।’

उनले अगाडि भने, ‘यी सबै हाम्रा हुन् । यी साझा सभ्यता र संस्कृतिले हामीलाई समन्वय, सामञ्जस्यता, एकता, सद्भाव र उदारता सिकाएका छन् । किनभने यी एक जातिका वा धर्मका स्रोत होइनन् । वेद हामी सबैको हो । मुन्धुम हामी सबैको हो । त्रिपिटक हामी सबैको हो । हामी अनेक जात, संस्कृति, सम्प्रदायमा छौं । तर सबै हामी नै हौं र, ती सबैको एकता, समभाव र सहअस्तित्व नै हाम्रो मुख्य परिचय हो ।” 

राष्ट्रपति पौडेलले हामी सबै भएकैले सप्तरंगी र पूर्ण भएको पनि बताए । ‘हामी सबै छौ, त्यसैले सप्तरंगी छौं, बगैँचाजस्तो । हामी अनेक रंगमा छौ, त्यसैले हाम्रो सभ्यता इन्द्रेणी झैँ सुन्दर छ । इन्द्रेणीको एउटा रंग निकाल्ने हो भने जसरी त्यो इन्द्रेणी इन्द्रेणी हुँदैन, त्यस्तै हाम्रो साझा र एकतावद्ध सभ्यताबाट एउटा रंग निकाल्ने हो भने, हाम्रो सभ्यता अधुरो हुन्छ,’ उनले थपे, ‘त्यसैले मलाई लाग्छ, हामी सबै छौं, त्यसैले पूर्ण छौं । त्यसैले नेपाल पूर्ण छ । यही नै हाम्रो पहिचान हो । यहीनै हाम्रो सभ्यता हो । यहीनै हाम्रो भव्यतम् संस्कृति हो ।’

यो कुरालाई स्वीकार गरेपछि मात्र हामी एक मौलिक, सबल, समावेशी र अग्रगामी राज्यनिर्माण गर्न सक्ने स्पष्ट पार्दै उनले भने, ‘नेपाली जनताको ठूलो बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले यही मूल आदर्श र मर्मलाई आत्मसाथ गरेको छ ।’   

यो अर्थमा संघीय लोकतान्त्रिक गणतन्त्रले हामीलाई समावेशी, उदार, एकतावद्ध र समन्वयात्मक हुन आह्वान गरिरहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले भने, ‘म संविधानको त्यही मर्म र भावनाबाट अघि बढ्न सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई अपिल गर्न चाहन्छु ।’

null

राष्ट्रपति पौडेलले देशको समृद्धिका मुख्य आधार– कृषि क्रान्ति, पर्यटनको विस्तार र ऊर्जा शक्तिको प्रचुर विकास भएको बताउँदै भने, ‘त्यसका लागि पहिलो खाँचो सुशासनको छ । म त्यही एजेण्डामा आज पनि उभिएको छु । र, हामीले श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न जरुरी छ । यीनै विषयमा हाम्रो शिक्षा केन्द्रित हुनुपर्छ ।’

उनले हाम्रो राष्ट्रसँग जुन मलिलो माटो छ, स्वच्छ जलवायु छ, वायो डाइभर्सिटी छ त्यसलाई हामीले चिन्न नसकेको बताउँंदै भने, ‘हामी फोस्रा नारामा बढी बहकियौं । कुन उचाई र कुन  पाटोमा के उब्जनी हुन्छ ? त्यो ठम्याएर खेती गरौं । जलवायुको ख्याल गरेर प्रविधिको प्रयोग गरौं ।’ 

‘हाम्रो संस्कृति र हाम्रो प्रकृतिको कोरीबाटी गरेर पर्यटन पूर्वाधारहरूको विकास गरौं । गाऊँमै रोजगारी र आम्दानी आउँछ । बसाइँसराइ रोक्न र जिल्लामै गुणस्तरीय उच्च शिक्षा दिलाउनका लागि पाँचथर बहुमुखी क्याम्पसले बहुधार्मिक र आध्यात्मिक महोत्सवको आयोजना गरेर प्रशंसनीय कार्य गरेको छ,’ उनले भने । 

सूचना प्रविधि, विश्वव्यापीकरण र आधुनिकताले ओतप्रोत भएको वर्तमान विश्व परिवेशको मागअनुरुपको शिक्षा नीति, पाठय्क्रम र प्रविधियुक्त प्रतिस्पर्धी तथा गुणस्तरीय पठनपाठनको विकास गरी राष्ट्रिय आवश्यकता तथा अन्तर्राष्ट्रिय गुणस्तर अनुरुपको  शिक्षा प्रदान गर्नेतर्फ अबका हाम्रा कदमहरू केन्द्रित हुनुपर्नेमा उनले जोड दिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x