×

NMB BANK
NIC ASIA

गठबन्धनमा मन्त्री फेरबदलको सकस

विवादास्पद मन्त्रीको बहिर्गमन : देउवाको सिग्नल कुर्दै प्रचण्ड !

काठमाडाैं | फागुन १४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नतिजा दिन नसक्ने, विवादित र गुमनाम मन्त्री हटाउनुपर्ने आन्तरिक एवं बाह्य दबाबका बीच पनि सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले अस्वाभाविक मौनता साँधेको छ । 

Muktinath Bank

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकालको एक वर्ष पूरा गरेको अवसरमा गत पुस १० गते नतिजा नदिने मन्त्री फेर्ने सार्वजनिक उद्घोष गरेका थिए । सरकारले चाल्न खोेजेको कदममा मन्त्री प्रभावकारी नभएको भन्दै प्रचण्डले नतिजाविहीन मन्त्री हटाइछाड्ने प्रस्टै बताएका थिए । तर, त्यसयताको दुई महिनासम्म गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसले ‘ग्रीन सिग्नल’ दिएको छैन, जसका कारण मन्त्री हेरफेर हुन सकेको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेसभित्रैको एउटा पक्षमात्रै होइन, विवादित र नतिजा दिन नसक्ने गुमनाम एवं स्टन्टबाज मन्त्रीहरूलाई हटाउन सडकदेखि संसद्सम्म दबाब उत्पन्न भइरहेको छ ।


Advertisment
Nabil box
Kumari

पछिल्लो दुई/तीन दिनयता त प्रमुख प्रतिपक्षी दल एमालेले विवादित मन्त्रीलाई हटाउनुपर्ने माग राख्दै संसद् अवरुद्ध नै गरेको छ । मन्त्रीको विषयमा प्रधानमन्त्रीले बोल्नुपर्ने भन्दै एमालेले बाध्य पारेको छ । त्यसैले फागुन २१ गते विवादित मन्त्रीबारे प्रधानमन्त्रीले संसदमा बोल्ने सभामुख देवराज घिमिरेको रुलिङपछि सोमबार अवरुद्ध भएको प्रतिनिधिसभाको बैठक बस्न सक्यो । 

Vianet communication
Laxmi Bank

बालकुमारीमा दुई युवाको ज्यान जाने गरी भएको घटनामा भीडलाई उत्तेजित बनाएको आरोप लागेपछि भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको राजीनामा मागिएको छ ।

टेरामक्स प्रविधिको घोटालामा अख्तियारले बयान लिएका बहालवाला स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई हटाउनुपर्ने दबाब छ । पर्यटनमन्त्री सुदन किराँती पनि रामग्रामको जग्गा व्यक्तिको हातमा पुर्‍याउने स्वार्थमा जोडिएको भन्दै विवादित बन्न पुगेका छन् । यसैले गठबन्धनका दलभित्र र बाहिर मन्त्रीलाई हटाउनुपर्ने विषयमा झन् दबाब बढेको छ । 

यो मागमा विपक्षी रास्वपा र राप्रपाले मात्रै स्वर मिलाएका छैनन्, कांग्रेसकै इतर पक्षले पनि स्वरमा स्वर मिलाइरहेको छ । कांग्रेस महामन्त्री गगन थापाले त सोमबार संसदमै ‘अख्तियारले डामेका र आयोगले पोलेका मन्त्रीको झण्डा छोपेर फिर्ता बोलाउनुपर्छ’सम्म भने ।

‘संसद्मा उता बसेकाले यताकालाई दागी देखाउने, यताकाले उताकालाई दागी देखाउने गर्दा संसद् नचल्ने भयो । नजिकको होस् कि टाढाको होस्, अख्तियारले डामेका, आयोगले पोलेका र सरकारी जग्गामा आँखा गाडेका मन्त्रीको झण्डा छोपेर घर पठाऔं,’ थापाले भने, ‘निर्दोष भए फेरि फूलमालाले स्वागत गरौंला, दोषी भए कारबाही व्यहोर्नुहोला ।’ 

