×

NMB BANK
NIC ASIA

एन्फाले यो वर्ष ‘ए’ डिभिजन लिग नगर्ने, अर्को वर्ष डबल राउन्डमा हुने

काठमाडाैं | फागुन १५, २०८०

NTC
Premier Steels

नेपालमा घरेलु फूटबलको सबैभन्दा माथिल्लो स्तरको प्रतियोगिता शहीद स्मारक ‘ए’ डिभिजन लिग यो वर्ष आयोजना नहुने भएको छ ।

Muktinath Bank

अखिल नेपाल फूटबल संघ (एन्फा)को सोमवार बसेको साधारण सभाले यो वर्ष लिग गर्न नसकिने निर्णय गरेको प्रवक्ता सुरेश शाहले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो वर्ष ‘बी’ र ‘सी’ डिभिजन आयोजना गर्न असफल भएकाले त्यसको असर ‘ए’मा पनि परेको उनको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

यो वर्ष नगरे पनि अर्को वर्ष भने डबल राउन्ड लिग हुने एन्फाले जनाएको छ । २०८१ पुस १२ गतेदेखि आयोजना गर्ने एन्फाको क्यालेन्डरमा उल्लेख छ ।

Vianet communication

‘अबको ‘ए’ डिभिजन लिग डबल राउन्ड रोविन लिगका आधारमा शुक्रवार, शनिवार र आइतवार समान २ खेल खेलाइने छ,’ क्यालेन्डरमा उल्लेख छ ।

क्यालेन्डर अनुसार ‘बी’ डिभिजन लिग चैत २५ गतेबाट र ‘सी’ डिभिजन चैत २२ गते शुरू हुनेछ ।

एन्फाले अर्को वर्ष एन्फा यू–१६ युथ लिग, जिल्ला लिग, यू–२१ फूटबल, यू–१५ छात्रा छात्र फूटबल, ग्रासरुट लिग, प्रदेश लिग, एन्फा प्रेसिडेन्ट लिग, ललित स्मृति यू–१८ युथ लिग तथा यू–१८ महिला युथ लिग र ‘ए’ डिभिजन फुटसल लिग आयोजना गर्ने उल्लेख गरेको छ ।

यस्तै महिला लिग च्याम्पियनसिप दुई चरणमा आयोजना गर्नेगरी क्यालेन्डर तयार पारिएको एन्फाले जनाएको छ ।

सोमवारको बैठक एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित पदाधिकारी, सदस्य १० जना र ‘बी’ डिभिजन लिग क्लबले भने बहिष्कार गरेका थिए ।

केन्द्रीय समितिका आधाभन्दा बढी पदाधिकारी र सदस्य उपस्थित नभएपनि साधारण सभाले प्रस्तावित सबै विषयलाई पारित गरेको थियो ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

बैशाख २७, २०८१

खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।   साहसिक खेल ‘रक क्...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x