×

NMB BANK
NIC ASIA

अन्तर्राष्ट्रिय विमानस्थलमा काण्डैकाण्ड

त्रिभुवन विमानस्थलमा यात्रुको लगेज फोर्नेदेखि सुन तस्करीसम्मः महाप्रबन्धक तिवारी रमिते !

काठमाडाैं | फागुन २७, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

महाप्रबन्धक प्रतापबाबु तिवारीको 'गम्भीर असक्षमता'का कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काण्डै-काण्डको थलो बनेको छ ।

Muktinath Bank

उनकै पालामा विमानस्थलबाट सबैभन्दा बढी सुन तस्करी भएको देखिन्छ भने कर्मचारी कुटाकुटदेखि यात्रुका सामान हराएको, हवाई सुरक्षामा लापरबाही भएको, भिजिट भिसामा अनियमितता देखिएको र विमानस्थल लागूऔषधको हब बनेको अवस्था छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसबाहेक विभिन्न खरिदमा अनियमितता समेत भएको छ ।


Advertisment
Nabil box
Kumari

तिवारी एक वर्षअघि फागुन १९ गते दोस्रोपटक महाप्रबन्धक बनेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छिरेका थिए । त्यसअघि २०७७ को पुसमा उनी पहिलोपल्ट महाप्रबन्धक बनेका थिए । पहिलो कार्यकालमा उनले २०७८ मङ्सिरसम्म महाप्रबन्धकको जिम्मेवारी लिएका थिए ।

Vianet communication
Laxmi Bank

गत साउन २ गते विमानस्थलको इतिहासमै सबैभन्दा धेरै सुन बरामद भएको थियो । भन्सारको गेट पास भैसकेको अवस्थामा राजस्व अनुसन्धान विभागको टोलीले छापा मारेर सुन बरामद गर्न सफल भएको थियो ।

मोटरसाइकल र स्कुटरको ‘ब्रेक सु’ मा छिपाएर ६० किलो सुन काठमाडौं ल्याइएको थियो । सुन आएकोबारे त्रिभुवन विमानस्थल, भन्सार कार्यालय र विमानस्थल सुरक्षा कार्यालय बेखबर देखिए । यसबारे अहिलेसम्म अनुसन्धान जारी छ ।

भन्सार र सुरक्षा निकायको कमजोरी देखाएर तिवारी उम्किन खोजे । तर, विमानस्थल सुरक्षाको जिम्मेवारी लिने सुरक्षा समितिका संयोजक उनै तिवारी छन् । त्यसबाहेक अध्यागमन, भन्सारलगायत विमानस्थलमा रहने ५० भन्दा बढी सरकारी निकायबीच समन्वय गरिदिने जिम्मेवारी महाप्रबन्धककै हुन्छ ।

महाप्रबन्धककै निकम्मापनका कारण विमानस्थल हवाई सुरक्षाको स्तर पनि कमजोर बन्दै गइरहेको विमानस्थलकै कर्मचारीहरू बताउँछन् ।

नाम उल्लेख नगर्ने शर्तमा एक कर्मचारीले लोकान्तरसँग भने, 'हवाई सुरक्षा रणनीति तय गर्न अध्यागमन, नेपाल प्रहरी, नेशनल इन्टेलिजेन्स डिपार्टमेन्ट, नेपाली सेना, सशस्त्र प्रहरी, भन्सार, नागरिक उड्डयन प्राधिकरणबीच जीएमले उपयुक्त समन्वय गर्न सकिरहनुभएको छैन ।'

उनले यात्रु र यात्रुका आफन्तलाई पास दिन खडा गरिएको पास इकाईले नेपाल प्रहरीसँग सूचना आदानप्रदान नगर्ने समस्या रहेको बताए ।

यसका कारण जस्तोसुकै अपराधी या खराब चरित्र भएको व्यक्ति आनन्दसँग विमानस्थलमा गएर लुक्न सक्ने उनको चिन्ता छ ।

'विमानस्थल बाहिरबाट देखिएभन्दा बढी तस्करको क्रिडास्थल बनेको छ,' उनले भने, 'दिनदिनै यात्रुले सामान हराएको गुनासो गर्छन् । सुनमात्र होइन, भन्सारबाट अन्य गैर-कानूनी सामानहरू पनि सजिलै पास भइरहेका छन् । कतिपय कमजोरी मिडियाले थाहा पाएकै छैनन् । थाहा पाएको दिन यहाँ थप बबन्डर हुन्छ ।'

