मंसिर ४, २०८०
एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...
काठमाडाैं | फागुन २४, २०८०
ग्लोबल आईएमई बैंक लिमिटेडका थप ४१ वटा शाखा कार्यालयले एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेका छन् ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरू पहिचान गरी उक्त कार्यक्रम गरिएको बैंकले जनाएको छ ।
कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमी, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्ति, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीको सहभागिता रहेको थियो ।
मुलुकका विभिन्न जिल्लाका ४१ स्थानमा सञ्चालित कार्यक्रममा ५ हजारभन्दा बढी व्यक्तिलाई बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवा, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ ।
बैंकले कोशी प्रदेशको झापास्थित दमक नगरपालिका र मोरङको विराटनगर महानगरपालिकामा आयोजना गरेका कार्यक्रममा २५० भन्दा बढी व्यक्तिको सहभागिता रहेको थियो । यस्तै मधेश प्रदेशअन्तर्गत सर्लाहीको मलंगवा नगरपालिकामा गरिएको कार्यक्रममा १०० भन्दा बढीको सहभागिता रहेको बैंकले जनाएको छ ।
बागमती प्रदेशअन्तर्गत काठमाडौं र ललितपुर महानगरपालिका, बूढानीलकण्ठ नगरपालिका, रामेछापको दोरम्बा शैलुङ गाउँपालिका, मन्थली नगरपालिका, धादिङको गल्छी गाउँपालिका, रसुवाको कालिका गाउँपालिका तथा गोसाइकुण्ड गाउँपालिकामा आयोजित कार्यक्रमहरूमा १ हजार २०० भन्दा बढी व्यक्तिको सहभागिता रहेको थियो ।
त्यसैगरी, गण्डकी प्रदेशअन्तर्गत स्याङ्जाको वालिङ्ग नगरपालिका, नवलपरासीको गैँडाकोट नगरपालिका, कावासोती नगरपालिका, विनयी–त्रिवेणी गाउँपालिका, लमजुङको बेशीशहर नगरपालिका, मध्यनेपाल नगरपालिका र तनहुँको भानु नगरपालिकाको कार्यक्रममा ९०० भन्दा बढी स्थानीयको सहभागिता रहेको थियो ।
यस्तै लुम्बिनी प्रदेशअन्तर्गत कपिलवस्तुको महराजगञ्ज नगरपालिका, बाणगङ्गा नगरपालिका, दाङको दंगीशरण गाउँपालिका, राप्ती गाउँपालिका, गुल्मीको मालिका गाउँपालिका, मुसीकोट नगरपालिका, चन्द्रकोट गाउँपालिका, नवलपरासीको रामग्राम नगरपालिका, पाल्पाको पूर्वखोला गाउँपालिका, रोल्पाको रोल्पा नगरपालिका, रुपन्देहीको देवदह नगरपालिका, बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, रोहिणी गाउँपालिका, सिद्धार्थनगर नगरपालिका, अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा आयोजित कार्यक्रममा २ हजार ५०० भन्दा बढी व्यक्तिको सहभागिता रहेको थियो ।
साथै, सुदूरपश्चिम प्रदेशअन्तर्गत बैतडीको डिलासैनी गाउँपालिका र डडेल्धुराको अमरगढी नगरपालिकाको कार्यक्रममा २०० भन्दा बढी लक्षितवर्गको सहभागिता रहेको बैंकले बिहीवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘यससँगै बैंकले ७६ शाखा कार्यालयबाट ९ हजारभन्दा बढी लक्षित वर्गलाई विभिन्न सचेतनात्मक तथा वित्तीय सुरक्षासम्बन्धी जानकारी प्रदान गरी बैंकिङ कारोबार गर्न उत्प्रेरित गरेको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘यस आर्थिक वर्षमा बैंकले आफ्ना ३५० भन्दा बढी शाखामार्फत यस्ता लक्षित वर्गको सहभागितामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्य राखेको छ ।’
ग्लोबल आईएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २७७ शाखा रहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन र राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्र रहेका छन् ।
एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...
नबिल बैंक लिमिटेडले मातातीर्थ औँसीको अवसरमा सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ । हरेकको पहिचान बनाउन साथ दिने आमालाई आफ्नो पहिचान बनाएर अघि बढ्न प्रोत्साहन गर्नुपर्छ भन्ने मूल सन्देशका साथ...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४५ दशमलव ६९ अङ्कले बढेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत कर्जा प्रवाह विस्तारमा केही लचिलो नीति ल...
लक्ष्मी सन्राइज बैंकले विराटनगरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । विराटनगर महानगरपालिका वडा नम्बर ७ स्थित हनुमान दास रोडमा रहेका २ शाखा मध्ये एउटा शाखा ५ किलोमिटर उत्तरत...
माछापुच्छ्रे बैंकले 'न्यू स्मार्ट तलब खाता' अन्तर्गत दुर्घटनामा परी मृत्यु भएकाको परिवारलाई बीमा रकम भुक्तानी गरेको छ । वीरगन्जको आदर्शनगरस्थित बैंकको शाखामा ...
कुमारी बैंक लिमिटेड र टिकापुरको कैलालीस्थित फिट लाइफ क्लबबीच छुट सम्झौता भएको छ । सम्झौताअनुसार ग्राहकले क्लबबाट सेवा लिएबापत भुक्तानी गर्नुपर्ने रकम कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरमारफत गर्दा ...
जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...
एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...