×

NMB BANK
NIC ASIA

संसदीय दलमा प्रचण्ड

माओवादी संसदीय दलको बैठक : राष्ट्रिय सभाको अध्यक्ष र विश्वासको मतबारे के छलफल भयो ?

काठमाडाैं | फागुन २६, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाको अध्यक्ष उम्मेदवारको टुंगो पदाधिकारी बैठक बसेर लगाउने भएको छ ।

Muktinath Bank

शनिवार बसेको संसदीय बैठकमा अध्यक्ष चुन्ने जिम्मेवारी प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई दिइएको र उनले पदाधिकारी बैठक राखेर यसबारे छलफल गर्ने बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पर्यटनमन्त्रीसमेत रहेका माओवादी सांसद हितबहादुर तामाङले लोकान्तरसँग भने, 'आजको बैठकमा मुख्यतः राष्ट्रिय सभाको अध्यक्ष र विश्वासको मत लिनेबारे छलफल भयो । ३० गते प्रतिनिधि सभाको बैठक बस्ने भएकाले सोही दिन विश्वासको मत लिने कि भन्नेबारे पनि छलफल भएको छ । मिति भने ठ्याक्कै तोकिएको छैन ।'  


Advertisment
Nabil box
Kumari

राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारीबारे पनि पदाधिकारी बैठक बसेर निर्णय लिने सहमति आजको बैठकमा भएको उनको भनाइ छ ।

Vianet communication
Laxmi Bank

आजको बैठकमा अध्यक्ष प्रचण्डले नयाँ गठबन्धन बनाउनु परेको विषयमा बोलेका थिए । प्रचण्डको भन्दै उदृत गर्दै माओवादी केन्द्रका सांसद सूर्यमान दोङ तामाङले लोकान्तरसँग भने, 'राष्ट्रिय राजनीतिलाई मध्यनजर गर्दै हामीले एमालेसँग पुनः गठबन्धन गर्ने निर्णय लिएका हौँ ।'

तामाङका अनुसार प्रचण्डले माओवादी केन्द्रलाई घेराबन्दीमा पारेर सिध्याउने षड्यन्त्र भएपछि नयाँ बाटो लिन बाध्य भएको बैठकमा बताएका थिए ।

उनले राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल आए राम्रो हुने आफ्नो विचार रहेको लोकान्तरलाई बताए ।

'मैले नारायण दाहाल आए राम्रो हुन्छ भनेको थिएँ,' उनले भने, 'अन्य नेताहरू पनि यसमा सकारात्मक हुनुहुन्छ ।'

   

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x