कर्मचारीको आन्दोलनदेखि मुक्कामुक्कीसम्म

गत साउनमा ठूलो परिणाममा सुन समातिएपछि विमानस्थलका कर्मचारीहरूतिर पनि औंला उठ्यो । त्यत्रो परिमाणको सुन तस्करी हुनुमा विमानस्थल र भन्सार कर्मचारीको मिलेमतो त छैन ? भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्ने नै भयो । आफूमाथि प्रश्न उठेपछि कर्मचारीहरूले आन्दोलन गरे । आफूहरू हतोत्साहित भएको बयानबाजी गरे । यात्रुलाई हदैसम्म दु:ख दिने काम भयो त्यतिबेला ।

त्यतिबेलाको परिस्थिति सम्हाल्न तिवारी अघि सरेनन्, बरु उनले भन्सार विभागको मुख ताकिरहे । त्यतिबेला तिवारीले समन्वयात्मक पहल लिएको भए आन्दोलनको वातावरण नहुने र यात्रुले दु:ख पाउने थिएनन् ।

गत माघ दोस्रो साता सार्वजनिक एक सीसीटीभी फूटेजमा अध्यागमनका कर्मचारी र प्रहरीबीच कुटाकुट चलिरहेको देख्न सकिन्थ्यो । अधिकृत छायाँलाल मोक्तान र केही प्रहरीबीच भएको वादविवाद कुटाकुटमा परिणत भएको थियो । देशको छवि जोडिएको अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यस्तो कुटाकुटले देशकै प्रतिष्ठा गिराउने काम गर्‍यो ।

उक्त कुटाकुटको लहरो भिजिट भिसाको सेटिङसम्म पुग्यो । घटनाबारे छानबिन गरिरहेको प्रहरी स्रोतले लोकान्तरसँग भन्यो, 'भिजिट भिसामा हुने सेटिङ तोड्न चलाइएको अपरेसनमा ४२ भन्दा बढी कर्मचारीहरू पक्राउ परेका छन्, त्यही रिसमा अध्यागमन अधिकृतले प्रहरीसँग रिस साँधेको हुन सक्ने देखिन्छ ।'

तर, अध्यागमनका कर्मचारीहरूले भने प्रहरीले आफ्नो मुड चलेको बेलामा मात्रै चेकजाँच गर्ने गरेको, कुनै बेला दोहोर्‍याइतेहेर्‍याइ चेक गर्ने, कुनै बेला नगर्ने आरोप लगाउने गरेका छन् । 

विभिन्न निकायबीच देखिएको असन्तुष्टि र विवादबीच समन्वय गर्ने जिम्मेवारी पाएका जीएम तिवारी भने विमानस्थलको प्रतिष्ठासँग जोडिएको विषयलाई नजरअन्दाज गरेर बसेका छन् ।​

जब विदेशी पाइलटले भने'आई विल नेभर फ्लाइ टु नेपाल'

गत माघ ८ गते विमानस्थलका कर्मचारीले आन्दोलन गर्दा विदेशबाट उडेर आएका यात्रुहरू बिचल्लीमा परे ।

कर्मचारीको आन्दोलनका कारण कुल २२ काउन्टर मध्ये ४ मात्र सञ्चालनमा आएको थियो । यही कारणले यात्रुहरूले सास्ती भोग्नुपरेको थियो ।

कर्मचारी आन्दोलनको प्रमुख कारण थियो- भिजिट भिसामा मानव तस्करी प्रकरणमा प्रहरीले धरपकड गर्नु ।

जापानको नारिताबाट आएको जहाजका एक पाइलटले यात्रुको बिचल्ली देखेपछि भनेका थिए, 'सो डिस्गस्टिङ, आइ विल नेभर फ्लाइ टू नेपाल अगेन ।'

‘म जापानको नारिताबाट १० घण्टाको हवाई उडान गरेर आएको हुँ । विमान उडाउने बेला भयो, तर ३ घण्टादेखि यात्रु अध्यागमनको लाइनमै छन्,’ ती पाइलटको भनाइ उद्धृत गर्दै एक कर्मचारीले लोकान्तरसँग भने, ‘त्यो दिन उनी आई विल नेभर फ्लाइ टु नेपाल अगेन भनेर बिदा भए ।’

यसबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारीसमेत रहेका उप-निर्देशक तेजबहादुर पौडेलले लोकान्तरसँग भने, 'विमानस्थलका कर्मचारीभन्दा पनि अध्यागमनका कर्मचारीहरूले आन्दोलन गरेका हुन् । त्यो गृह मन्त्रालयअन्तर्गत पर्छ, हामीले चाहेर पनि कतिपय अन्य निकायबारे निर्णय लिन सक्दैनौं ।'

भ्रष्टाचारको अड्डा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले २० करोडभन्दा बढीमा विभिन्न उपकरण खरिद गर्दा आर्थिक अनियमितता गरेको केही दिनअघि लोकान्तरले खुलासा गरेको थियो ।

