कात्तिक २५, २०८०
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
विराटनगर | चैत ६, २०८०
प्रेममा धोका पाएपछि शिवशंकर दासले प्रेमिकाको हत्या गरेको खुलेको छ । सिराहाको लहान नगरपालिका–२१ मोतीपुर घर भएका २३ वर्षीय शिवशंकरले २५ वर्षीया प्रेमीका नर्स चन्द्रिकाकुमारी दासको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।
शिवशंकरले प्रेमीकाको हत्या गरेको तीन दिनपछि उनले आत्महत्या गरेको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको छ । शिवशंकरले विराटनगरको नोबेल शिक्षण अस्पतालअगाडि रहेको एक होटेलको कोठामा झुन्डिएर आत्महत्या गरेका हुन् । होटेलको कोठामा झुण्डिएको अवस्थामा उनको शव आइतबार राति फेला परेको थियो । शिवशंकरले आत्महत्या गरेको होटेल चन्द्रिकाको हत्या गरेको कोठादेखि करिब तीन सय मिटर पूर्वमा पर्दछ । बिहीबार (चैत १ गते) ४ बजेतिर चन्द्रिकाको हत्या गरेर उनी फरार भएका थिए । उनको शव भने शुक्रवार दिउँसो मात्रै भेटिएको थियो ।
अस्पतालको अर्थाे (हाडजोर्नी) विभागमा कार्यरत चन्द्रिकाको घर सिराहाको फुल्काहकट्टी हो । चन्द्रिका र शिवशंकरबीच चार वर्ष अगाडिदेखि प्रेम सम्बन्धमा रहेको देखिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । उनले चन्द्रिका भनेर हातमा ट्याटु पनि खोपेका थिए ।
गत वैशाखमा वैदेशिक रोजगारमा शिवशंकर मलेसिया गएपछि चन्द्रिका सिराहा घर भएका अर्का एक युवकसँग प्रेममा थिइन् । ती युवक सीएमए हुन् । प्रेमीकाको आफूलाई धोका दिएर अर्कैसँग सम्बन्ध बनाएको थाहा पाएपछि मलेसियाबाट हत्या गर्ने योजना बनाएर शिवशंकर आएको अनुसन्धानबाट खुलेको डीएसपी दाहालले बताए ।
विराटनगर–४ बुढाथोकी मार्गमा नर्स चन्द्रिका २ महिनादेखि डेरा बस्दै आएकी थिइन् । कोठामा उनी एक्लै बस्दै आएकी थिइन् ।
शिवशंकर २७ फागुनमा काठमाडौं आएका थिए । काठमाडौँबाट उनी सिधै सडक मार्ग हुँदै विराटनगर ओर्लिएर चन्द्रिका बस्ने कोठामा पुगेका थिए । तीन दिनसम्म उनी त्यही बसेका थिए । चैत्र १ शुक्रवार दिउँसो पिएपछि चन्द्रिकाको हत्या गरेको अनुसन्धानले देखाएको डीएसपी दाहालले बताए । ‘शिवशंकरले आफूले पनि मदिरा पिए छन् र चन्द्रिकालाई पनि खुवाएर मताए छन् । अनि कोठाको ढोका र बाथरुमको ढोका पनि लगाएर मातेको अवस्थामा हत्या गरेको देखिन्छ । बाथरुममै हत्या गरेको प्रमाणहरू छन्,’ डीएसपी दाहालले भने
बिहीबार चन्द्रिकाको हत्या गरेपछि शव भित्रै राखेर शिवशंकरले ढोकामा ताला लगाइदिएका थिए । डीएसपी दाहालका अनुसार चाबी चन्द्रिकाको कोठादेखि उत्तरमा बस्ने साथी शुभेच्छा चौधरीलाई दिएका थिए । ‘चन्द्रिकाले पनि साथीलाई जोगबनी जाऔँ भनेर भनेकी रहिछिन् । त्यही भएर साथीहरूले खोजी गरेन छन् । शिवसंकरले पनि चन्द्रिका जोगबनी गएकी छिन्, आएपछि चाबी दिनु भनेर गएका रहेछन्,’ उनले भने ।
