×

NMB BANK
NIC ASIA

पूर्वप्रधानमन्त्री खनालको जोड– वाम शक्तिकाे एकता गर्नुपर्छ

काठमाडाैं | फागुन २७, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले मुलुकमा नयाँ वाम–लोकतान्त्रिक गठबन्धनको सरकारप्रति जनतामा नयाँ आशाको सञ्चार भएको बताएका छन् । 

Muktinath Bank

पार्टीनिकट अखिल नेपाल महिला सङ्घद्वारा शनिवार आयोजित कार्यक्रममा उनले राष्ट्र निर्माणमा बहुसङ्ख्यक जनता कम्युनिस्ट नेतृत्वको पक्षमा रहेको अवस्थामा वाम–लोकतान्त्रिक शक्तिहरूको नयाँ सरकार बनेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समकालीन राजनीतिक परिस्थितिमा वामपन्थी ध्रवीकरणको सम्भावना बढेको बताउँदै पूर्वप्रधानमन्त्री खनालले जनचाहना र मुलुकको आवश्यकतालाई प्रतिविम्बित गर्न आफ्नो पार्टी पनि सरकारमा सहभागी भएको स्पष्ट पारे ।


Advertisment
Nabil box
Kumari

मुलुकका वामपन्थी, देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र समाजवादी शक्तिसमेत यो सरकारमा सहभागी रहेका र यसप्रति सकारात्मक भाव देखिएको उनको भनाइ थियो । वाम शक्तिको एकता गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘एक वर्षअघि बनेको गठबन्धनको सरकार टुटेको छ, वामपन्थी शक्तिहरूको पहल र नेतृत्वमा  गठित सरकारलाई पार्टीको तर्फबाट स्वागत र समर्थन गर्दछु ।

Vianet communication
Laxmi Bank

पूर्वप्रधानमन्त्री खनालले संसद्मा कुनै पनि पार्टीको बहुमत नभएकाले गठबन्धन सरकार बनाउनुको आवश्यकता औँल्याउँदै नयाँ गठबन्धनलाई दायाँबायाँ गर्ने छुट नभएको प्रष्ट पारे । उनले विगतको गठबन्धनले अघि सारेका नीति, कार्यक्रम र बजेटले जनता तथा राष्ट्रको कुनै पनि आधारभूत समस्यालाई सम्बोधन गर्न नसकेको आरोप लगाउँदै वामपन्थी एकताको माग दिनप्रतिदिन बढिरहेको जिकिर गरे ।

विश्वको परिस्थिति अत्यन्त तनावयुक्त बन्दै गएको बताउँदै नेता खनालले भूराजनीतिक शक्तिहरूबीच प्रतिस्पर्धा तीव्र बनिरहेकाले मुलुकको सर्वोपरी राष्ट्रिय हितलाई ध्यानमा राखेर सन्तुलित विदेश नीति अख्तियार गर्नुपर्ने विचार व्यक्त गरे । सो अवसरमा सङ्गठन सुदृढीकरणमा योगदान गरेका नेतालाई सम्मानसमेत गरिएको थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x