×

NMB BANK
NIC ASIA

मिस नेपालको टाइटल स्पोन्सरमा डाबर बाटिका स्याम्पूको निरन्तरता

काठमाडाैं | चैत ८, २०८०

NTC
Premier Steels

डाबर बाटिका स्याम्पूले मिस नेपाल प्रतियोगितामा विगत दुई वर्षदेखिको साझेदारीलाई कायम राख्दै मिस नेपाल– २०२४ को टाइटल स्पोन्सरसिपको घोषणा गरेको छ । यो साझेदारीले नेपाली महिलाहरूलाई सशक्तीकरण गर्ने र सौन्दर्य प्रवर्द्धन गर्ने डाबर बाटिकाको उद्देश्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको कम्पनीले जनाएको छ । 

Muktinath Bank

पछिल्ला केही वर्षमा डाबर बाटिका मिस नेपाल प्रतियोगिता नेपाली महिलाहरूको विविध प्रतिभा प्रदर्शन गर्दै सुन्दरता र बौद्धिकताको उत्कृष्ट नमूना बनेको डाबर नेपालका मार्केटिङ हेड अभयप्रसाद गोर्खालीको भनाइ छ । शीर्षक प्रायोजकको रूपमा डाबर वाटिकाले महिला सशक्तीकरणमा आफ्नो विश्वासलाई पुनः पुष्टि गर्दै उनीहरूलाई सामथ्र्यवान बन्न र समाजमा प्रभाव पार्न महत्त्वपूर्ण प्लेटफर्म प्रदान गर्ने उनले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामी सुन्दरता र बौद्धिकताको उत्सव मनाउने एउटा प्रतिष्ठित प्लेटफर्म मिस नेपाल प्रतियोगितासँग आबद्ध हुन पाउँदा हर्षित छौं । यो साझेदारीमार्फत हामीले नेपालभरका महिलाहरूलाई निडरताका साथ आफ्ना सपना पछ्याउन प्रेरित गर्ने र प्रोत्साहित गर्ने लक्ष्य राख्छौं,’ उनले थपे । 


Advertisment
Nabil box
Kumari

प्रतियोगिताको आयोजक द हिडन ट्रेजरका अध्यक्ष अजयरत्न स्थापित भन्छन्, ‘मिस नेपाल– २०२४ को टाइटल प्रायोजकका रूपमा डाबर वाटिकालाई स्वागत गर्न पाउँदा हामी खुसी छौं । हामी अनगिन्ति व्यक्ति र समुदायलाई प्रेरित गर्ने फलदायी साझेदारीको लागि तत्पर छौं ।’

Vianet communication

‘डाबर बाटिका न्याचुरल स्याम्पूले उपभोक्तालाई उत्कृष्ट प्राकृतिक कपालको हेरचाह समाधान भएको प्राकृतिक स्याम्पूहरूको विस्तृत श्रृंखला प्रदान गर्दछ,’ कम्पनीले बिहीवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

डाबर वाटिका प्राकृतिक स्याम्पू तीन प्रकारमा उपलब्ध छन् । कालो कपालको लागि ब्ल्याक साइन स्याम्पू, बाक्लो र लामो कपालको लागि थिक एण्ड लङ्ग स्याम्पू र डन्डीफाेरहित कपालका लागि एन्टी–ड्यान्ड्रफ स्याम्पू । प्रत्येक भेरियन्ट १० प्राकृतिक तत्वहरूले भरिपूर्ण रहेको कम्पनीको दाबी छ ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)को आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्वीलर अटो‘ट्रियो’ नेपालका विभिन्न ठाउँमा सार्वजनिक गरेको छ ।​ महिन्द्राले छोटो सम...

चैत २५, २०८०

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले विद्युतीय गाडी टाटा टियागो ईभीको शुरूवाती मूल्य योजना समाप्त भएको जनाएको छ । सन् २०२३ को सेप्टेम्बरमा आयोजित नाडा अटो शोको ...

बैशाख ५, २०८१

नेपालमा सबैभन्दा बढी खोजिएको स्मार्टफोन ब्राण्ड सामसङले ‘ग्यालेक्सी एम१४ एलटीई’ सार्वजनिक गरेको छ । ५० एमपी ट्रिपल क्यामरा, ५००० एमएएच ब्याट्री, अत्याधुनिक अक्टा–कोर प्रोसेसर र शक्तिशाली सुविध...

कात्तिक २६, २०८०

प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आइतबार देखिएका नेपाली फूल बिक्रेता निराश देखिन्थे । तिहारमा पनि फूलको व्यापार सोचेजस्तो नभएपछि उनीहरू निराश भएका हुन् । फूल बिक्री नभएपछि व्यापारीहरू ग्राहकको पर्खाइमा हात&n...

चैत २२, २०८०

 गुल्मीमा मैत्री यातायात प्रालिले विद्युतीय माइक्रो बस सञ्चालनमा ल्याएको छ । गुल्मीदेखि बुटवल हुँदै सुनौलीसम्म १० वटा इलेक्ट्रिक भेइकल सञ्चालनमा ल्याएको हो ।   बिहीबार जिल्ला समन्वय समिति गुल्मीक...

चैत २५, २०८०

जापानको सर्वोत्कृष्ट पेन्ट केएनपी नेरोलेक पेन्टले हालै मात्र नेपालमा दुई नयाँ पेन्ट सार्वजनिक गरेको छ । आफ्ना सम्पूर्ण अधिकृत विक्रमहरूसँग भेटघाट कार्यक्रमको आयोजना गरी कम्पनीले आफ्ना दुई नयाँ पेन्ट सार्वजनिक गरे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x