मन्त्री फेरेर अबको १० महिना केही राम्रो काम गरेर देखाउने र प्रधानमन्त्रीबाट विश्राम लिने मनस्थितिमा प्रचण्ड छन् । तर, गठबन्धन दलभित्रको दबाबका बीच प्रचण्डले चाहेर पनि मन्त्री फेर्ने अवस्था बनेको छैन ।

सहकारी ठग्ने र दुईचार थान नागरिकता राख्नेलाई पनि छिट्टै घर पठाएर अनुसन्धान गर्न थापाले माग गरेका छन् । १० फागुनमा महासमिति बैठकको समापन कार्यक्रममा थापाले नतिजा दिन नसक्ने कांग्रेसकै मन्त्रीलाई घर फिर्ता बोलाउनुपर्ने बताएका थिए ।

नतिजा दिन नसक्ने मन्त्रीलाई हटाउनुपर्ने माग थापाको मात्रै छैन, डा. शेखर कोइराला, महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, श्याम घिमिरे, रामहरि खतिवडा, सञ्जय गौतमजस्ता धेरै नेता र सांसदले पनि खुलेरै सरकारका मन्त्रीको आलोचना गरेका छन् ।

तर, फेरि पनि कांग्रेसले मन्त्री हेरफेर र विवादित मन्त्रीको विषयमा धारणासम्म बनाएको छैन । पार्टीको एउटा जिम्मेवार नेताले यसरी पटक–पटक खुलमखुला बोल्दा पनि कांग्रेसले विवादित र निष्प्रभावी मन्त्रीबारे नबोल्ने र नसुन्ने नीति लिएको छ । महासमितिबाट पनि कांग्रेसले सरकारलाई प्रभावकारी बनाउन अग्रसरता लिने निर्णय गर्‍यो, तर मन्त्रीबारे बोलेन । 

गठबन्धन सरकार चलाउन कठिनाइ भयो भन्ने प्रधानमन्त्रीले निरन्तर आफ्नो अप्ठ्यारो लुकाउन सकेका छैनन् । मन्त्री फेरेर अबको १० महिना केही राम्रो काम गरेर देखाउने र प्रधानमन्त्रीबाट विश्राम लिने मनस्थितिमा प्रचण्ड छन् । तर, गठबन्धन दलभित्रको दबाबका बीच प्रचण्डले चाहेर पनि मन्त्री फेर्ने अवस्था बनेको छैन । प्रधानमन्त्रीको यो चाहनापछि ११ माघमा राष्ट्रिय सभा सदस्यको निर्वाचन र फागुन १० मा कांग्रेसको महासमिति बैठक सकिइसकेको छ । तर, मन्त्री फेरिने गरी कुनै सुरसार वा छलफल गठबन्धन दलमा देखिएको छैन । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्य हतार र दबाबमा भन्दा पनि आवश्यकता अनुसार प्रधानमन्त्रीले मन्त्री फेर्न सक्ने बताउँछन् । 

‘प्रधानमन्त्रीले भाका दिएर यो दिन मन्त्री फेर्छु भन्नुभएको छैन । राम्ररी काम गर्नुस् कार्यसम्पादन राम्रो भएन भने मात्रै फेर्छु भनेर पटक–पटक भन्नुभएको हो,’ आचार्यले लोकान्तरसँग भने, ‘प्रतिपक्ष र पार्टीहरूले मन्त्रीको विषयमा कुरा उठाउन सक्छन् । तथ्य र प्रमाणले हटाउनैपर्ने अवस्थामा हटाउनुहोला । तर, आरोप लाग्दैमा हटाउने परम्परा बस्नेमा पनि प्रधानमन्त्री सचेत हुनुहुन्छ । तत्काल गठबन्धनको बैठक पनि बोलाइएको छैन ।’ 

प्रधानमन्त्रीको मन्त्री फेर्ने चाहना भए पनि यसअघि राष्ट्रिय सभा निर्वाचन, महासमिति बैठक देखाउँदै कांग्रेसले भाका सार्दै आएको छ । अब फेरि फागुन २९ गते हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचनअगाडि मन्त्री फेर्ने विषयमा कुनै तत्परता नदेखाउने तयारी कांग्रेसले गरेको छ । 

