×

NMB BANK
NIC ASIA

एलोन मस्कको 'न्यूरोलिंक' मानवमा परीक्षण, सोचकै आधारमा ट्विट गर्न सम्भव भएको दाबी

काठमाडाैं | चैत ११, २०८०

NTC
Premier Steels

एलोन मस्कको ब्रेन-चिप स्टार्ट-अप न्युरोलिंकको मानव परीक्षणको हिस्सा रहेका एक एक्स (ट्विटर) प्रयोगकर्ताले आफूले सोचेकै आधारमा एक्समा पोस्ट गर्न सम्भव भएको दाबी गरेका छन् ।

Muktinath Bank

'म बोट हुँ कि भन्ने शंकाका आधारमा ट्विटरले मलाई प्रतिबन्ध लगाएको थियो,' परीक्षणका क्रममा २९ वर्षीय नोल्याण्ड अर्बाखले दिमागको सहारामा एक्समा लेखेका छन्, 'म म नै भएकाले एक्स र एलोन मस्कले मलाई पुनः स्थापित गरे ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्बाखको पोस्टमाथि जवाफ दिँदै एलोन मस्कले उल्लेख गरेका छन्, 'न्यूरोलिंक टेलिप्याथी उपकरण प्रयोग गरेर सोचेर मात्र लेखिएको पहिलो पोस्ट !'


Advertisment
Nabil box
Kumari

यही मार्च २० मा मस्कले अनलाइन चेस खेल्न 'मस्तिष्क चिप' प्रयोग गरेका तिनै अर्बाखलाई लाइभ टेलिभिजनमार्फत सार्वजनिक गरेका थिए । त्यसलगत्तै सोचेर नै ट्वीट गरिएको घटना उजागर भएको थियो ।

Vianet communication

null

अर्बाख दुर्घटनाका कारण पक्षाघातबाट पीडित थिए, उनीमाथि न्यूरोलिंक परीक्षण गरिएको थियो ।

न्यूरोलिंक उपकरण प्रयोग गरेर अर्बाखले ल्यापटपको कर्सर नियन्त्रण गरेका थिए । उनले जनवरी २०२४ मा न्यूरोलिंक उपकरण प्रत्यारोपण गराएका थिए ।

सोही उपकरण प्रयोग गरेर आफ्नो सोचमार्फत माउसको क्रसर नियन्त्रण गरेको मस्कले दाबी गरेका छन् ।

'न्यूरोलिंक इम्प्लान्टको उद्देश्य व्यक्तिलाई कम्प्युटर कर्सर वा किबोर्डलाई उनीहरूको सोचमार्फत हेरफेर गर्ने बनाउनु हो,' समाचार संस्था रोयटर्सले आफ्नो एक रिपोर्टमा उल्लेख गरेको छ ।

शल्यक्रियामार्फत उक्त उपकरण इम्प्लान्ट गरिएपछि अर्बाखले कुनै कमजोरी महसुस गरेको बताएका छैनन् ।

'शल्यक्रिया सुपर इजी थियो,' अर्बाखले भनेका छन् । उनी एक दिनमै अस्पतालबाट डिस्चार्ज भएका थिए ।

पक्षघातबाट पीडित अर्बाख पुनः चेस खेल्न सफल भएपछि उनले एलोन मस्कको न्यूरोलिंकप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

उनले भने, 'यो जीवन परिवर्तन गर्ने अभियान हो र म कृतज्ञ छु ।'

यद्यपि एक कार्यक्रममा बोल्दै युनाइटेड स्टेट्स नेशनल इन्स्टिच्युट अफ हेल्थको न्यूरल इन्जिनियरिङका लागि पूर्वनिर्देशक किप लुडविगले न्यूरोलिङ्कको प्रदर्शन 'ब्रेकथ्रु' नभएको बताए ।

उनले प्रत्यारोपणपछिको प्रारम्भिक चरण र न्यूरोलिंक बिरामी दुवैलाई नियन्त्रण गर्ने प्रक्रिया लामो रहेको बताए । यद्यपि लुडविगले कम्प्युटरसँग इन्टरफेस गर्ने प्रक्रिया सकारात्मक रहेको बताएका छन् ।

अर्बाखले पनि यो प्रविधि पूर्ण नभएको र केही समस्या रहेको स्वीकारेका छन् ।

'म यो यात्राको अन्त्य हो भनेर सोच्न चाहन्नँ,' उनले भने, ' अझै धेरै काम गर्न बाँकी छ, तर यसले मेरो जीवन परिवर्तन गरिसकेको छ ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x