×

NMB BANK
NIC ASIA

भूमे पूजा गर्ने मौलिक परम्परा: मोसो र छ्याङका छोक्रा दलेर बाजागाजासँगै नाचगान

म्याग्दी | चैत ७, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

जम्मा भएका सबैको अनुहारमा मोसो दलिएको छ । मोसो कुनै कारबाही वा दण्ड पाएर दलिएको होइन, उत्सवमा दलिएको हो । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा मंगलबार स्थानीयले सयौँ वर्ष पुरानो संस्कृतिलाई निरन्तरता दिएर मौलिक रूपमा भूमे पूजा गरेका छन् । 

Muktinath Bank

भूमे देवतालाई खुसी बनाउन यहाँ भूमे पूजामा मोसो, छ्याङका छोक्रा एक आपसमा दलेर नाचगान गर्ने प्रचलन छ । चिमखोलाको सेवाङमा रहेको भूमेथानमा स्थानीयवासी, देश विदेशबाट आएका चिमखोलावासीसँगै छिमेकी गाउँबाट पुगेका मगर समुदायले भूमे पूजा गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चैत महिनाको उजेली मंगलबारका दिन जिल्लाको विभिन्न ठाउँका मगर समुदायले भूमे पूजा गरे पनि चिमखोलाको भूमे पूजाको संस्कार र संस्कृति अन्य ठाउँको भन्दा पृथक रहेको स्थानीय गम पुनले बताए । उनका अनुसार यहाँ भूमे थानमा पूजा गरेपछि मोसो दलेर बाजागाजासँगै नाचगान गर्दै खुसीयाली मनाउने चलन छ ।


Advertisment
Nabil box
Kumari

'खेतीकिसानी गर्ने पुर्ख्यौली पेसा बोकेका मगर समुदायले भूमि देवतालाई खुसी बनाउन भूमे पूजा गर्दछन्,' पुनले भने, 'भूमेलाई साँडको बलि दिएर पूजा गरेपछि छेमाहरु र पूजारीले राखेको जाँड चढाउने गरिन्छ । त्यसपछि जाँडको छ्याङ खाने र एकआपसमा मोसो लगाएर नाचगानसहित रमाइलो गर्ने प्रचलन छ ।'

Vianet communication
Laxmi Bank

वनजङ्गल छेउछाउ बसोबास गर्ने भएकाले प्रकृतिलाई खुसी बनाएर कुनै प्राकृतिक प्रकोप र विपद् नहोस्, खेतीबाली राम्रो होस् भन्ने कामनाले भूमे पूजा गर्ने प्रचलन रहेको उनको भनाइ छ । उनका अनुसार भूमे थानमा पुन जातिलाई पूजारीको रूपमा राख्ने गरिन्छ ।

पूजारीले पूजाको तीन दिन अघि नै सागरे छहरा थानमा पूजा गर्ने र सोही दिन बनाउने छ्याङलाई भूमे पूजामा मुख्य प्रसादको रूपमा ग्रहण गर्ने प्रचलन रहेको स्थानीय चिनिमायाँ पुनले बताए ।

गाउँभेलाबाट भूमे पूजाका लागि एक महिनाअघि नै छ्याङ बनाउने जाँड राख्न छेमा (महिला) छनोट गरेपछि उनीहरूले विभिन्न टोलमा छुट्टाछुट्टै समूह बनाएर प्रत्येक घरबाट कोदो, चामल र नगद सङ्कलन गरी कोदोको छ्याङ बनाउन जाँड राख्ने चलन रहेको उनको भनाइ छ ।

छेमाहरूले एक महिनाअघि राखेको जाँडलाई भूमेथानमा विधिपूर्वक चढाएर खाने, सोही छ्याङ र खाना पकाउँदा अँगेनामा आउने अङ्गार एकअर्कालाई दलेर नाचगान गर्ने गरिएको चिनिमायाँले बताए । 'छेमाहरूलाई हरेक टोलका घरधुरीबाट कोदो, चामल र नगदसमेत दिने गरिन्छ,' उनले भने, 'हरेक टोलका छेमाहरुको टोलीले भूमे थान परिसरमा छुट्टाछुट्टै भान्सा चलाएर जाँडको छ्याङ छानेर खुवाउने गर्दछन् । बाजागाजा बजाएर नाचगान गरेर भूमे देवताको नाममा खुसीयाली मनाउने गरिन्छ ।'

भूमेथानमा मौलिक संस्कृतिअनुसार पूजा गरेपछि लोपोन्मुख अवस्थामा रहेको पुर्ख्यौली सेदो गीत गाउँदै थान परिसरमा भान्सा चलाएका सबै चुला फन्को मारेर चुला उठाउने गरिन्छ भने भूमेथानबाट गाउँ फर्कने क्रममा भैच मायाले (साइलो भाका) मा दोहोरी गाउँदै नाचगान गरिन्छ । यसरी गाउँ फर्कँदा स्थानीय मण्डली युवा क्लबले ज्येष्ठ नागरिक, समाजसेवी, जनप्रतिनिधि र अगुवालाई काँधमा बोकेर सम्मानसहित गाउँमा पुर्‍याउने गर्दछन् ।

पूजाको भोलिपल्ट गाउँमा सांस्कृतिक उत्सव गरिन्छ । यस दिनमा छेमाहरुले टोपा नाच प्रदर्शन गर्दछन् भने सरमाजाले जुरेचल्ला, दुलहादुलहीको कलस जुँधाउने नाचसँगै थाली नाचलगायत मौलिक कला र संस्कृति देखाउने चलन रहेको चिमखोलाका वडाध्यक्ष थकप्रसाद पाइजाले बताए । 'उस पूजालाई चिमखोलाको सांस्कृतिक चिनारीका रुपमा लिने गरिएको छ । पूर्खाले सुरु गरेको संस्कृतिलाई पुस्तान्तरणमा हामीले चासो दिँदै आएका छौं,' उनले भने, 'सयौँ वर्ष पुरानो संस्कृतिलाई जीवन्त राख्न सके यसबो माध्यमबाट धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिएका छौँ ।'

वडाध्यक्ष पाइजाका अनुसार भूमे पूजाको दिनमा चिमखोलाको मण्डली र ताप्केभेरा थानमासमेत विशेष पूजा गरिएको छ । भाकल र मनोकाङ्क्षा पूरा हुने जनविश्वासले मण्डली थानमा विभिन्न ठाउँबाट भाकल गरेर पूजा गर्न आउने भक्तजन बढ्दै गएका उनले जानकारी दिए ।

वडाध्यक्ष पाइजाका अनुसार यस वर्ष मण्डली थानमा करिब तीन सय र ताप्केभेरामा १० पाठी चढाइएको छ । 'अफ्ठयारो पर्दा र सफलतामा मण्डली र भूमे देवतालाई सम्झने गरिन्छ । मनोकाङ्क्षा पूरा भएपछि भाकलस्वरुप थानमा आएर पन्च्योल दिएर पूजा गर्ने चलन छ,' उनले भने । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x