×

NMB BANK
NIC ASIA

प्रधानमन्त्रीलाई विश्वासको मत

२६८ बाट १५७ मा झर्‍यो प्रचण्डमाथि सांसदको समर्थन

काठमाडाैं | फागुन ३०, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट तेस्रोपटक विश्वासको मत पाएपनि उनलाई समर्थन गर्ने सांसदको संख्या भने घटेको पाइएको छ ।

Muktinath Bank

यसअघि प्रचण्डले २०७९ पुस २६ गते पहिलोपटक विश्वासको मत लिएका थिए । त्यो बेला उनले २७५ मध्ये २६८ सांसदको समर्थन थियाे । सो समयमा नेपाली कांग्रेस, नेकपा (एमाले)सहित प्रायः सबै दलले प्रचण्डको पक्षमा मतदान गरेका थिए । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय जनमोर्चाले मात्रै विपक्षमा मतदान गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुधवार प्रतिनिधिसभामा भएको मत विभाजनमा प्रचण्डले १५७ मत पाएका छन् । पहिलाे पटकको तुलनामा यो पटक १११ सांसद संख्या घटेको हो । 


Advertisment
Nabil box
Kumari

बुधवार विपक्षमा कांग्रेससहित ११० मत पर्यो । बहुमतका लागि १३८ मत आवश्यक पर्नेमा प्रचण्डले १९ मत बढी पाए । 

Vianet communication
Laxmi Bank

२६८ सांसद उपस्थित भएकोमा १ सांसदले पक्ष/विपक्ष कतै पनि मत दिएनन् ।

प्रचण्डलाई नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले मत दिएका थिए । 

कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेमकिपा र राष्ट्रिय जनमोर्चाले विपक्षमा मतदान गरे । कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि प्रचण्डले संसद्मा तेस्रोपटक विश्वासको मत लिएका हुन् । 

यसअघि प्रचण्डले २०७९ पुस २६ गते पहिलोपटक विश्वासको मत लिएका थिए । त्यो बेला प्रचण्डले २७५ मध्ये २६८ सांसदको समर्थन पाएका थिए ।

२०७९ चैत ६ गते प्रचण्डले दोस्रोपटक विश्वासको मत लिएका थिए । त्यो बेला प्रचण्डले संसद्का १७२ सांसदको समर्थन पाएका थिए । 

एमालेसहितका दलको समर्थनमा प्रचण्ड २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x