×

NMB BANK
NIC ASIA

सुदूरपश्चिम सरकारका मन्त्री फिर्ता हुँदैनन् : रेशम चौधरी

ठूला दलले साना पार्टीलाई भ्यागुताको धार्नी बनाए

बुटवल | फागुन २६, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नागरिक उन्मुक्ति पार्टी(नाउपा)का संरक्षक रेशम चौधरीले सुदूरपश्चिम सरकारमा सहभागी पार्टीका मन्त्रीहरू फिर्ता नहुने बताएका छन् ।

Muktinath Bank

शनिवार बुटवलमा पत्रकारहरूसँग कुरा गर्दै नेता चौधरीले सुदूरपश्चिम सरकारमा सहभागी नाउपाका मन्त्रीहरू फिर्ता नहुने स्पष्ट पारेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘पार्टीमा अन्तरद्वन्द्वलाई बढाउनु हुँदैन’, चौधरी भने, ‘कुनै ठाउँमा उहाँ (पार्टी अध्यक्ष रञ्जीता श्रेष्ठ)ले मन्त्रीहरू सरकारबाट फिर्ता आउनुपर्छ भन्ने बोल्नुभएको होला । हाम्रो पार्टीमा सरकारमा पठाउँदा र फिर्ता गर्दा केन्द्रीय समितिको निर्णय चाहिन्छ भन्ने छ । केन्द्रीय समितिको बैठकको निर्णय सबैले स्वीकार गर्नुपर्छ ।’


Advertisment
Nabil box
Kumari

केन्द्रीय समितिको बैठकले यो समस्याको समाधान गर्ने उनले बताए ।

Vianet communication
Laxmi Bank

‘हामीले नै केन्द्रीय समितिको बैठक बोलाएर यो समस्याको समाधान गर्नुहोस् भनेर भन्दै आएका छौं । पार्टीमा अन्तरद्वन्द्व हुनेछैन’, चौधरीले थपे ।

सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नाउपा भित्र स्पष्ट दुई धार देखिएको छ । संरक्षक रेशम चौधरीको निर्देशन बमोजिम नाउपाले शुक्रवार थप तीन मन्त्री सरकारमा पठाएको थियो । तर पार्टी अध्यक्ष रञ्जीता श्रेष्ठले सरकार छाड्न निर्देशन दिएकी छिन् ।

कुराकानीकै क्रममा उनले ठूला राजनीतिक दलले साना पार्टीहरूलाई भ्यागुताको धार्नी बनाएको आरोप लगाए । 'यता गयो उता पुग्ने, उता गए एता पुग्ने बनाउने काम भइरहेको छ । राजनीतिमा बलियो उपस्थिति नहोस् भन्ने नीति अवलम्बन गर्ने प्रमुख तीन दलका नेताको लक्ष्य देखिएको छ', उनले भने ।

अहिलेको गठबन्धनलाई सजिलै मापन गर्न सकिने अवस्था नरहेको उनले बताए ।

कांग्रेसका प्रदेश सांसद, संघीय सांसद र प्रदेशका मन्त्रीसहित चौधरी बुटवलमा छलफलमा छन् । तर छलफलको कुनै राजनीतिक उद्देश्य नरहेको उनले दाबी गरे । ‘यहाँको छलफलको कुनै उद्देश्य छैन । खाजा खान आएको हो’, चौधरीले भने ।

साना दलमा समस्या रहेकोले अहिले बनेको एमाले-माओवादी गठबन्धनको भविष्यलाई सजिलै मापन गर्न सकिने अवस्था आफूले नदेखेको चौधरीले बताए । जनताले अब एउटा देश बनाउने दललाई अवसर दिनुपर्ने उनको भनाइ छ ।

मन्त्री बनाउन पनि निश्चित मापदण्ड तोकिनुपर्ने नेता चौधरीले बताए । ‘सांसद संख्या १०० मात्र भएको भए हुन्छ । २७५ सांसद संख्या राख्न हुँदैन । संघमा १०० राख्ने प्रदेशमा पनि घटाउनु पर्छ, मन्त्री बन्न पनि निश्चित मापदण्ड तोक्ने गर्नुपर्छ', उनले भने ।

स्थिर सरकार बनाएर लामो समय सरकार चलाउन पाउनुपर्ने उनले बताए । 'एउटा कार्यकारी पद हुनुपर्छ । त्यो राष्ट्रपति होस् चाहे प्रधानमन्त्री होस्’, उनले भने, 'दुई चार महिनाको प्रधानमन्त्री बनाउँदा जनताले दु:ख पाउने काम मात्र भएको छ ।'

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x