कात्तिक २३, २०८०
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
काठमाडाैं | फागुन २०, २०८०
गाजा पट्टीमा इजरायलले शनिबार रातभर गरेको हवाइ हमलामा कम्तीमा ३० जना प्यालेस्टाइनीको मृत्यु भएको छ । हमलामा थुप्रै घाइते भएको प्यालेस्टाइनी सुरक्षा र चिकित्सा स्रोतहरूले आइतबार बताएका छन्।
स्रोतले सिन्ह्वालाई बताए अनुसार इजरायली लडाकु विमानहरूले गाजामा हिजो राति ५० पटकभन्दा बढी आक्रमण गरेका थिए । गाजाका रफाह, खान युनिस, देर अल–बालाह र जबलिया शहरका घर र अन्य मानवीय संरचनाहरूलाई आक्रमणको निशाना बनाइएको थियो ।
दक्षिणी गाजाको रफाहको अल–सलामस्थित घरमा गरिएको आक्रमणमा बालबालिका र महिलासहित १६ जना प्यालेस्टाइनीको मृत्यु भएको स्थानीय चिकित्सा स्रोतहरूले बताएका छन्। यसैगरी इजरायली विमानले गाजा शहरको उत्तरमा रहेको अल–सफ्तावी नजिकैको घरमा बम आक्रमण गरेको थियो जसमा ४ जना प्यालेस्टाइनीको मृत्यु भएको छ भने अन्य थुप्रै घाइते भएका छन् ।
यसैगरी उत्तरी गाजा पट्टीको जबलिया शरणार्थी शिविरमा इजरायली सेनाले गरेको आक्रमणबाट १० जना प्यालेस्टाइनीहरू मारिएका छन् । द्वन्द्वले विस्थापित व्यक्तिहरूको आवास नजिक आक्रमणको निशाना बनाइएको स्रोतले दाबी गरेको छ ।
उता इजरायली सेनाले गाजा पट्टीको दक्षिणमा रहेको खान युनिस शहरमा शनिबार आफ्ना ३ जना सैनिक मारिएको बताएको छ । इस्लामिक प्रतिरोध आन्दोलन (हमास) को सशस्त्र शाखा, अल–कसाम ब्रिगेड्सले पनि शनिबार खान युनिस शहरको उत्तरमा रहेको अल–सतार क्षेत्रमा इजरायली सैनिकहरू मारिएको र घाइते भएको बताएका छन् ।
यसैबीच इजिप्टका अधिकारीहरूसँग युद्धविराम सम्झौतामा वार्ता गर्न हमासको उच्चस्तरीय प्रतिनिधिमण्डल कायरो पुगेको छ । प्राप्त विवरण अनुसार गत २४ घण्टामा गाजामा इजरायली हमलाबाट ९० जना प्यालेस्टाइनीको मृत्यु भएको छ भने १७७ जना घाइते भएका छन् ।
योसँगै इजरायल–हमास संघर्ष शुरु भएदेखि मृत्यु हुनेको सङ्ख्या ३० हजार ४१० पुगेको र ७१ हजार ७०० घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ ।
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...