कात्तिक १७, २०८०
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
काठमाडाैं | चैत ९, २०८०
थिम्पु–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार भुटान भ्रमणका क्रममा भारत र भुटानको लक्ष्य समान रहेको बताएका छन् । उनले ‘ब्रान्ड भुटान’ र ‘भुटान बिलिभ’ (बीबी) दुवैलाई सफल पार्न भारतले हरेक पाइलामा सहयोग गर्ने आश्वासन दिए ।
तासिछो जोङ दरबारमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री मोदीले सन् २०१४ मा भारतको प्रधानमन्त्रीका रूपमा भुटानको पहिलो भ्रमणको स्मरण गरे । ‘भुटान र भारतको सम्बन्ध जति पुरानो छ, त्यति नै नयाँ पनि छ । सन् २०१४ मा प्रधानमन्त्री भएपछि भुटान मैले भ्रमण गरेको पहिलो विदेश थियो । १० वर्ष पहिले म यस देशमा आउँदा पाएको न्यानो स्वागतलाई सम्झन्छु,’ उनले भने ।
भुटानलाई भारतको समर्थन रहेको पुष्टि गर्दै उनले थपे, ‘भारत र भुटानका युवाहरूको आकाङ्क्षा र लक्ष्यहरू समान छन् । भारतले सन् २०४७ सम्ममा विकसित देश बन्ने लक्ष्य राखेको छ भने भुटानले २०२४ सम्ममा उच्च आय भएको देश बन्ने लक्ष्य राखेको छ । यहाँहरूको यो लक्ष्य पूरा गर्न बीबी अर्थात ब्रान्ड भुटान र भुटान बिलिभ दुवैलाई सफल बनाउन भारतले हरेक पाइलामा सहयोग गर्नेछ ।’
‘एक अर्ब ४० करोड भारतीयलाई भुटानका मानिस आफ्ना देशका परिवारका सदस्य हुन् भन्ने थाहा छ । भुटानका मानिसहरूलाई पनि थाहा छ कि भारत उनीहको परिवार हो । भारत र भुटानबीचको सम्बन्ध अटुट छ । हाम्रो मित्रता, सम्बन्ध र विश्वास अटुट छ,’ दुई राष्ट्रका जनताबीचको सम्बन्धलाई जोड दिँदै प्रधानमन्त्री मोदीले भने ।
आफूलाई हिमाली देशको सर्वोच्च सम्मान ’अर्डर अफ द ड्रुक’ प्रदान गरेकाेमा प्रधानमन्त्री मोदीले भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुकलाई धन्यवाद दिए । उनी यो सम्मान प्राप्त गर्ने प्रथम विदेशी सरकार प्रमुख हुन् ।
‘आज मेरा लागि एक भारतीयका रूपमा ठूलो दिन हो । यहाँले मलाई भुटानको सर्वोच्च राष्ट्रिय अवार्डले सम्मान गर्नुभयो । हरेक अवार्ड आफैँमा विशेष हुन्छ, तर जब अर्को देशबाट अवार्ड प्राप्त हुन्छ त्यसले दुवै देशबीचको सम्बन्ध सही दिशामा बढिरहेका छ भन्ने आत्मविश्वासलाई बलियो बनाउँछ । यो मेरो व्यक्तिगत उपलब्धि होइन, यो भारत र एक अर्ब ४० करोड भारतीयको उपलब्धि हो । म भुटानको यस महान भूमिमा सबै भारतीयको तर्फबाट यो सम्मानलाई विनम्रतापूर्वक स्वीकार गर्दछु र यस सम्मानका लागि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु,’ उनले भने ।
यसअघि प्रधानमन्त्री मोदीले भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुकसँग थिम्पुस्थित तासिछो जोङ दरबारमा भेटवार्ता गरेका थिए । उनी भुटानी राजाको उपस्थितिमा तेन्द्रेलथाङ महोत्सव मैदानमा आयोजित सांस्कृतिक कार्यक्रममा पनि सहभागी भएका थिए ।
प्रधानमन्त्री मोदीले आफ्ना भुटानी समकक्षी छिरिङ तोब्गेसँग पनि भेट गरी द्विपक्षीय सम्बन्धको समीक्षा गरेका थिए । दुई नेताले भारत र भुटानबीचको बहुआयामिक साझेदारीलाई अझ सुदृढ पार्ने प्रतिबद्धता गरे ।
विदेश मन्त्रालयको प्रेस विज्ञप्तिअनुसार प्रधानमन्त्री मोदी र तोब्गेले भेटमा बहुआयामिक द्विपक्षीय सम्बन्धका विभिन्न पक्षहरुमा छलफल र नवीकरणीय ऊर्जा, कृषि, वन, वातावरण र पर्यटनजस्ता क्षेत्रमा सहकार्य बढाउने समझदारी गरे ।
प्रधानमन्त्री मोदीले थिम्पुको होटलबाहिर उनलाई स्वागत गर्न बसेका भुटानमा रहेका भारतीय मूलका नागरिक र भुटानका स्थानीय जनतासँग पनि कुराकानी गरे ।
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...