×

NMB BANK
NIC ASIA

नेपाल टेलिकम सम्मानित

काठमाडाैं | चैत १०, २०८०

NTC
Premier Steels

विपद् जोखिम न्यूनीकरणको लागि अतुलनीय योगदान पुर्‍याएकोमा नेपाल टेलिकम सम्मानित भएको छ । 

Muktinath Bank

जल तथा मौसम विज्ञान विभागले विभागबाट सम्प्रेषण गरिने पूर्वसूचना सन्देशहरू निःशुल्क रुपमा सर्वसाधारणमा पुर्‍याई अतुलनीय योगदान पुर्‍याएकोमा टेलिकमको भूमिकाको उच्च कदर गर्दै सम्मान गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यही चैत ८ गते काठमाडौंमा आयोजित नेशनल वर्कसप अन अर्ली वार्निङ सिस्टम कार्यक्रममा जलस्रोत तथा सिँचाई सचिव सुशीलचन्द्र तिवारीले टेलिकमलाई सो कदर पत्र प्रदान गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

नेपाल टेलिकमका हाल देशैभर रहेका दूरसञ्चार पूर्वाधारहरू जल तथा मौसम विज्ञान विभागको अर्ली वार्निङ सिस्टमअन्तर्गतको कम्युनिकेसन एण्ड डिसेमिनेशन प्रयोजनको लागि प्रयोग भइरहेका छन् । 

Vianet communication

यस अनुसार विपद् जोखिम क्षेत्रमा सूचना संकलन र सूचना प्रवाहका लागि यी पूर्वाधारहरू प्रयोग भएका छन् ।

null

सूचना संकलन अन्तर्गत बाढी पहिरो लगायतका विपद् जोखिम क्षेत्रमा रहेका वेदर स्टेशनहरूबाट जल तथा मौसम विज्ञान विभागको केन्द्रीय सर्भरमा मौसमसम्बन्धी सूचना संकलनको लागि नेपाल टेलिकमका सिमकार्डमार्फत एमटूएम प्रविधिको प्रयोग गरी कनेक्टिभिटी उपलब्ध रहेको छ ।

नेपाल टेलिकमले यसका लागि ३०० एमबी डाटा सुविधासहितको सिमकार्ड उपलब्ध गराएको छ । 

त्यसैगरी सम्बन्धित क्षेत्रमा रहेका नागरिकहरूमा सम्भावित जोखिमबाट सतर्क गराउन ११५५ कोडबाट पूर्वसूचना प्रवाह गरिरहेको छ । ​

यसका लागि नेपाल टेलिकमले सो क्षेत्रका मोबाइल सेवाका ग्राहकहरूको नम्बर मौसम विज्ञान विभागलाई उपलब्ध गराउँदै आएको छ भने सबै सेवा निःशुल्क रुपमा उपलब्ध गराइरहेको छ ।

विपद्को पूर्वजानकारीले क्षति न्यूनीकरण गर्न सकिने तथा मानवीय क्षति हुन नदिन वा कम गर्न सकिने भएकोले कम्पनी र जल तथा मौसम विज्ञान विभागबीच सहकार्य गरिएको हो । 

यो सहकार्य २०७३ सालदेखि नै निरन्तर रहेको टेलिकमले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २४, २०८०

हाम्रो पात्रो मोबाइल एपभित्र रहेको डिजिटल वालेट ‘हाम्रो पे’बाट भुक्तानी गर्दा अब ‘कोइली’ कराउने भएको छ । ​ बिज क्राफ्ट कम्पनीले तयार पारेको ‘कोइली’ नामक अडियो उपक...

फागुन ६, २०८०

काठमाडौंको द ब्रिटिस कलेज (टीबीसी) र प्रिक्सा टेक्नोलोजीबीच साझेदारी (एमओयूम) मा हस्ताक्षर भएको छ ।​ आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङलाई शिक्षासँग जोड्न ब्रिटिस कलेज र प्रिक्सा टेक्नोलोजीबीच रणनी...

कात्तिक ३, २०८०

नेपाल टेलिकमले नेपालीहरूको महान चाड बडादशैंको अवसरमा आफन्त र साथीभाइलाई एकैपटक शुभकामना सन्देश पठाउन सकिने व्यवस्था गरेको छ । यस प्रकारको सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा पहिलेदेखि नै सञ्चालनमा रहेको टेल...

असोज २७, २०८०

नेपाल टेलिकमले चाडपर्व अफर उपलब्ध गराउने भएको छ ।  नेपालीहरूको महान चाड दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरूको अवसरमा नेपाल अफर उपलब्ध गराउने टेलिकमले जनाएको छ । यस अन्तर्गत कम्पनीका ग्राहक...

कात्तिक ९, २०८०

ओटीटी (ओभर द टप) प्रति कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा निकै आकर्षण बढ्यो । घरमै रहन बाध्य दर्शकले मनोरञ्जनको विकल्पका रूपमा ‘डिजिटल प्लेटफर्म’ रोजे ।  अन्तर्राष्ट्रियरूपम...

कात्तिक २९, २०८०

कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान)ले टिकटकलाई करको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ । व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सकेको अवस्थामा देशको अर्थतन्त्रमा सहयोग पुग्ने क्यानको विश्व...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x