×

NMB BANK
NIC ASIA

आईसीसी क्रिकेट 'लिग टु'

कीर्तिपुरमा पहिले ब्याटिङ गरेर खेल जित्नै नसकिने हो ? यस्तो छ ओडीआई र पीएम कपको तथ्यांक

काठमाडाैं | फागुन ७, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

कीर्तिपुरमा जारी आईसीसी विश्वकप क्रिकेट 'लिग टु'अन्तर्गत शुरूआति ३ खेलमा पहिले ब्याटिङ गर्ने टीम फराकिलो अन्तरले पराजित भएपछि पहिले ब्याटिङ गरेर जित्नै नसकिने हो त भन्ने आशंका व्यक्त हुन थालेको छ ।

Muktinath Bank

पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेट, दोस्रो खेलमा नेदरल्यान्ड नेपालसँग ९ विकेट र तेस्रो खेलमा नेदरल्यान्डसँग नामिबिया ७ विकेटले पराजित भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टस हारेर पहिले ब्याटिङमा बोलाइएका टीमले १५० रनको आंकडा पनि छुन सकेको देखिँदैन । के साँच्चै कीर्तिपुरमा पहिले ब्याटिङ गरेर वन्डे खेल जित्न सकिँदैन त ? हेरौं तथ्यांक :


Advertisment
Nabil box
Kumari

 

Vianet communication
Laxmi Bank

३१ ओडीआईमा ११ खेल पहिले ब्याटिङ गर्ने टीम विजयी

कीर्तिपुरमा ५ फेब्रुअरी २०२० देखि १९ फेब्रुअरी २०२४ को बीचमा जम्मा ३१ वटा एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल भएका छन् ।

त्यसमध्ये २० वटा खेलमा सेकेन्ड ब्याटिङ गर्ने टीम विजयी भएको छ भने ११ खेलमा पहिले ब्याटिङ गर्नेले बाजी मारेको छ ।

नेपालले कीर्तिपुरमा हालसम्म ९ ओडीआई खेलमा पहिले ब्याटिङ गरेको छ । त्यसमध्ये ५ खेल जितेको छ भने ४ वटामा पराजय व्यहोरेको छ । 

नेपालले ८ फेब्रुअरी २०२० मा अमेरिकालाई ३५ रन, ९ मार्च २०२३ मा पीएनजीलाई ५२ रन, १२ मार्च २०२३ मा यूएईलाई १७७ रन, २१ अप्रिल २०२३ मा ओमानलाई ८४ रन र ८ फेब्रुअरी २०२४ मा क्यानडालाई ७ रनले पराजित गरेको छ ।

पहिला ब्याटिङ गर्दा  नेपालले ओमान, पीएनजी, यूएई र नामिबियासँग १/१ खेल हारेको छ ।

 

पहिलो इनिङको सर्वाधिक रन ३१०

कीर्तिपुरमा पहिले ब्याटिङ गर्दाको सर्वाधिक रन ३१० हो, जुन नेपाल र यूएईको नाममा संयुक्त छ । २१ अप्रिल २०२३ मा नेपालले ओमानविरुद्ध ८ विकेट गुमाएर ३१० रन जोडेको थियो ।

यूएईले भने १६ मार्च २०२३ मा नेपालविरुद्ध नै ६ विकेट गुमाएर ३१० रनको योगफल तयार पारेको थियो ।

 

पीएम कपमा पहिले ब्याटिङ गर्ने टीम हावी

घरेलुतर्फ प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत यस वर्ष कीर्तिपुरमा १९ खेल भएका थिए । त्यसमध्ये १२ खेल पहिले ब्याटिङ गर्ने टीमले जितेको छ भने ७ खेलमा दोस्रो ब्याटिङ गर्ने टीमले जित हात पारेको छ ।

केही दिनअघि मात्र सम्पन्न प्रतियोगितामा कीर्तिपुरमा पहिले ब्याटिङ गर्ने टीम नै हावी हुनुले पनि पहिले ब्याटिङ गरेर जित्नै नसकिने तर्कलाई बल पुर्‍याउँदैन ।

तर, बिहानको करिब एक घण्टाको समयमा बलरलाई बढी फाइदा पुग्ने गरेको खेलाडीहरू बताउँछन् । शुरूआति १० ओभरमा विकेट जोगाउन सके टस फ्याक्टरले खासै प्रभाव नपार्ने एक पूर्व खेलाडीले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x