×

NMB BANK
NIC ASIA

चुनावी गठबन्धनबारे कांग्रेस

गोदावरीबाट देउवा : गगनलाई जवाफ, प्रचण्डलाई आश्वस्त पार्ने प्रयास

काठमाडाैं | फागुन ७, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

भविष्यमा चुनावअघि राजनीतिक गठबन्धन गर्ने कि नगर्ने भन्ने विषय कांग्रेसभित्र पेचिलो बनेर उठिरहेको समयमा सभापति शेरबहादुर देउवाले महासमिति बैठकबाट यसको टुंगो नलाग्ने जनाउ दिएका छन् । 

Muktinath Bank

महामन्त्री गगन थापाले भविष्यमा कांग्रेसले चुनावी गठबन्धन गर्न नहुने प्रस्ताव केन्द्रीय समितिमा पेश गरेपछि अहिलेको सत्ता गठबन्धनभित्रै हलचलको स्थिति सिर्जना भएको थियो । भविष्यमा गठबन्धन गर्ने/नगर्ने विषय त्यतिबेला नै निर्णय गर्न सकिने भन्दै देउवाले त्यो बहस गर्न अहिले इन्कार गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमवार महासमिति बैठक उद्घाटन मन्तव्यमा गठबन्धनको पक्षपोषण गरेर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आश्वस्त पार्न खोजेका छन् । संविधान रक्षाका लागि अहिलेको गठबन्धन बनेको र यसको निरन्तरताको पक्षमा कांग्रेस रहेको देउवाले बताए । 


Advertisment
Nabil box
Kumari

‘अहिले हामी गठबन्धनको अभ्यासमा छौं, अहिलेको गठबन्धन सरकार गठनका लागि मात्र बनेको होइन । केही समय पहिले प्रतिनिधि सभालाई असमयमा विघटन गर्ने, मुलुकमा राजनीतिक अस्थिरता ल्याउने, संविधानलाई जोखिममा पार्ने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने गतिविधि भए,’ महासमिति बैठकको उद्घाटन समारोहमा राखेको लिखित मन्तव्यमा देउवाले भनेका छन्, ‘संविधान रक्षाका लागि नेपाली कांग्रेसकै पहल, प्रयत्न र अग्रसरतामा तत्कालै गठबन्धन बनेको हो । गत निर्वाचन पूर्वको गठबन्धन र वर्तमान सरकार त्यसैको निरन्तरता हो । आज पनि हामीले संविधानको रक्षालाई प्राथमिक एजेन्डाको रूपमा लिएका छौं । महासमितिमा प्रस्तुत हुने सबै दस्तावेजले यस विषयलाई उल्लेख गरेको छ ।’

Vianet communication
Laxmi Bank

भविष्यमा कम्युनिस्टसँग गठबन्धन नगर्ने कांग्रेस कार्यकर्ताले सुन्न चाहेको विषय हो, तर देउवाले यो विषय सुन्न चाहेका छैनन् । ‘कांग्रेस कार्यकर्ताले सुन्न चाहेको विषय’ नबोलुन् भनेर उद्घाटन सत्रमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई मन्तव्य राख्न नै दिएनन् । २०८४ को चुनावी गठबन्धन अहिलै निषेध गर्दा केही महिनापछि आउन लागेको सत्तारोहणको अवसर धरापमा पर्न सक्नेमा देउवा चिन्तित छन् ।

null

भविष्यमा गठबन्धन नगर्ने या अन्य केही विषयले प्रचण्डलाई बिच्काउँदा हुने हविगत देउवाले बुझेका छन् । त्यसैले उद्घाटन समारोहमा देउवाले शब्द–शब्द तौलेर बोले । संविधानको व्यवस्था देखाएर भविष्यमा पनि चुनावी गठबन्धन गर्न सकिने आधार प्रस्तुत गरे । 

‘हामीले संविधानमा मिश्रित निर्वाचन प्रणाली अपनाएका छौं । मिश्रित निर्वाचन प्रणालीका गुण दोष दुवै छन् । यो निर्वाचन प्रणालीमा कुनै एक मात्र पार्टीको स्पष्ट बहुमत आउने सम्भावना कम हुन्छ । वर्तमान गठबन्धन हामी समेतको अग्रसरतामा संविधान रक्षाको उद्देश्यले गठन भएको हुँदा यसको निरन्तरता हाम्रो राजनीतिक जिम्मेवारी पनि हुन गएको छ ।’

भविष्यमा चुनावी गठबन्धन गर्ने/नगर्ने विषयमा तत्कालीन परिस्थिति हेरेर निर्णय गर्ने भन्दै देउवाले प्रचण्डलाई थप आश्वस्त पार्न खोजेजस्तो देखिन्छ । 

‘भविष्यमा राजनीतिक गठबन्धन गर्ने या नगर्ने भन्ने विषय तत्कालीन परिस्थितिमा निर्भर हुने भएको हुँदा पार्टीले तत्कालीन परिस्थितिअनुसार गठबन्धनको औचित्य, सान्दर्भिकता लगायत विषयमा ठोस मूल्यांकन र छलफल गरी त्यसै बेलामा उचित निर्णय लिन सक्नेछ,’ देउवाले भने । 

देउवाको भनाइको बचाउ गर्दै परराष्ट्र मन्त्री समेत रहेका केन्द्रीय सदस्य एनपी साउदले चार वर्षपछि हुने चुनावबारे अहिले नै बेलिराख्नुनपर्ने बताए ।

‘चार वर्षपछिको चुनावबारे अहिल्यै बोल्नु राजनीतिक विषय होइन । अहिले नै बोलिराख्नु पर्दैन । महासमितिबाट त्यस्तो निर्णय हुँदैन,’ साउदले लोकान्तरसँग भने । 

null

अर्का केन्द्रीय सदस्य रामहरि खतिवडाले पनि गठबन्धन सरकारमा रहेकाले अहिले चुनावी गठबन्धन गर्ने/नगर्ने भन्ने विषयमा निर्णय लिनु उपयुक्त नहुने धारणा राखे ।

‘गठबन्धन सरकारमा बसेर गठबन्धनकै विरोध गर्नु राजनीतिक चरित्र हुँदैन,’ खतिवडाले लोकान्तरसँग भने ।

उद्घाटन समारोह समापन भइसक्दा समेत महासमिति बैठकमा पेश गर्ने महामन्त्री गगन थापाको प्रतिवेदनले अन्तिम रूप पाएको छैन । गगनको प्रतिवेदनलाई अन्तिम रूप दिन सोमवार देउवाको निवासमा कांग्रेस पदाधिकारी बैठक बस्दैछ । 

सभापतिको इच्छाविपरीत कांग्रेस सम्मेलनले त्यस्तो कुनै क्रान्तिकारी प्रस्ताव पारित गर्ने सम्भावना छैन । 

गोदावरीको सनराइज हलबाट देउवाले एउटा मन्तव्यमार्फत प्रचण्डलाई आश्वस्त मात्र पारेका छैनन्, गगनलाई जवाफ पनि दिएका छन् ।

८० प्रतिशत केन्द्रीय सदस्य र बहुसंख्यक प्रतिनिधि आफ्नो पक्षका रहेको हलबाट प्रचण्डलाई चिढ्याउने प्रस्ताव पारित गर्न दिने पक्षमा देउवा देखिँदैनन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x