मलेसियाबाट लिएर आएको सुटकेस बोकेर उनी बिहीबार ४ देखि ५ बजेको बिचमा कोठाबाट निस्किएको प्रहरीले जनाएको छ । ‘त्यसपछि उनी सिधै भारततिर गएको देखिन्छ । त्यहाँ पुगेपछि आफ्नो घरपरिवारका सदस्यलाई आफू भारतको दिल्ली गएको र त्यहीँ रहेको खबर गरेका थिए,’ अनुसन्धानमा खटिएका डीएसपी दाहालले बताए ।
उनले परिवारसँग ह्वाटसएपमा मात्रै कुराकानी गर्ने गरेका थिए । उनी भारत भएको परिवारलाई जानकारी दिएपछि मोरङ प्रहरीले सादा पोसाकमा तीन जना प्रहरी टोली पठाएको थियो । शिवशंकरले उनका दाजु बचिलाललाई फेसबुक म्यासेन्जरमा आफू विराटनगर आइसकेको बताएपछि भारतको दरवाङगाबाट वरिष्ठ सईको नेतृत्वमा गएको टोली बिचबाटोबाटै फर्किएको थियो ।
प्रेमिकाको हत्या गरेपछि उनले पनि आत्महत्या गर्न खोजेको प्रहरीले जनाएको छ । उनले मलेसियाबाट आउँदा बाँधेर ल्याएको सुटकेसको डोरीले चन्द्रिका बस्ने कोठामा नै आत्महत्या गर्न खोजेको प्रहरीले जनाएको छ । ‘पङ्खा झुन्ड्याउने हुकमा डोरी लगाएर आत्महत्या गर्न खोजेका रहेछन्,’ डीएसपी दाहालले भने ।
शुक्रवार चन्द्रिकाकी साथीको ह्वाटसएपमा चन्द्रिका बाथरुममा लडेर रगताम्य भएको फोटो पठाएका थिए । शिवशंकरले आफ्नो नामबाट सीम कार्ड झिके पनि अमित धानुकले हत्या गरेको देखाउन उनको नाममा इन्ट्री गरेका थिए । अमित चन्द्रिकाका हालका प्रेमी हुन् । ह्वाटसएपमा आएको नम्बर हेर्दा ट्रियुकलरमा धानुक देखाएपछि धानुकतिर नै प्रहरीले अनुसन्धान बढाएको थियो ।
हत्यामा संलग्नसम्म पुग्न प्रहरीलाई हम्मेहम्मे परेपछि साथीहरूसँग सोधपुछ गर्दा अर्को प्रेमी रहेको खुलेपछि मात्रै प्रहरी शिवशंकरसम्म पुगेको थियो । उनले वाइफाइबाट मात्रै परिवारका सदस्यसँग संवाद गर्ने गरेका थिए । त्यसले पनि उनलाई प्रहरी नजिक पुग्न सकेको थिएन । उनी बसको होटेलमा प्रहरी पुगे पनि उनलाई नसमाती फर्केको थियो । उनले आत्महत्या गरेको होटेलमा शिवशंकरले ओमसाई नाम र ठेगाना मान सप्तरी लेखेपछि प्रहरी झुक्किएको थियो ।
उनले मोबाइल अफ गर्ने गरेकाले प्रहरीलाई अनुसन्धानमा समस्या भएको थियो । बिहीबार र शुक्रवार उनी भारतको आनन्द विहार पुगेको टिकट प्रहरीले फेला पारेको छ । उनी आइतबार बिहान जोगबनी हुँदै विराटनगर आएको हुनसक्ने प्रहरीको अनुमान छ । ‘हत्यामा प्रयोग भएको कटर पनि घटनास्थलबाट बरामद भएको छ,’ डीएसपी दाहालले भने, ‘उक्त कटरमा मेडइन मलेसिया लेखिएको छ ।’
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...