×

NMB BANK
NIC ASIA

छात्राको मृत्यु प्रकरण : अनुसन्धानमा प्रभाव पार्ने सामग्री सम्प्रेषण नगर्न चितवन प्रहरीको अनुरोध

चितवन | फागुन १९, २०८०

NTC
Premier Steels

जिल्ला प्रहरी कार्यालयले चितवनले केही दिनअघि रत्ननगर नगरपालिका वडा नं १० मा रहेको एकता शिशु निकेतन बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्राको मृत्यु घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको भन्दै अनुसन्धानमा प्रभाव पार्ने कुनै पनि विषयवस्तु सम्प्रेषण नगर्न आग्रह गरेको छ । 

Muktinath Bank

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले आज एक विज्ञप्ति जारी गर्दै अनुसन्धानका वैज्ञानिक परीक्षण प्रतिवेदनहरू हालसम्म प्राप्त नभएको अवस्थामा अनुसन्धानमा प्रभाव पर्ने गरी कुनै पनि विषयवस्तु सम्प्रेषण नगरीदिन आग्रह गरेका हुन् ।  विज्ञप्तिमा घटनाबारे गम्भीररूपमा अनुसन्धान भइरहेको पनि उल्लेख छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“विद्यालयको होस्टलका अन्य साथीसहित बस्ने कोठाको सिलिङ पङ्खामा डोरीको पासो लगाई झुण्डी छात्राको मृत्यु भएको घटनाबारे जानकारी प्राप्त हुनासाथ तत्काल वरिष्ठ प्रहरी अधिकृतको कमाण्डमा घटनास्थल विशेषज्ञसहितको अनुसन्धान टोली घटनास्थलमा खटी घटनास्थल र मृतक शवको सुक्ष्म अवलोकन गरी प्रारम्भिक चरणका अनुसन्धानका काम सम्पन्न गरी हाल सो घटनाको गम्भीररूपमा थप अनुसन्धान भइरहेको छ”, विज्ञप्तिमा भनिएको छ ।


Advertisment
Nabil box
Kumari

बालबालिकाको मृत्युजस्तो संवेदनशील विषयलाई अत्यन्त गम्भीर्यताका साथ लिई प्रचलित कानुनले निर्दिष्ट गरेबमोजिम नेपाल प्रहरीले आफ्नो पेसागत मूल्य, मान्यता, दक्षता र विवेक प्रयोग गरी अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ । “घटनाबारे वैज्ञानिक प्रयोग तथा प्राविधिक विश्लेषणसमेतका आधारमा तथ्यपरक वस्तुनिष्ठ अनुसन्धान गरिने पीडित परिवार र सम्पूर्णमा विश्वास दिलाउँछौँ”, प्रहरीले भनेको छ । 

Vianet communication

प्रहरीले घटनाको तथ्यपरक वस्तुनिष्ठ अनुसन्धान जारी रहेको अवस्थामा यसै घटनालाई लिई विभिन्न सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सम्प्रेषित विषयवस्तुप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएकोसमेत उल्लेख गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x