×

NMB BANK
NIC ASIA

टी–२० श्रृंखलाको पहिलो खेलमा आज नेपाल नामिबियासँग भिड्दै

काठमाडाैं | फागुन १५, २०८०

NTC
तस्वीर साभारः नेपाल क्रिकेट संघ (क्यान) ।
Premier Steels

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले टी–२० क्रिकेट त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा आज नामिबियाको सामना गर्दैछ । खेल बिहान ११ः३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुरू हुनेछ ।

Muktinath Bank

नेपालले यसै वर्षको जुनमा हुने टी–२० विश्वकपको तयारीको शुरूवातस्वरुप यो श्रृंखलालाई खेल्न लागेको हो । त्रिकोणात्मक श्रृंखलामा नेदरल्यान्ड्स पनि समावेश छ । नामिबिया र नेदरल्यान्ड्सले पनि विश्वकप खेल्दैछन् । नेपाल र नेदरल्यान्ड्स एकै समूहमा छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइसीसी क्रिकेट विश्वकप लिग–२ को समापनपछि नेपाल, नामिबिया र नेदरल्यान्ड्सले टी–२० श्रृंखलामा प्रतिस्पर्धा गर्न लागेका हुन् ।


Advertisment
Nabil box
Kumari

यस्तै श्रृंखलाअन्तर्गत नेपालले बुधवार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

Vianet communication

यसैगरी बिहीवार नामिबिया र नेदरल्याण्ड्स भिड्दा शुक्रवार नेपाल र नामिबिया दोस्रो पटक भिड्ने छन् । 

त्यसैगरी नेपाल र नेदरल्यान्ड्सको दोस्रो भेट शनिवार हुनेछ । तीनमध्ये शीर्ष दुईले उपाधिका लागि आइतवार खेल्ने छन् ।

यसअघि नेपाल क्रिकेट संघ (क्यान)ले आइतवार साँझ त्रिकोणात्मक टी– २० श्रृंखलाका लागि नेपाली टोलीको घोषणा गरेको थियो ।

रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरिएको हो । 

क्यानले विश्वकप लिग–२ खेलेको टोलीबाट ४ खेलाडी थप्दै टोली घोषणा गरेको थियो ।

नेपाल ‘ए’ टीमका कप्तान विनोद भण्डारीसहित सन्दीप जोरा, विवेक यादव, प्रतिश जीसी, रासिद खान र सागर ढकाल गरी ६ खेलाडी टोलीमा समावेश भएका छन् । 

नेपाल ‘ए’ले हालै क्यानडासँग सिरिज खेलेको थियो । ३ मध्ये १ खेल जितेको थियो ।

यस्तै पीएम कपमा चोट बोकेका अभिनाश बोहोरा टोलीमा फर्केका थिए ।

तर लिग– २ खेलेको टोलीमा रहेका देव खनाल, भीम सार्की, सूर्य तामाङ र पवन सर्राफ भने बाहिरिएका थिए ।

यस्ताे छनेपाली​ टाेली:

null

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x