महाप्रबन्धक प्रतापबाबु तिवारी र तत्कालीन महाप्रबन्धक देवेन्द्र केसीको कार्यकालमा उक्त अनियमितता भएको हो ।

आर्थिक वर्ष २०७६/०७७ र आर्थिक वर्ष २०७७/०७८ मा टीआईएले सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्धारित मापदण्डविपरीत ठेक्का आह्वान गरी मिलेमतोमा करोडौंको सामान तथा उपकरण किनेर अनियमितता गरेको पाइएको हो ।

एस्केलेटर ल्याडर खरिद, भीएचएफ सेट, राडार सिस्टमसहितको उपकरण खरिद, १ हजार किलोवाटको यूपीएस खरिद, एम्बुलेन्स खरिद, मेटल डिटेक्टर मशिन, चरा धपाउने मशिनसहित विभिन्न उपकरण खरिद तथा जडानमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको छ ।

यसअघि तिवारीकै अघिल्लो कार्यकालमा २०७७ साल चैतमा विमानस्थलमा टर्मिनल उपकरणको साझा उपयोग शुल्क असुलउपर गर्ने क्रममा नीतिगत भ्रष्टाचार भएको लोकान्तरले नै खुलासा गरेको थियो ।

क्युट सेवाबापत प्रति यात्रुबाट १ अमेरिकी डलर असुल गर्ने गरी सम्झौता गर्नुपर्नेमा नियमावलीमा भएको प्रावधानविपरीत प्रत्येक यात्रुसँग शून्य दशमलव ३७५ अमेरिकी डलर लिन पाउने गरी सम्झौता गरेको र ठेकेदार कम्पनीलाई अतिरिक्त लाभ र राजश्वमा हानी नोक्सानी पुर्‍याइएको थियो ।

गत सालको माघ ९ गते विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुडाललाई अख्तियारले समातेको थियो । गत सालको माघ २७ गते तत्कालीन प्रमुख प्रेमनाथ ठाकुर १० लाख घुस मागेको अडियो सार्वजनिक भएपछि निलम्बनमा परेका थिए ।

यी भ्रष्टाचारका केही उदाहरण मात्र हुन् । तिवारीको कार्यकालमा भ्रष्टाचार बढ्ने गरेको देखिन्छ नि भन्ने प्रश्नमा विमानस्थलका एक कर्मचारीले भने, 'उहाँबाट कुनै विशेष निगरानी हुँदैन, विभिन्न संयन्त्रबीच समन्वय गर्नुहुन्न । अनि यस्तो अवस्थामा बढ्ने असुरक्षा र भ्रष्टाचार त हो नि !'

फितलो समन्वयकारी भूमिका

नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौला विमानस्थलको महाप्रबन्धले राम्रोसँग समन्वयकारी भूमिका खेल्नुपर्ने बताउँछन् । समन्वयकै अभावमा कहिलेकाहीँ समस्या देखिने गरेको उनको स्वीकारोक्ति छ ।

'विमानस्थलको प्रशासन भनेको क्यानको एउटा ब्रान्च अफिस जस्तै हो,' उनले भने, 'त्रिभुवन विमानस्थलको रेगुलेटरी काम सबै हामीले हेर्छौं, उहाँहरूले हेर्ने भनेको सेवा प्रदानको पक्ष हो । तर, विमानस्थलको प्रमुख भएकाले त्यहाँ काम गर्ने सबै सरकारी निकायबीच बलियो गरेर समन्वय गरिदिन सक्नुपर्छ ।'

तिवारीको असक्षमताकै कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल थप बदनाम त भइरहेको छैन त ? भन्ने प्रश्नमा निरौलाले केही व्यवस्थापकीय कमजोरी भएको हुन सक्ने र त्यसलाई सुधार्दै लैजान सकिने बताए ।

विमानस्थलका सूचना अधिकारी तेजबहादुर पौडेलले विमानस्थल प्रशासनले गर्ने व्यवस्थापकीय काममा कहिलेकाहीँ समस्या आउन सक्ने र अधिकांश समस्या अन्य सरकारी संयन्त्रबाट देखिने गरेको बताए ।

उनले लोकान्तरसँग भने, 'हाम्रो महाप्रबन्धक विमानस्थलको घरमूलिजस्तै हो । विमानस्थलमा देखिने सबै समस्याहरू समाधान गर्न पहल भइरहेको हुन्छ, तर कतिपय विषय सरकारका अन्य संयन्त्रबाट पनि सिर्जना भएको छ । त्यसको समाधान सम्बन्धित निकायले नै गर्नुपर्छ । समन्वयचाहिँ हामीले गर्नुपर्छ, तर समन्वय र समाधान एउटै विषय होइन ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x