×

NIC ASIA

छात्रामाथि कुटपिट प्रकरणः ९ हजारको लोभले गुम्यो ४१ हजारसँगै इज्जत !

विराटनगर | चैत ६, २०८०

Prabhu Bank
NTC
Premier Steels

अतिरिक्त शुल्क मागेर छात्रालाई कुटपिट गर्दै दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेकी होस्टेलकी सञ्चालिका मधु रेग्मी ४१ हजार रुपैयाँ राखेर धरौटीमा रिहा भएकी छिन् । विराटनगर– ८ मधुमारामा रहेको मुनलाइट गल्र्स होस्टेलकी सञ्चालिका ५० वर्षीया रेग्मी मंगलवार रिहा भएकी हुन् ।  

Muktinath Bank

अभद्र व्यवहार मुद्दामा पक्राउ परेकी रेग्मीलाई जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको इजलासले ४१ हजार रुपैयाँ धरौटी तोकेको हो । प्रशासनले तोकेको धरौटी रकम बुझाएर मंगलवार साँझ उनी रिहा भएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारीसमेत रहेका सूचना अधिकारी प्रदीप साहले लोकान्तरलाई जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विराटनगर नर्सिङ क्याम्पसमा बीएनएस र बीएस्सी नर्सिङमा अध्ययनरत तीनजना छात्रामाथि हातपात गर्दै दुर्व्यवहार गरेको आरोपमा रेग्मी गत बुधवार पक्राउ परेकी थिइन् । मोरङ प्रहरीले पक्राउ गरेर उनलाई अभद्र व्यवहारको मुद्दामा म्याद थप गरी अनुसन्धान शुरू गरेको थियो । उनी पक्राउ परेलगतै बिरामी रहेका भन्दै अस्पताल भर्ना भएकी थिइन् । प्रहरीले अनुसन्धान पूरा गरेपछि मंगलवार मोरङ प्रशासनमा अभियोग बुझाएको थियो । उनी विराटनगरकै नेपाली कांग्रेसका एक नेताकी श्रीमतीसमेत हुन् । रेग्मीले मंगलवार साँझ तीनजना छात्रामाथि होस्टेलको कोठाभित्र हातपात गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । 


Advertisment
Nabil box
Kumari

होस्टेलमा बसिरहेका विद्यार्थीले अतिरिक्त रकम दिन नमानेपछि रेग्मीले उनीहरूका सामान कोठाबाट बाहिर फ्याँक्दै हातपातसमेत गरेकी थिइन् । दुर्व्यवहारमा परेका विराटनगर नर्सिङ क्याम्पस पहिलो वर्षमा भर्ना भएका विद्यार्थी जुम्ला, पाल्पा र कञ्चनपुर घर भएका हुन् । उनीहरू उक्त होस्टेलमा फागुन ३ गतेदेखि बस्दै आएका थिए । 

Vianet communication

उनीहरूले ३ चैतसम्मका लागि अग्रिम आठ हजार रुपैयाँ बुझाएका थिए । उनीहरू बुधवारदेखि आफू अध्ययनरत कलेजकै होस्टेलमा बस्ने तयारीमा थिए । ३ चैतसम्मको पैसा तिरिसकेको र त्यसअघि नै कलेजको होस्टेलमा जाने भनेपछि सञ्चालिका रेग्मीले ती विद्यार्थीसँग थप तीन–तीन हजार रुपैयाँ मागेकी थिइन । तर अतिरिक्त पैसा नदिने भनेर विद्यार्थीले भनेपछि उनले हातपात गरेको क्याम्पस प्रशासनले जनाएको छ ।

रेग्मीले तीनजना छात्राबाट जनही तीन–तीन हजार रुपैयाँ उठाउँदा नौ हजार हुने थियो । तर अहिले उनले ४१ हजार धरौटी बुझाउनु परेको छ । रकमसँगै उनले इज्जतसमेत गुमाएकी छिन् । उनको होस्टेललाई नै अब आर्थिक र सामाजिक दुवै ढंगले घाटा लाग्ने विश्लेषण गरिएको छ ।  


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x