कांग्रेस सांसद रामहरि खतिवडा एक वर्षलाई भनेर मन्त्री बनाइएको भन्दै अब मन्त्रीहरू आफैं हट्ने बेला आएको बताउँछन् । ‘गत वर्षको चैत १७ गतेबाट एक वर्ष दिने अनि परिवर्तन गर्ने सहमति भएको हो । त्यसैले अब करिब–करिब मन्त्री फेर्ने बेला भयो,’ खतिवडा भन्छन्, ‘मन्त्रीका कारण सदन राम्रोसँग चल्न नसक्ने भयो । प्रधानमन्त्रीले नै धान्न नसक्ने अवस्था आयो । भोलि पनि जनताको बीचमा जानुपर्छ । यसैले नैतिकता देखाएर छाड्ने विचार मन्त्रीहरूले देखाउनुपर्छ । नैतिकता देखाउँदा नै उहाँहरूको हाइट बढ्छ ।’

null

मन्त्री फेर्ने विषयले गठबन्धन सरकार तलमाथि नहुने भन्दै उनले प्रश्न उठेपछि समाधान दिनुपर्ने बताए ।

‘संसद्मै प्रमुख प्रतिपक्षी र प्रतिपक्षीले मात्रै होइन, सत्तापक्षकै सांसदले प्रश्न उठाउने अवस्था आइदियो । यसै विषयमा प्रधानमन्त्रीले फागुन २१ गते संसदमा बोल्दै हुनुहुन्छ,’ खतिवडा भन्छन्, ‘हामीले पनि गठबन्धन बिगार्ने कुरा गरेका छैनौं । मन्त्री फेर्ने विषयले गठबन्धन तलमाथि हुँदैन । बरु प्रश्न उठ्दा चुपचाप बस्दा समस्या आउन सक्छ ।’

राष्ट्रिय सभा अध्यक्षमा कांग्रेसकै नेता कृष्णप्रसाद सिटौलालाई बनाउने विषयलाई माओवादीले सहजै मान्ने अवस्था देखाएको छैन । सिटौलालाई सदस्यको उम्मेदवार बनाउँदा प्रचण्ड र देउवा दुवैले राष्ट्रिय सभाको अध्यक्षसम्म बनाउने वचन दिएका थिए । तर, कोशीमा सिटौला जित्दा माओवादी उम्मेदवार चम्पादेवी कार्की पराजित भइन् । त्यसपछि भने राष्ट्रिय सभाको अध्यक्ष आफैंले राख्नुपर्ने मत माओवादीमा बलियो बनेको छ । यसैले प्रचण्डले मात्रै चाहँदा पनि अध्यक्ष कांग्रेसलाई दिनेगरी सहमति बन्न गाह्रो छ । 

कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादीलाई विश्वासमा पनि लिने र आफ्ना स्वार्थ पनि पूरा गर्दै जाने नीति लिएको देखिन्छ । त्यसैले सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाएपछि मात्रै मन्त्री फेरबदल गर्न सकिने कार्ड उसले प्रधानमन्त्रीसमक्ष पुर्‍याएको हुन सक्ने नेताहरू बताउँछन् । 

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा मन्त्री फेर्ने विषयमा प्रधानमन्त्री र कांग्रेस सभापतिबीच सैद्धान्तिक सहमति भएको दाबी गर्छन् । 

‘राष्ट्रिय सभा चुनाव आइसक्यो, तर प्रधानमन्त्री र हाम्रो सभापति मन्त्री हेरफेरको विषयमा सैद्धान्तिक रूपमा सहमत हुनुहुन्छ । कहिले कति जना र कसरी फेर्ने भन्ने मात्रै कुरा बाँकी हो,’ विश्वकर्माले लोकान्तरसँग भने, ‘संसदीय व्यवस्था प्रधानमन्त्रीय प्रणाली हो । प्रधानमन्त्रीले तीनचारपटक मन्त्री फेर्छु भनिसक्नुभयो, यसमा कांग्रेसले सजिलो बनाइदिनुपर्छ । हामीले सहयोग गर्ने हो ।’

