×

NMB BANK
NIC ASIA

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडाैं | फागुन २४, २०८०

NTC
Premier Steels

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले उकालो लागेर दुई हजार ३० दशमलव ५५ मा पुगेको छ ।

Muktinath Bank

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ९० अङ्कले उकालो लागेर तीन सय ६० दशमलव २७ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा १० उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कूल ८९ लाख २९ हजार एक सय ५२ कित्ता शेयर रु तीन अर्ब १९ करोड ९२ लाख पाँच हजार आठ सय २० मूल्यमा कारोबार भयो । नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु ५६ करोड २० लाख बराबरको कारोबार भयो ।


Advertisment
Nabil box
Kumari

शिवम् सिमेन्ट रु १६ करोड ४१ लाख २२ हजार आठ सय ६२, सोनापुर मिनरल्स रु १३ करोड ४१ लाख ४२ हजार चार सय ८४, मैलुङ हाइड्रोपावर रु १३ करोड ३७ लाख ७४ हजार तीन सय ६१ र हाथवे इन्भेस्टमेन्टको रु नौ करोड ७९ लाख ५६ हजार तीन सय ५६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

Vianet communication

नेप्सेका अनुसार पिपल्स हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । चिर्खवा हाइड्रोपावर आठ दशमलव ९७, मध्य भोटेकोशी जलविद्युत् कम्पनी छ दशमलव शुन्य आठ, बुद्धभूमि नेपाल हाइड्रोपावर पाँच दशमलव ९६ र हाथवे इन्भेस्टमेन्टका लगानीकर्ताले पाँच दशमलव ६४ प्रतिशतले कमाएका छन् । कारोबार भएकामध्ये आज एक सय ७६ कम्पनीको शेयर मूल्यमा वबृद्धि भएको छ ।

त्यस्तै, एनआईसी एशिया ग्रोथ फण्ड दोस्रो छ दशमलव २१, सामलिङ पावर कम्पनी पाँच दशमलव शून्य दुई, बोटलर्स नेपाल तराई चार दशमलव ३५, एनएमबी ५० तीन दशमलव ८८ र हिमालयन बैंकको सामूहिक लगानी कोषका लगानीकर्ताले तीन दशमलव ८५ प्रतिशतले गुमाएका छन् । बिहीवार कारोबार भएकामध्ये ५९ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । शेयर कारोबार हुने साताको अन्तिम दिनसम्म आइपुग्दा बजार भने उकालो लागेर बन्द भएको छ ।

सोमवार उच्च अङ्कले वृद्धि भई सकारात्मक सर्किट लागेर बन्द भएको थियो । मङ्गलवार भने बजार पुनः उच्च अङ्कले नै ओरालो लागेको थियो । नयाँ अर्थमन्त्रीलाई स्वागत गर्दै बुधवार पनि बजारले हरियो झण्डा देखाएको थियो । आज पनि नेप्से परिसूचक उकालो लागेर बन्द भएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २६, २०८१

लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका २ वटा शाखा स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका वड...

बैशाख ३१, २०८१

माछापुच्छ्रे बैंकले 'न्यू स्मार्ट तलब खाता' अन्तर्गत दुर्घटनामा परी मृत्यु भएकाको परिवारलाई बीमा रकम भुक्तानी गरेको छ ।​​​​​​ वीरगन्जको आदर्शनगरस्थित बैंकको शाखामा ...

जेठ १, २०८१

शेयर बजारमा मंगलबार जलविद्युतका सेयर अस्वाभाविकरुपमा बढेको छ । नेप्से परिसूचक २८.६२ अंकले बढ्दै २०२७.५१ को विन्दुमा पुगेको छ । यो साता नेप्सेमा लगातार दोस्रो दिन दोहोरो अंकको बढोत्तरी भएको हो ।  मं...

बैशाख २५, २०८१

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ । केही समयअघि साउदी अर...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

बैशाख २६, २०८१

नबिल बैंक लिमिटेडले मातातीर्थ औँसीको अवसरमा ​सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ । हरेकको पहिचान बनाउन साथ दिने आमालाई आफ्नो पहिचान बनाएर अघि बढ्न प्रोत्साहन गर्नुपर्छ भन्ने मूल सन्देशका साथ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x