कांग्रेस प्रचार विभाग प्रमुख विश्वकर्माका अनुसार सभापति देउवा उपसभापति पूर्णबहादुर खड्कालाई लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । ‘हाम्रो महासमितिको बैठक सकिएपछि ११ गते बिहान सभापति र उपसभापति बालुवाटार जानुभएको थियो,’ विश्वकर्माले भने, ‘हाम्रो महासमिति बैठकबारे केही भ्रम भएको हुन सक्ने भएकोले सभापतिले स्पष्ट पार्नुभएको छ । हाम्रो निर्णय पनि यो गठबन्धनलाई नै निरन्तरता दिएर अगाडि बढाउने भन्ने छ ।’ सो बैठकमा पनि गठबन्धन सरकार चलाउने, मन्त्री फेरबदलको होमवर्कसहितका विषयमा छलफल भएको हुन सक्ने विश्वकर्मा बताउँछन् ।

‘कोशीको हाम्रो उम्मेदवार जित्ने र माओवादीको हार्ने हुँदा उहाँहरूमा आवेग र हामीलाई लाज भएको छ,’ विश्वकर्माले भने, ‘जस्तासुकै समस्या आए पनि शीर्ष तहमा बसेर नेताले मिलाउँदै आउनुभएको छ । खटपट नभई समाधान हुँदैन ।’

भ्रष्टाचारविरोधी र सुशासनका पक्षमा जनताले पत्याउने गरी काम गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै आएको दाबी विश्वकर्माको छ । प्रधानमन्त्रीले चाहँदा जतिखेर पनि मन्त्री फेरबदल हुने उनी बताउँछन् । 

माओवादीले अध्यक्षमा दाबी गरेपछि मन्त्री फेर्न तयार हुने गरी सिटौलाको नाममा सहमति जुटाउने प्रयास देउवाले गर्नसक्ने उनी बताउँछन् । तर राष्ट्रिय सभा अध्यक्ष र मन्त्री फेरबदलको विषयले गठबन्धनमा समस्या नल्याउने उनको दाबी छ ।

‘कोशीको हाम्रो उम्मेदवार जित्ने र माओवादीको हार्ने हुँदा उहाँहरूमा आवेग र हामीलाई लाज भएको छ,’ उनले भने, ‘जस्तासुकै समस्या आए पनि शीर्ष तहमा बसेर नेताले मिलाउँदै आउनुभएको छ । खटपट नभई समाधान हुँदैन ।’

कांग्रेसले महासमिति बैठकबाट कार्यक्रमिक र वैधानिक हिसाबले सरकार र गठबन्धनविरोधी निर्णय नगरेकाले कुनै तनाव नआउने तर्क उनले गरे ।

बालकुमारीमा दुई युवाको ज्यान जाने गरी मन्त्री ज्वाला जोडिएको विषयमा भने प्रतिवेदन अध्ययन गरेर निर्णय गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्य बताउँछन् । 

‘प्रतिवेदन अध्ययन र सम्बन्धित दलसँग छलफल गरेर आवश्यक निर्णय गर्नुहोला,’ आचार्यले भने, ‘कांग्रेसभित्रको एउटा पक्षले सरकार र गठबन्धनविरोधी कुरा गरे पनि प्रधानमन्त्री र कांग्रेस सभापतिसँग अहिलेसम्म राम्रो सम्बन्ध र समझदारी छ । कांग्रेस सभापतिले हरेक पाइलामा साथ दिनुभएको छ ।’

कांग्रेसको एउटा पक्षले चलाएको गठबन्धनविरोधी अभियानले प्रधानमन्त्री र देउवालाई झन् नजिक ल्याउन बाध्य बनाएको संकेत उनले गरे । 

ठूलो दल भएकाले राष्ट्रिय सभामा माओवादीले नै अध्यक्ष दाबी गर्दा पनि गठबन्धनमा समस्या नआउने उनको तर्क छ ।

‘राष्ट्रिय सभामा माओवादी पहिलो दल हो । यसैले कांग्रेस र एमालेविना गठबन्धनका अरु दलको सहयोगमा माओवादीले आफ्नो उम्मेदवार जिताउन सक्छ,’ आचार्य भन्छन्, ‘कांग्रेसको पनि दाबी होला । तर, यही अध्यक्षको मात्रै विषयले गठबन्धनमा समस्या आउँदैन ।’

माओवादीभित्र कांग्रेसले प्रयोगमात्रै गर्ने र सिटौला अध्यक्ष भएपछि फेरि बजेटको बहाना झिक्ने शंका व्याप्त छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x